काठमाडौँ । माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित भएको छ । नतिजासम्बन्धी विवरण वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिने भएको हो । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइट www.see.gov.np, राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np, नेपाल टेलिकमको वेबसाइट www.see.ntc.net.np लगायतका वेबसाइट प्रयोग गरेर हेर्न सकिनेछ । नतिजा हेर्न सकिने १५ विकल्प :- परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थीमध्येको २ लाख ४२ हजार ९२ जना अर्थात् ४७.८६ …
पुरा पढ्नुहॊस »एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय-कक्षा १० ले केहीबेर अगाडि नतिजा सार्वजनिक गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार यसपटक परीक्षामा सामेल भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । यसमध्ये १८६ जनाले ४ जीपीए प्राप्त गरेका छन् । परीक्षामा सहभागी भएकामध्ये संख्याको हिसाबमा २ लाख ४२ हजार ९२ जना उत्तीर्ण भएका छन् । अर्थात् यी …
पुरा पढ्नुहॊस »सत्य कुरा बोल्दा ममाथि पार्टीभित्र घृणित राजनीति भयो, प्रतिवेदन सार्वजनिक गरियोस् : महामन्त्री ढकाल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले पार्टी संकटतिर धकेलिएको बताएका छन् । स्थापनाको छोटो समयमै संघीय संसद्का २१ सिट जित्न सफल पार्टी संकटतिर धकेलिएको उनले ल्गाएको प्रतिवेदनमा उल्लेख छ । महामन्त्री ढकालले वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाएको रास्वपा र सभापति रवि लामिछानेको लोकप्रियता खस्किँदै गएको ‘विश्लेषण प्रतिवेदन’ बुझाएका हुन् । उनले उक्त प्रतिवेदन बुधबार पार्टी सभापति रवि लामिछानेलाई बुझाएका छन् । उनले उक्त प्रतिवेदनमा गठनको दुई वर्षमै …
पुरा पढ्नुहॊस »रुसी सेनामा भर्ना भएका आँबुखैरेनीका गुरुङको मृत्यु
काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका-५ भोटेश्वारा घर भई हाल रुसी सेनामा भर्ना भएका एक युवाको मृत्यु भएको छ । सात महिना अगाडि रुसी सेनामा भर्ना भएका रन्जित गुरुङको केही दिन अगाडि मृत्यु भएको हो । रुसी सेनामा भर्ना भएका गुरुङकै साथीले निजका परिवारलाई फोन गरेर उनको मृत्यु भएको जानकारी गराएको छिम्केश्वरीस्थित कन्यादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यमानसिंह गुरुङले जानकारी दिए । उनले भने ‘सात महिना अगाडि रुसी सेनामा भर्ना भएका गुरुङ …
पुरा पढ्नुहॊस »आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)
आज मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । मनोरञ्जनमा सहभागिता भइनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता पनि मिल्ला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
पुरा पढ्नुहॊस »नेकपा एसको अध्यक्षमा घनश्यामको दाबी, झलनाथको समर्थन
काठमाडौं । नेकपा एकीकृत समाजवादीको अध्यक्षमा घनश्याम भुसालले उम्मेदवारी दिने भएका छन् । सम्मानित नेता झलनाथ खनालको समर्थनमा उनी अध्यक्षका लागि उम्मेदवारी दिन लागेका हुन् । नेता खनालले नेकपा एसको १० औं महाधिवेशनमा अध्यक्ष पदमा घनश्यामलाई समर्थन गर्ने सहमति भइसकेको छ । बुधवार दिउँसो खनाल निवास डल्लुमा भएको छलफलमा दुई नेताहरू मिलेर जाने सहमति भएको बुझिएको छ । नेकपा एसको महाधिवेशन यही असार १६ गतेदेखि २० गतेसम्म काठमाडौँमा हुँदै छ …
पुरा पढ्नुहॊस »शोभा पाठक अस्पताल भर्ना, तारा बराल धरौटीमा रिहा
काठमाडौं । नेता र व्यवसायीसँग नाम जोडिएकी शोभा पाठक अस्पताल भर्ना भएकी छन् । प्रहरी हिरासतमा रहेका बेला स्वास्थ्यमा समस्या आएको बताएपछि उनलाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो । साइबर ब्युरोले मुद्दा बुझाउने तयारी गरेको बेला उनी बिरामी परेकी छन् । उनी दुई दिनयता अस्पतालमै रहेको ब्युरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए । एकजना पीडित महिलाको उजुरीका आधारमा साइबर ब्युरोको टोलीले शोभा पाठकलाई पक्राउ गरेको थियो । प्रहरी हिरासतमै …
पुरा पढ्नुहॊस »काठमाडौंबाट स्रोत नखुलेको २० लाखसहित बिहारका निरन्जन पक्राउ
काठमाडौं । काठमाडौंबाट स्रोत नखुलेको २० लाख नगदसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार मोतिहारी घर भई ब्रम्हटोल बस्ने ३८ वर्षीय निरन्जन कुमार छन् । उनीलाई काठमाडौं महानगरपालिका- १२ ब्रम्हटोलस्थित प्रतिक इन्टरप्राइजेजबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए। गैरकानुनी रूपमा आर्थिक कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा मंगलबार परिसरको टोलीले उनको अफिसको कोठाबाट २० लाख ४० हजार नगद बरामद …
पुरा पढ्नुहॊस »जङ्गली च्याउ खाँदा मकवानपुरमा तीन जनाको मृत्यु, १६ जना बिरामी
काठमाडौं । जङ्गली च्याउ खाँदा मकवानपुरमा तीन जनाको मृत्यु भएको छ भने १६ जना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार गत असार ३ गतेदेखि १० गतेसम्मको अवधिमा जङ्गली च्याउ खाँदा मकवानपुरगढी, कैलाश र राक्सिराङ गाउँपालिकाका १६ जना बिरामी भएका हुन् । कैलाश–९ नामटारमा जङ्गली च्याउ खाँदा चार वर्षीय दिपेश लामा, कैलाश–९ की २५ वर्षीया निरुमाया रुम्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिइन् …
पुरा पढ्नुहॊस »जेलमुक्त हुँदै ६२० जना कैदी, कैफियत भए उजुरी दिन आग्रह
काठमाडौँ । कारागार व्यवस्थापन विभागले कैदीबन्दीको कैदकट्टा सिफारिसमाथि कैफियत भए उजुरी दिन भन्दै सार्वजनिक अनुरोध गरेको छ । यस वर्ष छ सय २० जना कैदीबन्दीको कैदकट्टाका लागि सिफारिस गरिएको हो । उक्त प्रयोजनका लागि कैदकट्टा नियमावली, २०७६ को नियम ६(३) मा भएको व्यवस्था बमोजिम उल्लेखित कैदीबन्दीको कैदकट्टा सिफारिस गर्ने सम्बन्धमा कुनै उजुरी तथा गुनासो भएमा विभागमा दर्ता गर्न सार्वजनिक अनुरोध गरिएको विभागका निर्देशक कमलप्रसाद पाण्डेले जानकारी दिए । ‘गृहमन्त्रालयको जेठ …
पुरा पढ्नुहॊस »