काठमाडौंबाट स्रोत नखुलेको २० लाखसहित बिहारका निरन्जन पक्राउ

काठमाडौं । काठमाडौंबाट स्रोत नखुलेको २० लाख नगदसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार मोतिहारी घर भई ब्रम्हटोल बस्ने ३८ वर्षीय निरन्जन कुमार छन् ।

उनीलाई काठमाडौं महानगरपालिका- १२ ब्रम्हटोलस्थित प्रतिक इन्टरप्राइजेजबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

गैरकानुनी रूपमा आर्थिक कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा मंगलबार परिसरको टोलीले उनको अफिसको कोठाबाट २० लाख ४० हजार नगद बरामद गरेको हो ।

उनले क्रिप्टोकरेन्सी बाइनान्समार्फत ६ करोड २६ लाख ६९ हजार ९४७ रुपैयाँको कारोबार गरेको भेटिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वर्षाले निम्त्याएको बाढी-पहिरोमा परी ११ जनाको मृत्यु, १० बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ११ जनाको मृत्यु भएको …

प्रतिकृया दिनुहॊस