शोभा पाठक अस्पताल भर्ना, तारा बराल धरौटीमा रिहा

काठमाडौं । नेता र व्यवसायीसँग नाम जोडिएकी शोभा पाठक अस्पताल भर्ना भएकी छन् । प्रहरी हिरासतमा रहेका बेला स्वास्थ्यमा समस्या आएको बताएपछि उनलाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो ।

साइबर ब्युरोले मुद्दा बुझाउने तयारी गरेको बेला उनी बिरामी परेकी छन् । उनी दुई दिनयता अस्पतालमै रहेको ब्युरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए । एकजना पीडित महिलाको उजुरीका आधारमा साइबर ब्युरोको टोलीले शोभा पाठकलाई पक्राउ गरेको थियो ।

प्रहरी हिरासतमै रहेकी आफूलाई अभियन्ता बताउने तारा बराल भने ५ हजार धरौटी तिरेर रिहा भएकी छन् । तारा र शोभा दुवैले सामाजिक सञ्जालमार्फत व्यक्तिको चरित्रहत्या गर्ने लगायतका अपराधिका कार्य गरेको उजुरीका आधारमा उनीहरू पक्राउ परेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पहिरोले घर पुर्दा गुल्मीमा एकै परिवारका ५ जनाको मृत्यु, स्याङ्जामा आमाछोरी बिते

काठमाडौं । गुल्मी र स्याङ्जामा पहिरोमा पुरिएर ७ जनाको जनाको मृत्यु भएको छ भने १ …

प्रतिकृया दिनुहॊस