तिनाउ विकास बैंकको खुद मुनाफा ९ करोड ६७ लाख रुपैयाँ

काठमाडौं । तिनाउ विकास बैंकले याे आर्थिक वर्ष को चौथो त्रैमासमा खुद मुनाफा ९ करोड ६७ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको तुलनामा २० दशमलव ६५ प्रतिशतले बढी हो । उता अघिल्लो वर्षको सोहि अवधिमा बैंकले ८ करोड १ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

बैंकले  ४६ करोड ८ लाख रुपैयाँ चुक्ता पुँजी भएको जगेडाकोषमा भने १४ करोड ४३ लाख रुपैयाँ राखेको छ भने निक्षेपमा १८ दशमलव ५२ प्रतिशतले वृद्धि गरी ३ अर्ब ८९ करोड ७८ लाख रुपैयाँ संकलन गरी कर्जामा ३ अर्ब २४ करोड ६१ लाख रुपैयाँ लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानीमा ५४ दशमलव १३ प्रतिशतले वृद्धि गरी २० करोड ५८ लाख रुपैयाँ पुगेको छ । बैकको पूँजीकोषको अनुपात १६ दशमलव २९ प्रतिशत, निष्कृय कर्जा शुन्य दशमलव ७५ प्रतिशत, प्रति शेयर आम्दानी वार्षिक २१ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १३१ दशमलव ३२ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १५ दशमलव ६८ गुणा र तरलता अनुपात २९ दशमलव १६ प्रतिशत रहेकाे बै‌ककाे जारी विज्ञप्तिमा उल्लेख छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

बैंकर मनोज ज्ञवालीको नजरमा मौद्रिक नीति समीक्षाका मुख्य ८ व्यवस्था र तिनका असर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले …

प्रतिकृया दिनुहॊस

This will auto close after