आर्थिक

लोप हुँदै भक्तपुरे भादगाउँले टोपी

भक्तपुर । ऐतिहासिक र धार्मिक सहर भक्तपुरको अर्को पहिचानका रूपमा रहेको भादगाउँले कालोटोपी लोपोन्मुख अवस्थामा पुगेको छ । नेपालीको शान र मानका रुपमा परिचय कमाएको भादगाउँले टोपी अहिले लोपोन्मुख अवस्थामा पुगेको हो । हस्तकला उत्पादनलाई सरकारले प्राथमिकताको सूचीमा राखेता पनि व्यवहारमा लागू हुन नसक्दा हस्तकलाको उत्पादन अन्तर्गतको यो विधा लोपोन्मूख बनेको छ । भक्तपुरमा उत्पादन गरिने भादगाउँले टोपीले विगतका दिनमा राम्रो बजार लिएता पनि नेपाल सरकारको अनिवार्य पोशाकमा यो टोपीले …

पुरा पढ्नुहॊस »

तत्काल बैंकहरुको ‘बिग मर्जर’ नहुने : राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीतिमा बिग मर्जरको कुनै बिषय नसमेटेको स्पष्ट पारेको छ । अहिले चौतर्फी रुपमा वाणिज्य बैंकहरुको संख्या घटाउन ‘बिग मर्जर’मा जानुपर्ने चर्चाहरु चलिरहदा राष्ट्र बैंकबाट यस्तो धारणा आएको हो । मिडिया इन्टरनेसनलद्वारा आज राजधानीमा आयोजित एक कार्यक्रममा राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले बाहिर हल्ला चलेजस्तो ‘बिग मर्जर’को कुनै तयारी नभएको स्पष्ट पारे । बिग मर्जर आवश्यक भए पनि अहिलेको समय उपयुक्त …

पुरा पढ्नुहॊस »

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी बन्द

चितवन । वर्षायामको सुरुवातसँगै चितवन राष्ट्रिय निकुञ्जभित्र जिप सफारी सेवा बन्द भएको छ । असार १५ गतेबाट जिप सफारी बन्द भएको छ भन्दै अब असोजयता सफारी सञ्चालनमा नआउने निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जनाए । वर्षातमा पानी बढी हुने, रुख ढल्ने, बाटोसमेत चिप्लो हुने, घाँस पनि बढ्ने एवं जंगली जनावरसमेत नदेखिने कारणले निकुञ्जले जिप सफारी बन्द गरेको उनले बताए । जंगली जनावर नदेखिँदा निकुञ्जका बारेमा गलत सन्देश नजाओस् भनेर पनि यतिबेला …

पुरा पढ्नुहॊस »

दर्जनौंको जागिर खारेजीमा पर्यो

काठमाडौं । सरकारले भदौपछिका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेसँगै नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदको नियुक्ति खारेजीमा परेको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकले पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले निर्वाचन आचारसंहिता मिचेर गरिएका नियुक्ति खारेज गर्ने निर्णय गरेसँगै उनको नियुक्ति खारेजमा परेको हो । नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदलाई तत्कालिन मन्त्रीपरिषद्ले असोज २३ गते नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको …

पुरा पढ्नुहॊस »

उकालो लाग्यो सुनचाँदीको मूल्य

काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ । हिजोको तुलनामा सुन प्रति तोला २ सय र चाँदीमा ५ रुपैयाँले मूल्य बढेको छ । छापावाला सुन प्रति तोला ५७ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो ५७ हजार ६ सय रुपैयाँ थियो । तेजावी सुन प्रति तोला ५७ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । साथै, चाँदी प्रति तोला ७ सय ६५ …

पुरा पढ्नुहॊस »

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर यस प्रकार रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

पुरा पढ्नुहॊस »

झापाको चारपानेमा एनआईसी एशिया बैंकको नयाँ शाखा

झापा । एनआईसी एशिया बैंकले  झापाको चारपानेमा  नयाँ   शाखा बिस्तार गरेको छ। उक्त शाखाको उद्घाटन  बिर्तामोड नगरपालिकाका मेयर ध्रुव कुमार शिवाकोटीले गरे।यो सँगै बैकको शाखा देशभर २ सय २५ पुगेको छ। बैंकको वासलातको आकार १७६ अर्ब रुपैयाँभन्दा माथि पुगेको र कुल निक्षेप करिब १५० अर्ब रुपैयाँ पुगेको बिज्ञप्तीमा उल्लेख छ। यसैगरी बैंकले कुल १२० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको  जनाएको छ।

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

काठमाडौं ।  माछापुच्छ्रे बैंकले  का.म.पा. ४ वडाको मुल सडक बालुवाटार राष्ट्र बैंक चोकको वरपर, बैंकको बालुवाटार शाखा देखि भाटभटेनी सम्म वृक्षारोपण गरेको छ ।                             बैंकले सफा, सुन्दर र हरियाली पेटी बनाई हरितमय बाताबरण बनाउन प्रगतिशिल धारा सुधार समितिसँगको सहकार्यमा उक्त वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।उक्त वृक्षारोपण कार्यक्रमको उद्घाटन  उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले गरेका …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंक र युनियन लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । सिद्धार्थ बैंक र युनियन लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ । सम्झौतापत्रमा सिद्धार्थ बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्याल र युनियन लाइफको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमारलाल कर्नले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात युनियन लाइफमा जीवन बीमा गर्ने ग्राहकहरुले आवश्यक जीवन बीमा सम्बन्धी सेवाहरु सिद्धार्थ बैंकको सम्पूर्ण शाखाहरुबाट प्राप्त गर्न सक्नेछन् ।

पुरा पढ्नुहॊस »

तीन बीमा कम्पनीमा जागीर खुल्यो

काठमाडौं । तीन वटा बीमा कम्पनीमा विभिन्न पदका लागि जागीर खुलेको छ । युनियन लाइफ इन्स्योरेन्स, आईएमई जनरल इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले विभिन्न पदमा कर्मचारी मागेका छन् । युनियन लाइफ इन्स्योरेन्स लिमिटेड युनियन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना विभिन्न शाखा तथा उपशाखाहरुका लागि एसिस्टेन्टदेखि मेनेजरसम्म विभिन्न तहमा कर्मचारी माग गरेको छ । कम्पनीले एमबिए गरेका अथवा कुनै पनि विषयमा स्नातक वा स्नातकोत्तर गरेका व्यक्तिहरुबाट दरखास्त आह्वान गरेको छ । सम्बन्धित …

पुरा पढ्नुहॊस »