आर्थिक

बससेवाको न्यु इयर अफरः निुःशल्क यात्रा

काठमाडौं । ‘बससेवा डटकमले’ अंग्रेजी नयाँ वर्ष २०१९ को अवसरमा निःशुल्क बस यात्रा गर्न सकिने अफर सार्बजनिक गरेको छ । अनलाइनबाट बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको नेपालको एकमात्र कम्पनीले डिसेम्बर ३० देखि जवनरी २ सम्म लागु हुने गरि हरेक दिन ५ जनालाई निःशूल्क बस यात्रा गराउने भएको हो । कम्पनीका अनुसार अन्य ५ जनाले ५० प्रतिशत क्यासब्याक पाउनेछन् । कम्पनीले विजेताको टुंगो गोलाप्रथाबाट छनोट गरिने जनाएको छ …

पुरा पढ्नुहॊस »

ज्योति विकास बैंक र ग्राण्डी हस्पिटलबीच सम्झौता

काठमाडौं । ज्योति विकास बैंक र ग्राण्डी इन्टरनेसनल हस्पिटलबीच  सम्झौता भएको छ । उक्त सम्झौतामा  बैंकका तर्फबाट बैंकका सहायक महा प्रबन्धक रामहरि आचार्य र अस्पतालका तर्फबाट प्रमुख संचालन अधिकृत अम्रित खन्नाले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।  बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई त्यस अस्पतालको स्वास्थ्य सम्बन्धि विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । ाल बैंकले ८२ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्फत …

पुरा पढ्नुहॊस »

गरिमा विकास बैंकको शाखा नेपालगञ्जमा

काठमाडौं । गरिमा विकास बैंकले बाँके जिल्लाको नेपालगञ्जमा शाखाको सुरुवात गरेको छ । शाखाको उद्घाटन नेपालगञ्ज उप–महानगरपालिकाका मेयर डा.धवल शमशेर जवराले गरे।अब  चाडै  नै  बैंकले  पर्साको बीरगंज, चितवनको टांडी र मिलनचोक, दाङ्गको तुल्सीपुर, बांकेको कोहलपूर, कञ्चनपुरको महेन्द्रनगर, कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङ्गको बेसीशहरमा समेत शाखा कार्यालय खोल्ने भएको छ ।

पुरा पढ्नुहॊस »

‘वल्र्डलिंक इन्टरनेटको नयाँ स्ट्यान्र्डड’ सार्वजनिक

काठमाडौं । ‘वल्र्डलिंक इन्टरनेटको नयाँ स्ट्यान्र्डड’ सार्वजनिक गरेको छ।  कम्पनीले सार्वजनिक गरेको प्रोडक्टमा तीन नयाँ प्याकेज ‘एस–२५’, ‘एस–४०’ र ‘एस–६०’ एमबीपीएस रहेको छ । यो प्याकेज मार्फत इन्टरनेटको ब्याण्डविथ थपगर्ने मात्र नभएर ग्राहकलाई उनीहरुले तिरेको पैसाको उच्चतम प्रतिफल प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ । साथै ,कम्पनीले यस योजनामा पाँच नयाँ सेवा ‘नेटटीभी’, ‘सेफनेट’, ‘टाइम ब्याक’, ‘म्यानेजड् वाईफाई’ र ‘डिस्काउन्ट एप’ थप गरेको छ । वल्र्डलिंकले ‘टाइम ब्याक’ फिचर्स ल्याएको छ । …

पुरा पढ्नुहॊस »

सनराइज बैंकद्वारा कान्तिबाल अस्पताललाई सहयोग

काठमाडौं । सनराइज बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कान्तिबाल अस्पताललाई सहयोग स्वरुप बर्न वार्डका लागि आवश्यक डर्मेटोम मसिन एवं खाद्य सामग्रीहरु बैंकका सञ्चालक समितिका अध्यक्ष मोतीलाल दुगड तथा सञ्चालक ज्योतिकुमार बेगानीले संयुक्त रूपमा कान्ति बाल अस्पतालका निर्देशक गणेशकुमार राईलाई हस्तान्तरण गरे । उक्त समारोहमा बैंकका वरिष्ठ नायव महाप्रबन्धक आशा राणा अधिकारी, नायव महाप्रबन्धक अपछकुमार यादव, रविन नेपाल, सहायक महाप्रबन्धक सर्वेन्द्र मिश्रलगायत बैंकका उच्च पदाधिकारीहरुको उपस्थिति रहेको भन्दै बेकले यसै क्रममा कान्तिबाल …

पुरा पढ्नुहॊस »

राष्ट्रिय बीमा कम्पनीका सीईओ रायामाझीले राजीनामा दिए

काठमाडाैँ । राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बीरविक्रम रायामाझीले पदबाट राजीनामा दिएका छन् । उनले पुस २० गतेदेखि लागू हुने गरी कात्तिक २० गते नै राजीनामा दिएका हुन् । रायमाझीले अर्थमन्त्रालयको दबाबमा राजीनामा दिएको बताइएको छ । अर्थमन्त्रालयले उनको राजीनामा पत्र मगाएको कम्पनीले जनाएको छ । चार बर्षका लागि सिइओमा नियुक्त भएका रायमाझीको कार्यकाल अझै करिब ७ महिना मात्रै बाँकी थियो ।

पुरा पढ्नुहॊस »

पूर्णिमा विकास बैंकको अध्यक्षमा सुरज उप्रेती, सञ्चालकमा लोकनाथ नेपाल

काठमाडाैँ । पूर्णिमा विकास बैंक लिमिटेडको रिक्त अध्यक्ष पदमा सञ्चालक सुरज उप्रेती चयन भएका छन् । पौष ६ गते बसेको सञ्चालक समितिको १८७ औं बैठकले उपे्रती सर्बसम्मत रुपले बांकी कार्यकालको लागि अध्यक्ष्माा चयन भएका हुन् । संस्थापक शेयरधनीका तर्फबाट सञ्चालक भई तत्कालिन अध्यक्ष रहेका निधानचन्द्र श्रेष्ठको देहावसान पश्चात उक्त पद खालि रहेको थियो । अध्यक्ष चयन पश्चात नेपाल राष्ट्र बैंकको निर्देशिका ई.प्रा.निर्देशननं ६/०७५ को बुंदा नं. २ (ढ) बमोजिम नेपाल राष्ट्र …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकको नयाँ शाखा ओखलढुङ्गाको सुनकोशीमा

काठमाडाैँ । माछापुच्छ्रे बैंकले सुनकोशी शाखाको सुरुवात गरेको छ । बैंकले ओखलढुङ्गाको सुनकोशी गाँउपालिकामा सुनकोशी शाखाको सुरुवात गरेको हो। शाखाको उद्घाटन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला, प्रदेश सभाका सांसद मोहन खड्का र सुनकोशी गाउँपालिकाका अध्यक्ष रुद्रप्रसाद अधिकारीले गरे। बैकले ८९ शाखा, १०८ एटीएम र ४६ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १३५ स्थानवाट बैँकिङ्ग सेवा दिरहेको छ।

पुरा पढ्नुहॊस »

सन नेपाल लाइफले ल्यायो नयाँ जीवन बीमा योजना, अब दैनिक ५ रुपैयाँमा

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा आम सर्वसाधारणको जोखीम सुरक्षित गर्ने उद्देश्यले नयाँ जीवन बीमा योजना प्रचलनमा ल्याएको छ । यो योजना पाँच बर्ष अवधिको लागि दैनिक पाँच रुपैया भन्दा कम लागतमा खरिद गर्न सकिने जनाएको छ । यद्दपी उमेरको आधारमा बीमाशुल्कमा केही तल माथी हुनसक्छ । यो बीमाबाट ५ लाख बराबर जोखिम र अठार घातक रोगको जोखिम बिरुद्ध ५ लाख गरी १० लाख बराबर सुरक्षण हुने कम्पनीको दावी छ …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकका ग्राहकलाई शुभेक्षा इन्टरनेशनल हस्पिटलमा ४० प्रतिशत छुट

काठमाडौं । सीतापाइलाको शुभेक्षा इन्टरनेशनल हस्पिटलले सिद्धार्थ बैंक लिमिटेडका ग्राहकलाई ४० प्रतिशतसम्मको छुट दिने भएको छ । उक्त सेवा दिने सम्बन्धि बिहीबार दुई कम्पनीबीच एक आपसमा सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख पेमेन्ट सलुसन्स् सुरेसराज मर्हजन र शुभेक्षा इन्टरनेशनल हस्पिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृृत होमप्रसाद अधिकारीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंकका कर्मचारी तथा कर्मचारीका परिवार, कार्डवाहक तथा कार्डवाहकका परिवार र बैंकका सम्पूर्ण ग्राहकवर्गहरुले …

पुरा पढ्नुहॊस »