काठमाडौं । ‘बससेवा डटकमले’ अंग्रेजी नयाँ वर्ष २०१९ को अवसरमा निःशुल्क बस यात्रा गर्न सकिने अफर सार्बजनिक गरेको छ । अनलाइनबाट बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको नेपालको एकमात्र कम्पनीले डिसेम्बर ३० देखि जवनरी २ सम्म लागु हुने गरि हरेक दिन ५ जनालाई निःशूल्क बस यात्रा गराउने भएको हो ।
कम्पनीका अनुसार अन्य ५ जनाले ५० प्रतिशत क्यासब्याक पाउनेछन् । कम्पनीले विजेताको टुंगो गोलाप्रथाबाट छनोट गरिने जनाएको छ । विजेताले क्यासब्याक पाउनेछन् ।
योजनाबारे बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पीआर खनालले अंग्रेजी नयाँ वर्ष भएपनि यो अन्तर्राष्ट्रियरूपमा मनाइने गरेको र नेपालमा पनि यसलाई आधार मानेर कार्यक्रम हुनेहुँदा नेपाली यात्रुमा नयाँ वर्षको खुसीयाली साट्नको लागि छुट योजना संचालन गरिएको हो । यस्तै नयाँ वर्ष मनाउन पोखरा, चितवन, लुम्बिनी लगायतका पर्यटकिय क्षेत्रमा जाने प्रचलन रहेको भन्दै यात्रुका लागि यो अफर ल्याएको खनालको भनाइ छ ।
अन्य यात्रुले भने अनलाइनबाट टिकट काट्दा नियमित रूपमा पाउँदै आएको १७ प्रतिशतसम्म क्यासब्याक पाउनेछन् ।




