आर्थिक

लगानी कोषको ६ महिनाकाे खुद नाफा ३२ करोड २५ लाख

काठमाडौं । नागरिक लगानी कोषले चालु आवको पुस मसान्तसम्म गत वर्ष सोही अवधिको तुलनामा ८.५४ प्रतिशत नाफा कमाएको छ । आव २०७७-०७८ को सो अवधिमा रु ३२ करोड २५ लाख खुद नाफा कमाएको कोषले जनाएको छ । कोषका कार्यकारी निर्देशक रमण नेपालले बचत सङ्कलनका लागि सञ्चालनमा ल्याइएका कर्मचारी बचत वृद्धि अवकास कोष, उपदान तथा पेन्सन कोष, लगानीकर्ता हिसाब योजना तथा नागरिक एकाङ्क योजनाबाट सङ्कलित रकमलाई उच्च प्रतिफल प्राप्त हुने गरी …

पुरा पढ्नुहॊस »

एक करोड ८५ लाख जरिवाना भएका व्यक्ति धुम्बाराहीबाट पक्राउ

काठमाडौं । नेपाल प्रहरीले रु एक करोड ८५ लाख जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले एक करोड ८५ लाख जरिवाना गरेपछि फरार रहेका झापाका ५१ वर्षीय उपेन्द्रप्रसाद ढुङ्गानालाई मङ्गलबार पक्राउ गरेको हो । ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक गङ्गा पन्तले उच्च अदालत पाटनको विसं २०७७ माघ ५ को फैसलापछि एक महीना कैद र बिगोबमोजिम  एक करोड …

पुरा पढ्नुहॊस »

३ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । आइतबार सुनको मुल्य बढेको छ  भने चाँदीको चाहिँ घटेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार ३ सयले बढेर ८६ हजार ९ सय रुपैयाँमा  कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ८६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी भने आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  

पुरा पढ्नुहॊस »

बजाज शून्य अफर

काठमाडौं ।हंसराज हुलास चन्द एण्ड कं. प्रा. लि, नेपालको लागि बजाज बाइकको एक मात्र आधिकारिक वितरकले नयाँ वर्ष २०७८ को अवसरमा नयाँ बजाज किन्ने ग्राहकहरुका लागि बजाज शून्य अफर ल्याएको छ, जसबाट ग्राहकहरुले शून्यबाटै लाखौं लाख जित्न सक्नेछन् । यस अफरमा सहभागी हुन ग्राहकले कुनै पनि बजाज बाइक बजाजको आधिकारिक शोरुम वा विक्रेताबाट खरिद गर्नुपनेछ । यो योजना अनुसार बजाजका कुनै पनि बाइक खरिद गर्दा ग्राहकले शून्य टेन्सनका साथ शून्य …

पुरा पढ्नुहॊस »

निजी क्षेत्र आर्थिक विकासको रियल एक्टर हो- वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र भनेको देशको आर्थिक विकासका लागि ‘रियल एक्टर’ भएको बताएका छन्। निजी क्षेत्रले रोजगारी सिर्जना गर्नुका साथै राजस्वमा योगदान पुर्‍याउने र पूर्वाधार निर्माण तथा विकासमा मुख्य भूमिका खेल्ने भएकाले यो विकासको रियल एक्टर भएको उनको भनाइ थियो। वरिष्ठ उपाध्यक्ष ढकालले वीरगञ्ज उद्योग वाणिज्य संघको ४५औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै कोभिडका कारणले दुई प्रतिशतको नेगेटिभ ग्रोथ भइरहेको अवस्था रहेको पनि …

पुरा पढ्नुहॊस »

आज सुनचाँदीको मूल्य कति पुग्यो ?

काठमाडौँ । मंगलबार सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलाको ८६ हजार ६ सयमै कारोबार भइरहेको छ । यसअघि आइतबार र सोमबार पनि छापावाला सुन तोलाको ८६ हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको पनि मूल्य प्रतितोला ८६ हजार १५० रहेको छ । त्यसैगरी आज चाँदी भने आज तोलामा ५ …

पुरा पढ्नुहॊस »

नेपालमा रासायनिक मल कारखाना खोल्न सम्भव, १ खर्ब ३ अर्ब लगानी चाहिने

काठमाडाैँ । नेपालमा रासायनिक मल कारखाना स्थापना र सञ्चालन गर्न सम्भव रहेको एक अध्ययनले देखाएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित रासायनिक मल कारखाना स्थापनाको प्रारम्भिक अध्ययन समितिले प्राकृतिक ग्याँस प्रविधिमा आधारित मल कारखाना स्थापना र सञ्चालन गर्न सकिने सुझाव सहितको प्रतिवेदन तयार पारेको छ । ‘सुरु पूँजी लगानी, लगानी फिर्ता अवधि तथा नाफाको दृष्टिकोणबाट प्राकृतिक ग्याँस प्रविधिमा आधारित मल कारखाना स्थापना गर्न अन्य प्रविधिको तुलनामा उपयुक्त देखिन्छ,’ प्रतिवेदनमा …

पुरा पढ्नुहॊस »

सुनको मूल्य स्थिर, चाँदी तोलाको ५ रुपैयाँ बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ८६ हजार ६०० रुपैयाँ तोकिएको छ, यो अघिल्लो दिनकै बराबर हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि स्थिर अर्थात् प्रतितोला ८६ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य यथावत् रहँदा चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेर तोलाको १२७५ रुपैयाँ कायम भएको छ ।

पुरा पढ्नुहॊस »

नेप्सेमा ५१.२३ अंकको गिरावट

काठमाडौं ।  साताको पहिलो दिन आज नेप्से परिसूचक साढे ५१.२३ अंकले ओरालो लागेको छ। नेप्सेका अनुसार आज ४ अर्ब ९५ करोड २७ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका सबै समूहमध्ये दुई वटा समूह बढेका छन् भने अन्य सबै समूह घटेका छन् । अन्तिम समयसम्म कारोबारमा आएका २११ कम्पनीको ९९ लाख ३ हजार ७०४ कित्ता शेयर ६० हजार ९७३ पटक खरिद बिक्री भएको थियो ।

पुरा पढ्नुहॊस »

सुनको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । आइतबार सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ४ सयले बढेर ८६ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार छापावाला सुन तोलाको ८६ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ८६ हजार १५० रहेको छ । त्यसैगरी आज चाँदी भने आज स्थिर रहदै प्रतितोला १२ सय …

पुरा पढ्नुहॊस »