अब डिशहोमको ग्राहकहरुले डिशहोमको रिचार्ज गर्दा 10mbps इन्टरनेट सित्तैमा प्रयोग गर्न पाउने भएका छन् । डिशहोम फाईबरनेटले सेवा सुरु गरे संगै डिशहोम फाईवरनेट उपलब्ध एरियाका डिशहोमका ग्राहकहरुले यस अफर बाट फाईदा लिन सक्नेछन् । डिशहोमकोे रिचार्ज गरि मासिक, त्रैमासिक अर्धबार्षिक वा बार्षिक रिचार्जमा सोही अवधिको लागि 10mbps स्पीडको ईन्टरनेट निशुल्क प्रयोग गर्न सक्नेछन् । डिशहोमका ग्राहकहरुले फ्रि ईन्टरनेट सेवासंगै आफ्नै मोबाईलमा DishHome GO एप मार्फत ७० भन्दा धेरै डिशहोमका च्यानलहरुका …
पुरा पढ्नुहॊस »सनराइज ब्लुचिप फण्ड स्किमका इकाइ बाँडफाँट, ३० लाख इकाइसम्म माग गर्ने सबैले पाए
काठमाडौं । सनराइज सामुहिक लगानी कोषअन्तर्गत संचालन हुने सनराइज ब्लुचिप फण्ड स्किमको बाँडफाँट भएको छ । प्रति इकाइ १० रुपैयाँ अंकित दरको १० करोड इकाई बाँडफाँट गरिएको हो। कम्पनीले चैत १ देखि ८ गतेसम्म बिक्रीमा राखेको थियो । निष्कासन अवधिमा सर्वसाधारण लगायत बैंक वित्तीय संस्था, इन्स्योरेन्स कम्पनीहरुबाट ५६ हजार ५८ जना आवेदकहरुबाट जम्मा १२ करोड ३७ लाख ६४ हजार ५४० इकाइका लागि आस्वा/सी-आस्वामार्फत आवेदन प्राप्त भएको थियो । १०० कित्ता …
पुरा पढ्नुहॊस »शे फोक्सुन्डोमा वल्र्डलिंकको निःशुल्क वाइफाइ
काठमाडौं । ‘सबैलाई जहाँपनि, जहिले पनि जोड्ने’ आफ्नो उद्देश्यलाई अनुसरण गर्दै वल्र्डलिंक कम्युनिकेशन्सले डोल्पाको शे फोक्सुन्डो तालमा आफ्नो निःशुल्क वाइफाइ सुरू गरेको जनाएको छ । हिमाली ताजा र सफा पानीले भरिएको यो ताल नेपालको धेरै गहिरो र ठूलो ताल हो । यो ताल यसको मन्त्रमुग्ध सुन्दरताको लागिविश्व प्रसिद्ध छ । सो क्षेत्रमा निःशुल्क वाइफाइ सेवाको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र वल्र्डलिंकका अध्यक्ष दिलीप अग्रवालले संयुक्तरुपमा उद्घाटन गरे । “नेपालको …
पुरा पढ्नुहॊस »जर्मनीले १० मिलियन युरो अनुदान दिने
काठमाडौं । जर्मनीले नेपाललाई १० मिलियन युरो अनुदान दिने भएको छ । जर्मनीले नेपालको ग्रिन रिकभरी र समावेशी विकासका लागि १० मिलियन युरो अनुदान दिने भएको हो । अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र नेपालका लागि जर्मनीका राजदूत रोनाल्ड सेइफेरबीच यससम्बन्धी सम्झातौमा भएको बताइएको छ । यसले नीति र सार्वजनिक क्षेत्रलाई ग्रिड जोडिएको सोलार फार्म विस्तार गर्न, सोलार इरिगेसन विस्तार गर्न र अन्य गतिविधि विस्तार गर्न सहयोग गर्ने छ । सो …
पुरा पढ्नुहॊस »सुनको मुल्य बढ्यो, चाँदीमा सामान्य गिरावट
काठमाडौँ । विहिबार सुनको मुल्य बढेको छ भने चाँदीमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा रु २ सयले बढेर ८६ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाला सुन तोलाको ८६ हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ८६ हजार ४५० रहेको छ । त्यसैगरी आज चाँदी भने आज तोलामा १० रुपैयाँले घटेर …
पुरा पढ्नुहॊस »ज्योति लाइफको आईपीओ बाँडफाँड भोलि, साढे १२ लाख आवेदकको हात खाली हुने
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) भोलि बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आईपीओ भोलि बाँडफाँड गरिने जनाएको छ । कम्पनीले गएको फागुन २१ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यमा ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात् तीन लाख ३० हजार सामूहिक लगानी कोषका लागि र ५ प्रतिशत अर्थात तीन लाख ३० …
पुरा पढ्नुहॊस »आइएमई पे एपबाट सबै क्यु आर स्क्यान गर्न मिल्ने
काठमाडौँ । आइएमई पे एपबाट नेपालमा उपलब्ध सबै क्यु आर स्क्यान गर्न मिल्ने भएको छ । नेपालमा उपलब्ध फोन पे, स्मार्ट क्यु आर, युनियन पे र आइएमई पे क्यु आर सेवाग्राहीहरुले सजिलै आइएमई पे एपबाट स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् । सबै क्यु आर स्क्यान गरी भुक्तानी गर्न मिल्ने आइएमई पे एप एक मात्र विद्युतीय भुक्तानी सेवा प्रदायक एप हो । नेपालमा क्यु आर स्क्यान गरी भुक्तानी गर्ने व्यवहार …
पुरा पढ्नुहॊस »ओपो ब्याण्ड स्टाइलको पनि विक्रि खुल्लाः
काठमाडौं । ओपोले नेपालमा एफ१९ प्रोको विक्रि आरम्भ गरेको छ । कम्पनीले देशभर रहेका प्रमुख अफलाईन रिटेल स्टोर्स मार्फत स्मार्टफोनको विक्रि खुल्ला गरेको हो । मार्च १६मा एक अनलाइन लञ्च ईभेन्ट मार्फत ओपोले नेपालका लागि आफ्नो फ्ल्यागशिप मोडल ओपो एफ१९ प्रोका साथमा ओपो ब्याण्ड स्टाइल र ओपो एफ१९ पनि सार्वजनिक गरेको थियो । नेपालमा ओपोको तेस्रो अनलाईन लाइभ लञ्च ईभेन्टमा नेपाली मनोरञ्जन जगतका चर्चित हस्तिहरु, ओपोका ब्राण्ड फ्रेन्ड तथा नायिका …
पुरा पढ्नुहॊस »सिटी एक्सप्रेस मनी ट्रान्सफरको प्रदेश ५,६ र ७ मा एजेन्ट् मीट् कार्यक्रमहरु सम्पन्न
काठमाडाैँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत चैत्र ५, ६ र ७ गते धनगढी, नेपालगन्ज र दाङ गरि ३ ठाउँमा आफ्नो सेवा प्रदान गर्ने एजेन्ट्हरुका लागि एक÷एक दिने एजेन्ट् भेटघाट र AML/CFT तालिम कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा लुम्बिनी र सुदुरपश्चिम प्रदेशबाट उल्लेखनिय सहभागिता रहेको थियो । सो कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन लगायत व्यबस्थापन समूहको उपस्थिति रहेको थियो । बिगतको समिक्षा तथा आगामी …
पुरा पढ्नुहॊस »उर्लाबारी नगरपालिकालाई सुबिधा सम्पन्न दमकल हस्तान्तरण
काठमाडौं । आइएमई ग्रुप अन्तर्गत सन्चालित आइएमई मोटर्स प्रा.लि.द्वारा प्रवद्र्धित अशोक लेलैण्डले उर्लाबारीमा एक कार्यक्रम गरी उर्लाबारी नगरपालिकामै पहिलो पटक सुबिधा सम्पन्न दमकल हस्तान्तरण गरेको छ । कम्पनीले बताएअनुसार यो दमकल नेशनल फायर सेफ र आइएमई मोटर्सको संयूक्त कार्यमा नगरपालिकालाई हस्तान्तरण गरिएको बताएको छ । उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर फागो, उप प्रमुख लक्ष्मी देवी भण्डारी, नगरपालिकाका अन्य पदाधिकारी साथै पुर्व क्षेत्रका पत्रकारहरुको उपस्थितीमा आइएमई मोटर्सका कर्पोरेट सेल्स हेड …
पुरा पढ्नुहॊस »