आर्थिक

नेपालमा ओपो एफ १९ प्रो चाँडै सार्वजनिक गर्ने घोषणा

काठमाडौं। अग्रणी वैश्विक स्मार्ट उपकरण ब्राण्ड ओपोले आफ्नो नयाँ फ्ल्यागशिप मोडल अन्तर्गत ओपो एफ१९प्रो स्मार्टफोन नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ । ओपोद्वारा प्रस्तुत उत्पादनहरु मध्यकै सर्वाधिक लोकप्रिय सिरिजका रुपमा रहन सफल एफसिरिज कम्पनीले नेपालमा पहिलो पटक सन् २०१६ मा सार्वजनिक गरेको हो । अब कम्पनीले आफ्नो लोकप्रिय सिरिजलाई ओपो एफ१९प्रो मार्फत थप अगाडी लैजाने तयारी गरेको छ । फोनमा प्रयोग हुने अल्ट्रा स्लिम बडी डिजाइन तथा अत्याधुनिक नव्रबर्तनात्मक प्रविधिहरुका …

पुरा पढ्नुहॊस »

हाउजेको सातौ शोरुम चाबहिलमा खुल्ने भएको छ 

काठमाडौं । कृष्ण इन्टरनेशनल ट्रेडिङ कन्सर्नले नेपाली बजारमा चिनियाँ मोटरसाइकल कम्पनी हाउजेका बाइकहरु भित्र्याएको छ । डिलर र सर्भिस सेन्टर बिस्तार गर्दै कम्पनीले नेपाली बजारमा हाउजे ब्राण्डलाई बिक्री वितरण गरिरहेको छ । हाउजेले सुजुकीसँगको सहकार्यमा चीनमा हाउजे बाइक उत्पादन गर्दै आएको छ । त्यसैले अन्तर्राष्ट्रिय बजारमा यसको तुलना सुजुकीसँग हुने बताइएको छ । सुजुकीले यही स्पेसिफिकेसनको बाइकलाई डीआर १५० ब्रान्ड नेममा बिक्री गरिरहेको छ । इन्डोनेसिया र अन्य देशमा यी …

पुरा पढ्नुहॊस »

मेयर कप २०७७ क्रिकेट डिशहोमले प्रत्यक्ष प्रशारण गर्दै

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ (क्यान) द्वारा आयोजित (मेयर कप पुरुष) एक दिवसीय २०७७ प्रत्यक्ष प्रशारण गर्न डिश मिडिया नेटवर्क र क्यानबीच समझदारी भएको छ । काठमाडौंको कीर्तिपुर तथा मुलपानी मैदानमा फागुन २२ बाट सुरु हुने मेयर कप पुरुष (एक दिवसीय) २०७७ मा तीन विभागीय टोली, १ बागमती टोलि र काठमाडौं महानगरपालिका टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन । फाल्गुण २९ गतेसम्म चल्ने प्रतियोगितामा १ बागमती …

पुरा पढ्नुहॊस »

तीन वर्षको अवधिमा ३६ अर्ब ६१ करोड रुपैयाँ राजस्व चुहावट

काठमाडौं । गएको ३ वर्षको अवधिमा ३६ अर्ब ६१ करोड रुपैयाँ राजस्व चुहावट भएको छ । राजस्व अनुसन्धान विभागले हिजो सार्वजनिक सूचना निकालेर तीन वर्षको अवधिमा राजस्व चुहावटतर्फ २२० मुद्दामा ७८० प्रतिवादी बनाई ३६ अर्ब ६१ करोडको छली गरेको आरोपमा अदालतमा मुद्दा चलाइएको जनाएको छ । अन्य १७ मुद्दामा सात अर्ब रुपैयाँको बिगो कायम गरी निर्णयका लागि सरकारी वकिलको कार्यालयमा पठाइएको जनाइएको छ । राजस्व अनुसन्धान विभागले झण्डै तीन वर्षको …

पुरा पढ्नुहॊस »

नेपाल टलिकमको ४० प्रतिशत नगद लाभांश घोषणा

काठमाडौं । नेपाल टेलिकमले सेयरधनीलाई हालसम्मकै थोरै लाभांश वितरण गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना शेयरधनीलाई नगद लाभांश दिने घोषणा गरेको हो । गत आर्थिक वर्ष ७६/ ७७ को मुनाफाबाट ४० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त प्रस्तावलाई नेपाल सरकारले स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

पुरा पढ्नुहॊस »

तोलामा रु ५०० ले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा मंगलबार तोलामा नै  रु १ हजार ७०० ले घटेको सुनको मूल्य आज भने रु ५०० बढेको छ । मंगलबार तोलामा  ८७ हजारमा कारोवार भएको छापावाला सुन आज ८७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ८७ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि आज २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले …

पुरा पढ्नुहॊस »

रियलमी ८औँ सिरिजमा १०८ एमपी क्यामेरा, मोबाइल फोटोग्राफीमा नेतृत्वदायी उपस्थिति

काठमाडौँ । विश्वमा तीव्र बजार विस्तार गर्दै गएको चिनियाँ स्मार्टफोन कम्पनी रियलमीले सातौँ सिरिजको स्मार्टफोनको व्यापक सफलतापछि ८औँ सिरिजको फोन सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले यस सिरिजमा पहिलोपटक मोबाइल फोटोग्राफीका क्षेत्रमा नेतृत्व लिन सक्ने गरी १०८ एमपी क्यामेरा यस सिरिजमा राख्न लागेको जानकारी दिएको छ । कम्पनीले आज एक भच्र्युल कार्यक्रम मार्फत आठौँ सिरिजमा मोबाइल फोटोग्राफीलाई उच्च प्राथमिकतामा राखेर निर्माण गर्न लागिएको उक्त फोनमा प्रयोग हुने १०८ एमपीको …

पुरा पढ्नुहॊस »

वल्डलिंक कम्युनिकेशन्सकाे सद्भावनादूतमा शृंखला खतिवडा

नेपालकै सबै भन्दा ठूलो ब्रोडव्यान्ड सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडले शृंखला खतिवडालाई यस कम्पनीको सद्भावनादूतका रूपमा नियुक्त गरेकाे छ । आकर्षक व्यक्तित्वकी धनी, आर्किटेक्चर इन्जिनियरिङ्ग संकायमा आफ्नो ब्याचको टपर र समाजसेवामा समर्पित एवं मिस नेपाल–२०१८ शृंखला खतिवडा नेपालकै चर्चित व्यक्तित्वहरू मध्येका एक हुन् । उनी आजका महिलाहरूको लागि प्रेरणादायी भुमिकामा छिन, जसले जीवनका हरेक पक्षमा अब्बल हुनुबाहेक अरू केही नचाहेकाे कम्पनीले प्रेस विज्ञप्तीमा उल्लेख गरेकाे छ। वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडका …

पुरा पढ्नुहॊस »

सुनको भाउ एकैदिन १७०० ले झर्‍यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले घटेको छ । मंगलबार छापावाल प्रतितोला सुन ८७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ८६ हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदी १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुन प्रतितोला ८८ …

पुरा पढ्नुहॊस »

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ नयाँ दर

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरेको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर दुईका दरले मूल्यवृद्धि गरिएको हाे । नयाँ मूल्यअनुसार पेट्रोल अब प्रतिलिटर ११६ कायम भएको छ । यस्तै, डिजल र मट्टितेल प्रतिलिटर ९९ कायम भएको छ । यस्तै हवाई इन्धन आन्तरिक उडानतर्फ साविकको प्रति लिटर बिक्री मूल्यमा पाँचले वृद्धि गरी ७२ कायम गरिएको निगमले जनाएको छ । यस्तै हवाई …

पुरा पढ्नुहॊस »