आर्थिक

सुनकाे भाउ तोलामा ५ सय बढ्यो

काठमाडौं । सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले वृद्धि भएको छ । शुक्रबारदेखि ८६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन आइतबार प्रतितोला ८७ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसअघि बिहीबार पनि सुनको मूल्य तोलाको ८७ हजार २ सय रुपैयाँ नै रहेको थियो । तेजाबी सुन भने आइतबार ८६ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि आइतकार …

पुरा पढ्नुहॊस »

खोप किन्न विश्व बैंकले आठ अर्ब दिने

काठमाडौँ । सत्तरी प्रतिशतभन्दा बढी नेपालीलाई कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउने उद्देश्यले अन्तर्राष्ट्रिय विकास सङ्घमार्फत विश्व बैंकले रु आठ अर्ब ६२ करोड ५० लाख प्रदान गर्ने निर्णय गरेको छ । नेपालको स्वास्थ र खोप प्रणालीलाई सुदृढ गर्दै संरक्षित प्रभावकारी एवं समतामूलक वितरणमा सहयोग गर्न बैंकको कार्यकारी निर्देशक बोर्डले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको बैंकको प्रधान कार्यालय वासिङ्टनबाट शुक्रबार जारी विज्ञप्तिमा जनाइको छ । खोप खरिद, वितरण, परीक्षण, प्रयोगशाला सम्बन्धी …

पुरा पढ्नुहॊस »

‘सिंगल डिजीट’ ब्याजदरको उपयोग गर्नुस्, लगानी बढाउनुस् : उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले यतिखेर सिंगल डिजिटमा रहेको नेपालका बैंक तथा वित्तीय संस्थाको ब्याजदरको उपयोग गर्न र औद्योगिक तथा व्यावसायिक क्रियाकलापमा लगानी बढाउन नेपालका उद्योगी व्यवसायीहरुलाई सुझाएका छन् । बिर्तामोड उद्योग वाणिज्य संघको सपथ ग्रहण तथा पद हस्तान्तरण सभालाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै उनले भने, ‘नेपालका व्यवसायी साथीहरुलाई मेरो यो आग्रह छ कि अहिले नेपालमा ब्याजदर सिंगल डिजिटमा छ, यसको सदुपयोग गर्नुस् र …

पुरा पढ्नुहॊस »

डिशहोम प्लस मुभीको एक दशक पूरा

काठमाडौं । टेलिभिजनमा नेपाली चलचित्रहरुमार्फत दर्शकलाई मनोरञ्जन दिने उद्देश्यसहित डिशहोमले शुरु गरेको प्लस मुभी च्यानलले एक दशक पूरा गरेको छ । डिशहोममा मुभी अन डिमाण्ड नामबाट सुरु भएको यो च्यानल सन् २०१२ देखि प्लसमुभी च्यानलको नामबाट संचालनमा छ । दैनिक आठ शो नेपाली चलचित्रहरु प्रशारण गरिरहेको यो च्यानल डिशहोमका दर्शकहरुमाझ निकै लोकप्रिय छ । नयाँ, पुराना तथा सबै विधाका नेपाली चलचित्रहरु प्रदर्शन गरिरहेको प्लस मूभी च्यानल डिशहोममा एचडी गुणस्तरमा हेर्न …

पुरा पढ्नुहॊस »

टेलिकमको संचालकमा अम्बिका पौडेल

काठमाडौं ।  अम्बिका प्रसाद पौडेलले नेपाल टेलिकमको संचालक पदमा निर्बिरोध चयन भएका छन्  । टेलिकमको एकजना संचालक सर्वसाधारण सेयरधनीको तर्फबाट चुनिने व्यवस्था छ । ४ वर्षको कार्यकालको लागि पौडेलले संचालकमा उम्मेद्वारी दर्ता गरेका थिए । पौडेल बाहेक अरुको सर्वसाधारण सेयरधनीको लागि मनोनयन नपरेपछि पौडेल निर्विरोध नेपाल टेलिकमको संचालकमा चयन भएका हुन् । चैत्र १३ मा हुने कम्पनीको साधारणसभाले उनको चयनलाई अनुमोदन गर्नेछ  । पौडेल नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा सबैभन्दा …

पुरा पढ्नुहॊस »

घट्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैँ । नेपाली बजारमा सुनचाँदीको मूल्य आज घटेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ८६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला ८६ हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आज नेपाली बजारमा चाँदीको मूल्य पनि घटेको छ । …

पुरा पढ्नुहॊस »

सिँगटी हाइड्रोको २६ लाख ९७ हजार कित्ता आईपीओ जारी

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले सर्वसाधारणका लागि शुक्रबारबाट साधारण सेयर (आइपीओ) जारी गरेको छ । कम्पनीले रु. १०० अंकित दरका २६ लाख ९७ हजार कित्ता आइपिओ जारी गरेको हो । यस मध्ये १ लाख ४५ हजार कित्ता सामुहिक लगानी कोषका लागि र ५८ हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको छ । बाँकी सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन गर्न पाउने छन् । सर्वसाधारणले कम्तीमा १० कित्ता र बढीमा २ लाख …

पुरा पढ्नुहॊस »

डिशहोममा मधेस प्लस च्यानल, आफ्नै स्थानिय भाषाका कार्यक्रम र टेलिश्रृखला प्रशारण हुँदै

काठमाडाै । नेपाली टेलिभिजनको दुनियाँमा डिशहोमले भरपुर मनोरञ्जनले भरिएको मधेस प्लस च्यानल संचालनमा ल्याएको छ । डिशहोमको च्यानल नं. ११९ मा यो च्यानल प्रशारण भईरहेको छ । नेपालमानै पहिलो पटक भोजपुरी चलचित्र, गीत, मैथली, थारु, लगाएतका मधेस क्षेत्रमा प्रचलनमा रहेका विभिन्न भाषा भाषिका गीत संगीत, टेलिचलचित्र तथा विविध मनोरञ्जनात्मक कार्यक्रमहरुलाई प्रथमिकताका साथ प्रशारण गर्ने तयारि च्यानलले गरिरहेको छ । मधेस प्लस च्यानलमा हरेक शुक्रवार राती ८ बजे मैथली भाषाको समसामयिक, सामाजिक …

पुरा पढ्नुहॊस »

बिना धितो युवालाई तीन लाख उद्यमशील कर्जा दिन सहमति

भक्तपुर । युवा वर्गलाई स्वरोजगार बनाउने उद्देश्यले चाँगुनारायण नगरपालिकाले बिना धितो र बिना ब्याजको ऋण उपलब्ध गराउने कार्यक्रम शुरु गरेको छ । चाँगुनारायणका युवाको उद्यमशीलता वृद्धि गरी स्वरोजगार बनाउन नगरपालिका र नेपाल बैंक लिमिटेडबीच नगरपालिकाका ३०० युवालाई बिनाधितो र बिना ब्याज रु तीन लाख कर्जा दिनेबारे बुधबार सहमति भएको हो । राष्ट्रिय युवा परिषद्ले ऋण लिने ३७० युवालाई १० समूहमा विभाजन गरी तालीम दिन शुरु गरेको छ । तालीमपश्चात् नेपाल …

पुरा पढ्नुहॊस »

लगानी कोषको ६ महिनाकाे खुद नाफा ३२ करोड २५ लाख

काठमाडौं । नागरिक लगानी कोषले चालु आवको पुस मसान्तसम्म गत वर्ष सोही अवधिको तुलनामा ८.५४ प्रतिशत नाफा कमाएको छ । आव २०७७-०७८ को सो अवधिमा रु ३२ करोड २५ लाख खुद नाफा कमाएको कोषले जनाएको छ । कोषका कार्यकारी निर्देशक रमण नेपालले बचत सङ्कलनका लागि सञ्चालनमा ल्याइएका कर्मचारी बचत वृद्धि अवकास कोष, उपदान तथा पेन्सन कोष, लगानीकर्ता हिसाब योजना तथा नागरिक एकाङ्क योजनाबाट सङ्कलित रकमलाई उच्च प्रतिफल प्राप्त हुने गरी …

पुरा पढ्नुहॊस »