काठमाडौँ । मंगलबार सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाल सुन प्रतितोलामा ४ सयले घटेर तोलाको एक लाख २ हजार १ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि सोमबार छापावाल सुनको मूल्य एक लाख २ हजार ५ सय रहेको थियो । महासंघका अनुसार मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार ६ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १४२० रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि सोमबार पनि १४२० मा नै कारोबार भएको थियो ।
तपाईंको प्रतिकृया




