आर्थिक

चल्यो जयनगर-कुर्था खण्डमा रेल, भाडा ९० रुपैयाँ

काठमाडाैँ । जयनगर-कुर्था रेल्वे खण्डमा यात्रुसहितको रेल सेवा शुरु भएकाे छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले शनिबार संयुक्तरूपमा भर्चुअल माध्यमबाट रेल सेवाको शुभारम्भ गरेका थिए । आज बिहान ८ बजेदेखि यात्रुसहितको रेल सेवा सञ्चालनमा आएकाे नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । उनका अनुसार दैनिक दुई पटक जयनगर-कुर्था रेल चल्ने छ । जयनगरबाट छुटेको रेल बिहान १० बजेतिर कुर्था स्टेशन आइपुग्ने छ । जनकपुरधामको …

पुरा पढ्नुहॊस »

पेट्रोलियमको अवरोध हट्यो, बिक्री वितरण निर्बाध

काठमाडौँ । पेट्रोलियमको ढुवानी र बिक्री वितरणमा गरिएको अवरोध हटेको छ । नेपाल आयल निगम र आन्दोलनरत पक्षबीच भएको सहमतिपछि पेट्रोलियमको अवरोध हटेको हो । सहमतिसँगै आजदेखि पेट्रोलियमको ढुवानी र बिक्री वितरण निर्बाध रूपमा गरिने भएको छ । निगम र राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिका पदाधिकारीबीच भएको छलफलमा मागहरूलाई सम्बोधन गर्ने गरी सहमति भएको हो । सहमतिपछि जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘मागहरू मध्ये बुँदा नम्बर ५ मा रहेको …

पुरा पढ्नुहॊस »

नेपाल र भारतबीच चारवटा सम्झौतामा हस्ताक्षर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच चारवटा सम्झौता भएका छन् । भारतीय प्रधानमन्त्री कार्यालय हैदरावाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता  भएकाे थियाे । त्यसपछि दुई देशको प्रतिनिधिमण्डलबीचको छलफलपछि चारवटा सम्झौतामा हस्ताक्षर भएको हो । नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसबन्धी प्राविधिक सहयोग, पेट्रोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच प्रविधिक विज्ञता आदानप्रदानसम्बन्धी सम्झौता भएको छ । …

पुरा पढ्नुहॊस »

अब ९० रुपैयाँमा रेलबाट नेपाल-भारत यात्रा

काठमाडाैँ । आइतबारदेखि नै तालिकाअनुसार नियमित रेल चल्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले बताए । उनका अनुसार दिनको दुई पटक आउने र दुई पटक जाने गरी समय तालिका निर्धारण गरिएको छ । जयनगरबाट ८ः३० र ३ बजे छुट्नेछ भने कुर्थाबाट १०ः३० र ५ः१५ मा अर्कौ रेल छुट्ने उनले जानकारी दिए ।

पुरा पढ्नुहॊस »

डिस होमका प्रवन्ध निर्देशक सुदीप आचार्यलाई रिपोटर्स क्लवकाे बिशेष सम्मान

रिपोटर्स क्लवले डिस होमका प्रवन्ध निर्देशक सुदीप आचार्यलाई बिशेष सम्मान गरेको छ। क्लबले आफ्नो २४औं वार्षिकोत्सवको अवसरमा बिहीबार आचार्यलाई सम्मान गरेकाे हाे । प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई सम्मान गरे। डिस होममार्फत नेपालको पे टीभी उद्योगमा पुर्याएको योगदानको कदर गर्दै उनलाई बिशेष सम्मान गरेको क्लवले जनाएको छ। उनको सम्मान पत्रमा लेखिएको छ, ‘विश्व बजारमा प्रचलित लोकप्रिय टेलिभिजन प्रविधि ‘डाइरेक्ट टु होम’ मार्फत नेपाली जनताको मन जित्दै नेपालको पे टीभी उद्योगमा क्रियाशील …

पुरा पढ्नुहॊस »

सरकारले बढायो सार्वजनिक सवारीसाधनको भाडा

काठमाडौँ । सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । इन्धनको मूल्य बढ्दै जाँदा यातायात व्यवसायीले दबाब दिएपछि सरकारले सार्वजनिक सवारीसाधनमा भाडा बढाएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै प्रदेशस्तरमा सञ्चालन हुने सार्वजनिक यातायातमा हाल कायम रहेको दरमा ११ देखि १३ प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय गरेको हो । मन्त्रालयले एक प्रदेशबाट अर्को प्रदेशका लागि चल्ने यात्रुवाहक तथा मालवाहक सवारीसाधनमा मात्रै भाडा बढाएको छ । यातायात व्यवस्था …

पुरा पढ्नुहॊस »

२३ दशमलव ९५ अंकले घट्याे नेप्से

बिहीबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ। यो साता निरन्तर ओरालो लागेको बजार बुधबार भने उच्च अंकले वृद्धि भएको थियो । आज भने २३ दशमलव ९५ अंकले घटेर २ हजार ५४४ दशमलव ३० विन्दुमा झरेको हो । बिहीबार २२८ वटा धितोपत्रको ३७ लाख ८७ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट १ अर्ब ८९ करोड १ लाख ६४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले …

पुरा पढ्नुहॊस »

बिहीबार सुनचाँदीको मूल्य कति पुग्यो ?

काठमाडौँ । सुनको मूल्य बिहीबार एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलाको ९८ हजार नौ सय रुपैयाँ कायम भएको छ । यसअघि, बुधबार सुन तोलाको ९८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार तेजाबी सुनको मूल्य तोलाको ९८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने १० रुपैयाँ घटेको छ । बुधबार एक हजार तीन सय ६० …

पुरा पढ्नुहॊस »

नेपाल टेलिकम : निर्देशिकाविरुद्धको रिट खारेज

काठमाडाैँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक नियुक्ति प्रक्रिया रोक्न माग गर्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरेको छ । न्यायाधीशद्वय तेजबहादुर केसी र कुमार चुडालको संयुक्त इजलासले रिट खारेज गरेको हो तर फैसलाको पूर्णपाठ भने तयार भइसकेको छैन । प्रबन्ध निर्देशकको नियुक्ति र सेवा सुविधासम्बन्धी निर्देशिकाले प्रतिस्पर्धामा रोक लगाएको भन्दै दायर फरक फरक दुई रिट अदालतले खारेज गरेको सर्वोच्चका सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए। कम्पनीको प्रबन्ध निर्देशकको …

पुरा पढ्नुहॊस »

बजेट योजना ७ दिनभित्र पेश गर्न सबै मन्त्रालय र निकायलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । आगामी आर्थिक वर्ष ०७९/८० को बजेट निर्माण प्रक्रिया अघि बढाएको अर्थ मन्त्रालयले बुधबार सबै मन्त्रालयका सचिव, सहसचिव र नेपाली सेनासँग छलफल गरेको छ । सो छलफलमा संघीयताको मर्मअनुसार संघ, प्रदेश र स्थानीय तहले आफ्नो अधिकार प्रयोग गर्ने गरी कस्तो योजना र नीति बनाउने भन्ने बारे ७ दिनभित्र कार्ययोजना पेश गर्न अर्थमन्त्री जनार्दन शर्माले निर्देशन दिएका छन् । उनले प्रदेश र स्थानीय तहले निर्माण गर्न सक्ने टुक्रे योजनासमेत संघीय …

पुरा पढ्नुहॊस »