नेप्से परिसूचक १२ दशमलव २७ अंकले बढ्यो

सोमबार (आज) पनि शेयर बजारमा दोहोरो अंकको बढेको छ। आइतबार १७ दशमलव ९५ अंकले बढेको बजार आज पनि १२ दशमलव २७ अंकले बढेर २ हजार २६८ दशमलव ८४ विन्दुमा पुगेको हो।

सोमबार २२२ वटा धितोपत्रको ३३ लाख २४ हजार कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट १ अर्ब ३२९ करोड ६ लाख ७ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।

सोमबार १३ वटा समूहमध्ये ४ वटा समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ। सबैभन्दा बढी व्यापार समूहको १ दशमलव ७४ प्रतिशतले बढेको हो।

त्यस्तै, आज पनि जाल्पा सामुदायिक लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। कारोबार रकमको आधारमा नेपाल दुरसञ्चार कम्पनीको ७ करोड ८३ लाख ५३ हजार ८९९ रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

मंगलबार सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजार आज (मंगलबार) सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको भाउ घटेको …

प्रतिकृया दिनुहॊस