काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा रु दुई अर्ब १५ करोड लागतमा पैदलमार्गको मर्मत तथा सुधार गरेका छन् । यसका लागि सबैजसो सडक खण्डको लागत अनुमान तयार भइसकेको र केही क्षेत्रमा सम्झौता भइ काम सुरु पनि भइसकेको महानगरका सार्वजनिक निर्माण विभागका निर्देशक सुरेशकुमार राईको भनाइ छ । हाल महानगर क्षेत्रभित्र करिब एक हजार तीन सय किलोमिटर सडक सञ्जाल छ । यसमध्ये आठ मिटरभन्दा कम चौडाइ भएका एक हजार किलोमिटर …
पुरा पढ्नुहॊस »सेयर बजार घट्याे
काठमाडौं । केन्द्रीय बैंकको नयाँ निर्देशनप्रति सेयर बजारका लगानीकर्ता बेखुशी देखिएका छन् । नयाँ निर्देशन जारीपछि आइतबार बजार खुलेको हो । तर यस दिन सेयर बजार परिसूचक ३५.६७ अंकले घटेर १९२१.२४ अंकमा आइपुगेको छ । १ अर्ब ८० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने सबै समूह घटेका छन् । केन्द्रीय बैंकले गत बिहीबार साँझ एकीकृत निर्देशन संशोधन गर्दै सेयर धितो कर्जाको सीमा केही बढाउने निर्णय गरेको थियो । …
पुरा पढ्नुहॊस »दसैँमा के.जी इन्टरकन्टिनेन्टलको मोटरसाइकल ‘एक्सचेन्ज र छुट’ अफर सार्वजनिक
काठमाडौँ । के.जी इन्टरकन्टिनेन्टलको प्रा.ली काठमाडौँले दसैँ अफर सञ्चालनमा ल्याएको छ । यो अफर आश्विन २२ गते देखि कात्तिक ३ गतेसम्म सञ्चालनमा रहने प्रा.लीका जनरल म्यानेजर प्रमीला खत्रीले जानकारी दिइन्। एक्सचेन्ज पुरानो मोटरसाइकल तथा स्कुटरको बजार मूल्य भन्दा १५ हजार रुपैयाँ थप मूल्याङ्कन हुनेछ भने नगद छुट ५० हजार रुपैयाँ हुनेछ । १२ दिनसम्म चल्ने उक्त अफर सहितको एक्सचेन्ज क्याम्पमा सहभागी भएर लाभ लिन प्रा.लीले सम्पूर्ण मोटरसाइकल पारखीलाई आह्वान गरेको …
पुरा पढ्नुहॊस »आजदेखि एनएमबि हाइब्रिड फन्ड एल १ र एनएमबि ५० ले आफ्ना इकाईधनीलाई प्रतिफल पठाउने
काठमाडौं । एनएमबि हाइब्रिड फन्ड एल १ र एनएमबि ५० ले आफ्ना इकाईधनीलाई नगद लाभांश बैंक खातामा पठाउने भएको छ । एनएमबि हाइब्रिड फन्ड एल १ ले आफ्नो इकाई धनीहरुलाई आज असोज २१ गते आइतबारदेखि प्रतिफल वितरण गर्ने लागेको हो । त्यस्तै, एमएनबि ५० ले असोज २२ गतेदेखि लाभांश वितरण गर्ने जनाएको छ । दुवै फन्डका इकाई धनीहरुले आर्थिक वर्ष २०७९–८० को नाफाबाट करसहित १५ प्रतिशत का दरले नगद लाभांश …
पुरा पढ्नुहॊस »सिटिजन्स क्यापिटल लिमिटेडले नगद लाभांश बाँड्ने
काठमाडौँ । सिटिजन्स क्यापिटल लिमिटेडले सत्रौँ वार्षिक साधारण सभा ललितपुरमा सम्पन्न भएको छ । संस्थाको साधारण सभाले आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट १२ प्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव पारित गरेको छ । वार्षिक साधारण सभामा छलफलका लागि प्रस्तुत गरिएका साधारण प्रस्तावहरूमा आ।व। २०७९–८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात, नाफा नोक्सानीको हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू पारित गरेको छ । साथै, …
पुरा पढ्नुहॊस »यामाहा एफजी एफआई भीथ्री स्ट्यान्डर्डमा ३ लाख ७९ हजारमा उपलब्ध
काठमाडौँ । नेपालमा यामाहा मोटरसाइकल र स्कुटरको एकमात्र वितरक एमएडब्लु इन्टरप्राइजेजले मात्र ३ लाख ७९ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । यो मोटरसाइकल यामाहा प्लेटफर्ममा निर्बाध रूपमा तीनवटा मुख्य विशेषताहरू प्रदर्शन गर्दै जोडिएको छ– ट्राइड, टेस्टेड र ट्रस्टेड एफआई इन्जिन, नवीनतम डबल डिस्क र उन्नत बीएस६ इन्जिन टेक्नोलोजी । एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड यामाहाको उत्कृष्ट रेसिङ सम्पदाबाट प्रेरित आफ्नो आकर्षक स्पोर्टी डिजाइनमा रहेको छ । एक बलियो १४९ सिसि …
पुरा पढ्नुहॊस »बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा ३०० रुपैयाँले बढेको छ । छापावाल सुन तोलामा एक लाख सात हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन उक्त सुन तोलामा एक लाख सात हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलामा एक लाख सात हजार १०० रुपैयाँमा कारोबार भइरहको छ । चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको …
पुरा पढ्नुहॊस »यी स्थानमा खुले सुपथ मुल्य पसल, कुन सामानमा कति छुट ? (सूचीसहित)
काठमाडौँ । सरकारले दशैँ, तिहार, छठलगायत चाडपर्वमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि देशभर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । सहुलियत पसलमा राखिने सामानमा उपभोक्तालाई दुई रुपियाँदेखि ५० रुपियाँसम्म छुट दिइएको छ । मन्त्रालयका अनुसार खाद्य कम्पनीबाट वितरण हुने सबै किसिमका चामल, दाल, गहुँ आँटा, पिठो, मैदा, तोरीको तेल, सनफ्लावर, भटमासको तेल, चिउरा प्रतिकेजीरप्रतिलिटरमा सात रुपियाँ छुट दिइएको छ ।
पुरा पढ्नुहॊस »आइतबारको विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसा पुगेको छ । युरो एकको खरिद दर १४० रुपैयाँ ३४ पैसा र बिक्री दर १४० रुपैयाँ ९८ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ३० पैसा र बिक्री दर १६३ रुपैयाँ ०४ पैसा रहेको छ । …
पुरा पढ्नुहॊस »प्रभु क्यापिटलले गर्यो ‘प्रभु बिग सट’ सेवा सार्वजनिक
काठमाडाैं । प्रभु क्यापिटल लिमिटेडले आश्विन १९ गते पन्ध्रौ साधारण सभाको अवसर पारेर “प्रभु विग सट” नामक लगानी व्यवस्थापन सेवा सार्वजनिक गरेको छ । हालको लगानी व्यवस्थापन सेवा साधारण जनतालाई मात्र केन्द्रित भएको जनाउदैं उक्त लगानी व्यवस्थापन सेवा भने (उच्च नेटवर्थ) भएका व्यक्ति तथा संस्थाहरुलाई केन्द्रित भएको क्यापिटलले जनाएको छ । उच्च पदस्त व्यक्तिहरुको समय व्यस्तता हुने र लगानीमा उचित समय दिन नसकिने समस्यालाई मध्ये–नजरमा राखी सो योजना क्यापिटलले सुरुवात …
पुरा पढ्नुहॊस »