काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसा पुगेको छ ।
युरो एकको खरिद दर १४० रुपैयाँ ३४ पैसा र बिक्री दर १४० रुपैयाँ ९८ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ३० पैसा र बिक्री दर १६३ रुपैयाँ ०४ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
तपाईंको प्रतिकृया




