बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा ३०० रुपैयाँले बढेको छ ।

छापावाल सुन तोलामा एक लाख सात हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन उक्त सुन तोलामा एक लाख सात हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलामा एक लाख सात हजार १०० रुपैयाँमा कारोबार भइरहको छ ।

चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ । चाँदी तोलामा एक हजार ३३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सामाजिक सुरक्षाको प्रत्याभूति गराउने कार्यमा लगानी कोष

काठमाडौँ । नागरिक लगानी कोषले सामाजिक सुरक्षाको प्रत्याभूति गराउने कार्य गरिरहेको बताएको छ । कोषको …

प्रतिकृया दिनुहॊस