सेयर बजार घट्याे

काठमाडौं । केन्द्रीय बैंकको नयाँ निर्देशनप्रति सेयर बजारका लगानीकर्ता बेखुशी देखिएका छन् । नयाँ निर्देशन जारीपछि आइतबार बजार खुलेको हो । तर यस दिन सेयर बजार परिसूचक ३५.६७ अंकले घटेर १९२१.२४ अंकमा आइपुगेको छ । १ अर्ब ८० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने सबै समूह घटेका छन् ।

केन्द्रीय बैंकले गत बिहीबार साँझ एकीकृत निर्देशन संशोधन गर्दै सेयर धितो कर्जाको सीमा केही बढाउने निर्णय गरेको थियो । तर यसबाट लगानीकर्ता खुशी हुन सकेनन् । निर्देशनपछि आइतबार पहिलोपल्ट खुलेको खुलेको बजारले नकारात्मक प्रतिक्रिया दिएकाले लगानीकर्तामा उत्साह नभएको अनुमान लगाउन सकिन्छ ।

निर्देशन अनुसार सेयर धितो कर्जाको सीमा १२ करोडबाट बढाएर व्यक्तिका हकमा १५ करोड पुर्याइएको छ । यस्तै, सस्थागततर्फ १२ करोडबाट बढाएर २० करोड पुर्याइएको छ । लगानीकर्ताले सेयर धितो कर्जामा कायम १५० प्रतिशतको जोखिमभार १०० प्रतिशतमा झार्न अनि यस्तो सीमा पनि फराकिलो हिसाबले वृद्धि गर्न माग गरेका थिए ।

यस दिन २८९ कम्पनीको ५८ लाख १५ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ६ करोड ७३ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः रिलायबल नेपाल लाइफ इन्सुरेन्स र नबिल बैंक परेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सामान्य अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको …

प्रतिकृया दिनुहॊस