यामाहा एफजी एफआई भीथ्री स्ट्यान्डर्डमा ३ लाख ७९ हजारमा उपलब्ध

काठमाडौँ । नेपालमा यामाहा मोटरसाइकल र स्कुटरको एकमात्र वितरक एमएडब्लु इन्टरप्राइजेजले मात्र ३ लाख ७९ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । यो मोटरसाइकल यामाहा प्लेटफर्ममा निर्बाध रूपमा तीनवटा मुख्य विशेषताहरू प्रदर्शन गर्दै जोडिएको छ– ट्राइड, टेस्टेड र ट्रस्टेड एफआई इन्जिन, नवीनतम डबल डिस्क र उन्नत बीएस६ इन्जिन टेक्नोलोजी ।

एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड यामाहाको उत्कृष्ट रेसिङ सम्पदाबाट प्रेरित आफ्नो आकर्षक स्पोर्टी डिजाइनमा रहेको छ । एक बलियो १४९ सिसि एयर–कूल्ड फोर–स्ट्रोक सिंगल–सिलिन्डर ब्लूकोर इन्जिनद्वारा संचालित र सावधानीपूर्वक परिष्कृत यसले असाधारण मध्यम रेन्जको पावर र उल्लेखनीय रूपमा मुलायम प्रवेग उत्पन्न गराउँछ । यो इन्धन इन्जेक्टेड इन्जिन शक्तिशाली मात्र नभई अति प्रभावकारी पनि छ, जसले औसत ४५–५० किमी प्रति लिटरको माइलेज प्रदान गर्दछ ।

एमएडब्लू टू ह्वीलर्स डिभिजनका सीईओ राजु क्षेत्रीले यसको सुरुवातको बारेमा आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘यामाहा एफजेड एफआई भीथ्री स्ट्यान्डर्डले यामाहाको स्पोर्टिनेस, स्टाइलिस र एक्साइटमेन्टका विशेषताले सुसज्जित मोटरसाइकलहरू किफायती मूल्यमा ग्राहकसामू ल्याउने हाम्रो अटल प्रतिबद्धतालाई पुष्टि गर्दछ । हामीलाई विश्वास छ यसले हाम्रा अमूल्य ग्राहकहरूको सवारी अनुभवलाई पुनः परिभाषित गर्नेछ।’ यामाहा एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड अब देशव्यापी रुपमा सबै यामाहा डिलरहरूमा उपलब्ध छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सामाजिक सुरक्षाको प्रत्याभूति गराउने कार्यमा लगानी कोष

काठमाडौँ । नागरिक लगानी कोषले सामाजिक सुरक्षाको प्रत्याभूति गराउने कार्य गरिरहेको बताएको छ । कोषको …

प्रतिकृया दिनुहॊस