आजदेखि एनएमबि हाइब्रिड फन्ड एल १ र एनएमबि ५० ले आफ्ना इकाईधनीलाई प्रतिफल पठाउने

काठमाडौं । एनएमबि हाइब्रिड फन्ड एल १ र एनएमबि ५० ले आफ्ना इकाईधनीलाई नगद लाभांश बैंक खातामा पठाउने भएको छ । एनएमबि हाइब्रिड फन्ड एल १ ले आफ्नो इकाई धनीहरुलाई आज असोज २१ गते आइतबारदेखि प्रतिफल वितरण गर्ने लागेको हो । त्यस्तै, एमएनबि ५० ले असोज २२ गतेदेखि लाभांश वितरण गर्ने जनाएको छ ।

दुवै फन्डका इकाई धनीहरुले आर्थिक वर्ष २०७९–८० को नाफाबाट करसहित १५ प्रतिशत का दरले नगद लाभांश घोषणा गरेको छन् । यी दुवै म्युचुअल फन्डले लाभांशको लागि असोज १२ गते बुक क्लोज गरिसकेका छन् । एनएमबि हाइब्रिड फन्ड एल १ र एनएमबि ५० एनएमबि क्यापिटलको व्यवस्थापनमा सञ्चालित म्युचुअल फन्ड हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

समृद्धि फाइनान्सले मनायो २३ औं वार्षिकोत्सव

काठमाडौं । समृद्धि फाइनान्सले २३ औं वार्षिकोत्सव उत्साहजनक साथ मनाएको छ। फाइनान्सले आर्थिक वृद्धिसँगै शारीरिक …

प्रतिकृया दिनुहॊस