काठमाडाैँ । नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंकले नवलपरासी जिल्लाको सुनवल नगरपालीका वडा नं. १२ स्थित भुमही बजारमा नयाँ शाखा गरेको छ । नयाँ शाखाको उद्घाटन सुनवल नगरपालीका प्रमुख भिम बहादुर थापा (भरत) ले गरे । नगर प्रमुख थापाले कार्यक्रममा बोल्दै, शाखा खोल्न सुनवल नगरपालीकाको भुमहीलाई रोजेकोमा बैंकलाई धन्यवाद दिदैं यस क्षेत्रका व्यवसायीहरुलाई सम्वृद्घिको यात्रामा बैंक सहयोगी सिद्घ होस् भन्ने शुभकामना दिए । साथै बैंकका अध्यक्षले भुमहीमा कम्युनिटीको आगमनले यस क्षेत्रका वासिन्दाहरुलाई …
पुरा पढ्नुहॊस »एनआईसी एशिया बैंकको नयाँ शाखा झापाको दमक चोकमा, वासलात २१८ अर्बको
दमक । एन आई सी एशिया बैंक लि.को दमक नगरपालिका वडा नं. ५, क्याम्पसमोड झापा स्थित दमक चोक शाखाको दमक नगरपालिकाका मेयर रोम नाथ ओलीले उद्घाटन भएको छ । यस शाखाले गत भदौं १६ गतेबाट कारोबार सञ्चालन गर्दै आएको छ । बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७५ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एव्ं २३ वटा शाखा रहित बैंकिङ्ग …
पुरा पढ्नुहॊस »ज्योति विकाश बैंकका ग्राहकलाई नेपाल नेशनल हस्पिटलमा १५ प्रतिशतसम्मको छुट
काठमाडौं । नेपाल नेशनल हस्पिटल र ज्योति विकाश बैंकबीच विशेष छुटसम्बन्धि सम्झौता भएको छ । आइतबार भएको सम्झौता अन्तर्गत आगामी दिनहरुमा बैंकका डेबिट कार्ड तथा क्रेडिट कार्ड उपयोगताहरुले नेपाल नेशनल हस्पिटलद्वारा प्रदान गरिने विभिन्न स्वास्थ्य सुविधाहरुमा विशेष छुट प्राप्त गर्नसक्ने छन् । ग्राहकहरुको सहजतालाई लक्षित गर्दै गरिएको उक्त सम्झौता पत्रमा नेपाल नेशनल हस्पिटलका बजार ब्यबस्थापन प्रबन्धक श्रुति राणा र ज्योति विकाश बैंकका सहायक महाप्रबन्धक सुशील कुमार शर्माबीच हस्ताक्षर भएको छ …
पुरा पढ्नुहॊस »ग्लोबल आइएमई बैंक १३ औं वर्षमा प्रवेश
काठमाडौं । ग्लोबल आइएमई बैंकले १३ औं वर्षमा प्रवेश गरेको छ । १२ औं वर्षिकोत्सवमा “बचत गरौँ” भन्ने मूल नाराका साथ प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । राजधानीमा वित्तीय साक्षरता जगाउने उद्धेश्यले प्रभातफेरी कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, संचालक समिति प्रमुख कार्यकारी अधिकृत लगायत उपत्यकामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो । प्रभातफेरी कार्यक्रम बैंकको कान्तिपथ शाखादेखि सुरु भएर दरबारमार्ग, घण्टाघर, रत्नपार्क, शहिदगेट, न्यूरोडगेट, वीर हस्पिटल,जमल हँुदै पुनः कान्तिपथ शाखामा नै …
पुरा पढ्नुहॊस »नेपाल एसबिआई बैंक नाफा बढाउन असफल
काठमाडौं । नेपाल एसिबआई बैंकको नाफा घटेको छ । २०७४ पुस मसान्तमा ९१ करोड नाफा कमाएको बैंकले २०७५ पुसमा ९० करोड मात्रै नाफा कमाउन सफल भएको हो । एसबिआईले असोज मसान्तदेखि पुस मसान्त अवधीमा निक्षेप भने ९४ अर्बबाट बढाएर ९७ अर्ब पुर्याएको छ । बैंकको कर्जा लगानी पनि असोज मसान्त ८४ अर्ब रहेकोमा पुसमा ९० अर्ब पुर्याएको छ । बैंकको सिडी रेसियो भने ७७.७७ प्रतिशत रहेको छ । बैंकले ५ …
पुरा पढ्नुहॊस »ओम डेभलपमेन्ट बैंकको खुद नाफामा ५९ प्रतिशत वृद्धि
काठमाडौं । ओम डेभलपमेन्ट बैंक लिमिटेडको चालू आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासमा खुद नाफा ५९ दशमलव ८५ प्रतिशत बढेको छ । गत आवको दोस्रो त्रैमासमा रू. १५ करोड ३ लाख १२ हजार खुद नाफा कमाएको बैंकले चालू आवको सोही समयमा रू. २४ करोड २ लाख ७४ हजार खुद नाफा कमाएको छ । बैंकको संचालन नाफा ६८ प्रतिशत र खुद ब्याज आम्दानी ६१ प्रतिशत बढेकाले खुद नाफा बढेको हो । …
पुरा पढ्नुहॊस »लक्ष्मी बैंकको लाभांश सुरक्षित गर्ने आइतवार अन्तिम दिन
काठमाडौं। लक्ष्मी बैंक लिमिटेडले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आइतवार (माघ १३) अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजनका लागि बैंकले माघ १४ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । माघ १३ गतेसम्म बैंकको शेयर किन्ने वा शेयर स्वामित्व कायम शेयरधनीहरू सभामा सहभागी भई लाभांशको हकदार हुन सक्छन् । बैंकले लाभांश सहित विविध प्रस्तावहरू पारितका लागि १८औं वार्षिक साधारण सभा माघ २८ गते आयोजना गर्दैछ । सो …
पुरा पढ्नुहॊस »सिभिल बैंक लिमिटेड र जनरल इन्स्योरेन्सबीच सम्झौता
काठमाडौं । सिभिल बैंक लिमिटेडले वीमा सेवालाई विस्तार गर्ने उद्देश्यले जनरल इन्स्योरेन्स कम्पनी नेपालसँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र जनरल इन्स्योरेन्सका तर्फबाट महाप्रबन्धक एस.के. टामोटले हस्ताक्षर गरेका छन् । अब जनरल इन्स्योरेन्सका वीमा सेवालाई विना झन्झट सिभिल बैंकका ७१ शाखाहरु मार्पmत उपलब्ध गरी ग्राहक बर्गलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए । सिभिल बैंकले …
पुरा पढ्नुहॊस »एनआईसी एशिया बैंकद्वारा विद्यालयलाई कम्प्यूटर हस्तान्तरण
काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विद्यालयलाई कम्प्यूटर हस्तान्तरण गरेको छ । बैंकको वित्तीय सहयोगमा काठमाण्डौ जिल्ला, शंखरापुर नगरपालिका वडा नं. ६ साँखुमा अवस्थित श्री भाग्योदय मावीलाई केहि थान कम्प्यूटर हस्तान्तरण गरेको हो । बैंकका प्रमुख जन सम्र्पक अधिकृत अर्जुन राज खनियाले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मधु केसी र प्रधानाध्यापक रुसण बसीलाई सयुक्त रुपमा उक्त कम्प्यूटरहरु हस्तान्तरण गरे । कार्यक्रममा प्रतिनिधी सभा राज्य …
पुरा पढ्नुहॊस »कामना सेवा विकास बैंकको नाफामा सामान्य बृद्धि
काठमाडाैँ । कामना सेवा विकास बैंकले दोस्रो त्रैमासमा खुद मुनाफा १३ करोड ८२ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत वर्षको सोहि अवधिको तुलनामा मुनाफा १.६२ प्रतिशतले वृद्धि गरेको हो । गत वर्षको सोही अवधिमा नाफा १३ करोड ६० लाख रुपैयाँ कमाएको थियो । २ अर्ब ५० करोड २६ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा १ अर्ब ५ करोड ३२ लाख रुपैयाँ छुटाएको छ । बैंकले निक्षेपमा १७ …
पुरा पढ्नुहॊस »