ग्लोबल आइएमई बैंक १३ औं वर्षमा प्रवेश

काठमाडौं । ग्लोबल आइएमई बैंकले १३ औं वर्षमा प्रवेश गरेको छ । १२ औं वर्षिकोत्सवमा “बचत गरौँ” भन्ने मूल नाराका साथ प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । राजधानीमा वित्तीय साक्षरता जगाउने उद्धेश्यले प्रभातफेरी कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, संचालक समिति प्रमुख कार्यकारी अधिकृत लगायत उपत्यकामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रभातफेरी कार्यक्रम बैंकको कान्तिपथ शाखादेखि सुरु भएर दरबारमार्ग, घण्टाघर, रत्नपार्क, शहिदगेट, न्यूरोडगेट, वीर हस्पिटल,जमल हँुदै पुनः कान्तिपथ शाखामा नै आएर समापन गरिएको थियो । उपत्यकामा मात्र नभई विराटनगर, लाहान, नारायणघाट, बुटवल, पोखरा, नेपालगञ्ज लगायतका स्थानमा पनि प्रभातफेरि कार्यक्रमको आयोजना गरेका थिए ।


देशभरि हालसम्म १३३ शाखा, १४२ एटिएम, ३ वटा देशमा सम्र्पक कार्यालय, ७ वटा एक्टेन्सन काउण्टर, ११७ शाखा रहित बैंकिङ्ग सेवारहेको ग्लोबल आइएमई बैंकले ९ लाख ५० हजार भन्दा बढि ग्राहकलाई सेवा दिँदै आइरहेको छ ।

स्थापनाको एकदशकको अवधिमा ग्लोबल आइएमई बैंकले बैंक अफ द इएरअर्वाड, बेष्ट इन्टरनेट बैंकिङ्ग अर्वाड, र बेष्ट इम्प्लोयर अवार्ड लगायतबाट समेत सम्मानित भईसकेको छ । त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन, अष्ट्रेलिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स भिर्याउदै देशको अर्थ व्यवस्थापनमा सहयोग पुराउँदै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ज्योति विकास बैंकद्वारा १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान

काठमाडौँ । ज्योति विकास बैंकले लामो समयसम्म सेवारत कर्मचारीहरूलाई अनुकरणीय सेवा, समर्पण र योगदानका लागि …

प्रतिकृया दिनुहॊस