बैंकिङ्ग

सिद्धार्थ इन्स्योरेन्सद्वारा तीन नयाँ बीमा सेवा थप

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले तीन नयाँ बीमा सेवाहरु थप गरेको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाईं तथा सिद्धार्थ इन्स्योरेन्सका अध्यक्ष रतन लाल केडियाद्वारा संयुक्त रुपमा यी बीमा सेवाहरुको शुभारम्भ भयो । सिद्धार्थ आदर्श नारी दुर्घटना बीमा महिलाहरुको आर्थिक सुरक्षालाई मध्यनजर गरेर ल्याइएको महिला मैत्री बीमालेख हो । बीमालेखले बीमितको साथै नीजको पतिको समेत दुर्घटना बीमा जोखिम बहन गरेको  छ । यसको साथसाथै  बीमित अस्पताल भर्ना भएको उपचार खर्च समेत …

पुरा पढ्नुहॊस »

जनता बैंकले सर्वोत्कृष्ट भलिबल टिमलाई पुरस्कार प्रायोजन गर्ने

काठमाडौं । जनता बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माबीच पुरस्कार प्रायोजन सम्बन्धि एक संझौतामा हस्ताक्षर भएको छ । जनता बैंकले सर्वोत्कृष्ट भलिबल टिमलाई पुरस्कार प्रायोजन गर्ने भएको हो । संझौता अनुसार नेपाल भलिबल संघल एन.भी.ए. अवार्ड सेरेमोनी मा प्रदान गर्ने बर्षको सर्वोत्कृष्ट टिम पुरुष र महिलाको लागि नगद पुरस्कार २ लाख (प्रति टिम १ लाख) जनता बैंकले प्रायोजन गर्नेछ । साथै …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकको भिजा डेबिट/क्रेडिट कार्ड प्रयोगमा नगद फिर्ता योजना

काठमाडौं । सिटिजन्स बैंकले क्यास ब्याक (नगदफिर्ता) योजना ल्याएको छ । यस योजना अन्तर्गत बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपाल भित्रको कुनै पनि पिओएस  वा अनलाइन कारोवारमा प्रत्येक कारोवार रकमको १० प्रतिशत नगद फिर्ता प्राप्त गर्न सकिनेछ । नगद फिर्ताको सीमा प्रति  दिन ५ सय र प्रति महिना रु ३ हजारसम्म रहनेछ । यो योजना सिमित अवधीको लागी लागु हुने बैंकले जनाएको छ । बैंकले आफ्नो ग्राहक वर्गहरुलाई …

पुरा पढ्नुहॊस »

सेञ्चुरी बैंकद्धारा नेपाल क्यान्सर हस्पिटललाई सहयोग

काठमाडौं । सेञ्चुरी बैंकले नेपाल क्यान्सर हस्पिटललाई सहयोग प्रदान गरेको छ । नेपाल क्यान्सर सर्पोट ग्रुप  र नेपाल क्यान्सर हस्पिटल एण्ड रिर्सच सेन्टरद्धारा आयोजित क्यान्सर सम्बन्धि कार्यक्रममा बैंकले रु ५० हजार आर्थिक सहयोग गरेको हो  ।उक्त कार्यक्रमका प्रमुख अतिथि मदन कृष्ण श्रेष्ठ र हरिवंश आर्चायलाई बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले नेपाल क्यान्सर सर्पोट  ग्रुपको नाममा चेक हस्तान्तरण गरेको थियो ।

पुरा पढ्नुहॊस »

लक्ष्मी बैंक र नेपाल एग्री बिजिनेशबीच सम्झौता

काठमाडौं । लक्ष्मी बैंक र नेपाल एग्री बिजिनेश इन्नोभेसनबीच  सम्झौता भएको छ । उक्त  सम्झौतामा  बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तथा नेपाल एग्री बिजिनेश इन्नोभेसन सेन्टरका प्रतिनिधीबीच  हस्ताक्षर गरिएको थियो । उक्त सम्झौता अनुसार   बैंकिङ च्यानेल मार्फत् एग्रि–स्टार्ट अपहरु तथा एग्रि–एसएमइहरुका लागि वित्तीय सहयोग प्रदान गरिने छ । बैंकिङ च्यानल मार्फत् एग्रि–स्टार्ट अपहरु तथा एग्रि–एसएमइहरुका लागि वित्तीय सहयोग प्रदान गर्ने भएको छ ।    

पुरा पढ्नुहॊस »

नेपाल बङ्गलादेश बैंक र प्रभु मनि ट्रान्सफरबीच सम्झौता

काठमाडौं । नेपाल बंगलादेश बैंक लिमिटेड कमलादी काठमाण्डौ र प्रभु मनि ट्रान्सफरबीच विप्रेषण सेवा सम्झौतामा भएको छ । उक्त सम्झौतामा नेपाल बंगलादेश बैंकको तर्फबाट प्रमुख व्यवसायीक अधिकृत सलोनिका सिंह र प्रभु मनि ट्रान्सफरको तर्फबाट नायव महा प्रबन्धक रामेश्वर सापकोटाले सम्झौता पत्रमा हस्तक्षर गरे। सम्झौता अनुसार प्रभु मनि ट्रान्सफर मार्फत नेपालीले विदेशबाट पठाएको रकम नेपाल बंगलादेश बैंकको शाखाहरु मार्फत भुक्तानी गर्नुको साथै प्रभु मनि ट्रान्सफर मार्फत आन्तरिक विप्रेषण कार्य गर्न सक्ने भएको …

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंक र सुर्या लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक र सुर्या लाईफ इन्स्योरेन्स कम्पनीबीच बैंकान्स्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट  कामु प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र सुर्या लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार अब बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६३ वटै शाखाहरुबाट सहज रुपमा सुर्या लाईफ इन्स्योरेन्सको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । बैंकले देशका विभिन्न भागहरुमा ६३ वटा शाखा …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंक र इक्यानबीच सम्झौता, तीन दिनभित्रै शैक्षिक कर्जा दिने

काठमाडौं। ग्लोबल आइएमई बैंक र इक्यानबीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा संघका अध्यक्ष विष्णुहरि पाण्डे र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत महेश शर्माले हस्ताक्षर गरे।सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले नेपाल शैक्षिक परामर्श संघसंग आबद्ध कन्सल्टेन्सिहरुको सिफारिसमा विदेशमा उच्चशिक्षा अध्ययनका लागि विद्मार्थीहरुलाई सरल र सुलभ तरिकाले बढीमा ३ कार्य दिन भित्र बैंकले शैक्षिक कर्जा  दिनेछ।   ग्लोबल आइएमई बैंकको हालसम्म १३३ शाखा, १४२ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १५ राजश्व संकलन काउण्टर, ११७ शाखा …

पुरा पढ्नुहॊस »

एनआईसी एशियाले ६ महिनामै कमायो एक अर्ब ५१ करोड रुपैयाँ

काठमाडौं। एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको ६ महिनामा १६४ प्रतिशतले नाफा बढाएको छ। बैंकले ६ महिनाको अवधिमा एक अर्ब ५१ करोड रुपैयाँ नाफा गरेको छ। बैंकले ६ महिनाको अवधिमा निक्षेप संकलन ४६ प्रतिशतले बढाएको छ भने कर्जा लगानी ४८ प्रतिशतले बढेको छ। बैंकले पुस सम्ममा एक खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब ४९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको हो। बैंकको खुद व्याज आम्दानी १३३ प्रतिशतले बढेको …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंक, टाइम्स रेमिट र एएमभी टेल कम्पनीबीच मोबाइल वालेट सेवा सम्बन्धी सम्झौता

काठमाडौँ । माछापुच्छ्रे बैंक, टाइम्स रेमिट र एएमभी टेल कम्पनी बीच बैंकका ग्राहकहरुका साथै सर्वसाधारणका लागी सुविधा स्वरुप रेमिटएप मोबाइल वालेट सेवा सम्बन्धी त्रि-पक्षीय सम्झौता भएको छ । उक्त  सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा टाइम्स रेमिट र एएमभी टेलको तर्फबाट क्रमशः प्रबन्ध निर्देशक अनिल स्थापित र प्रबन्ध निर्देशक अनिल शर्माले हस्ताक्षर गरे । बिल भुक्तानीका अलावा ग्राहकहरुले आफ्नो बैंक खाताबाट वालेटमा तथा वालेटबाट बैंक खातामा …

पुरा पढ्नुहॊस »