काठमाडाैँ । नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंकले नवलपरासी जिल्लाको सुनवल नगरपालीका वडा नं. १२ स्थित भुमही बजारमा नयाँ शाखा गरेको छ । नयाँ शाखाको उद्घाटन सुनवल नगरपालीका प्रमुख भिम बहादुर थापा (भरत) ले गरे ।
नगर प्रमुख थापाले कार्यक्रममा बोल्दै, शाखा खोल्न सुनवल नगरपालीकाको भुमहीलाई रोजेकोमा बैंकलाई धन्यवाद दिदैं यस क्षेत्रका व्यवसायीहरुलाई सम्वृद्घिको यात्रामा बैंक सहयोगी सिद्घ होस् भन्ने शुभकामना दिए । साथै बैंकका अध्यक्षले भुमहीमा कम्युनिटीको आगमनले यस क्षेत्रका वासिन्दाहरुलाई प्रस्पिर्धात्मक बैंकिङ तथा वित्तीय सेवाको अवसर प्राप्त हुने र बैंकले कुषि, उर्जा, स्वरोगार एवं साना तथा घरेलु उद्योगहरुलाई प्राथमिकता दिने जानकारी दिंदै यसवाट फाईदा लिन सबैमा अपिल गरे ।
उक्त समुद्घाटन समारोहमा बैंकका शेयरधनी सुर्य प्रसाद दुवे, प्रमुख कार्यकारी अधिकृत राजन प्रसाद खनाल, भुमही बजार व्यवस्थापन समितिका अध्यक्ष ढुण्डीराज भट्टराई, मोतीलाल बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष नारायण तिवारी र सुनवल नगरपालिका वडां. १२ का वडा अध्यक्ष यमलाल पाण्डेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
रुपन्देही जिल्लाका देवदह–९, भलुही, सैनामैना–६, रामापुर, तिलोत्तमा–१५, मधौलिया र वुटवल–८, सुख्खानगरमा थप नयाँ शाखाहरु सिघ्र संचालनको क्रममा रहेको बैंकले जनाएको छ ।
प्रतिकृया दिनुहॊस