बैंकिङ्ग

कुमारी बैंक र स्मल वल्र्ड सर्भिस ग्रुपबीच रेमिट्यान्स सेवा सम्झौता

काठमाडौं । कुमारी बैंक र स्मल वल्र्ड सर्भिस ग्रुप युकेबीच सम्झौता भएको छ ।सम्झौताअनुसार अब  विश्वभर रहेका स्मल वल्र्ड सर्भिसका (काउन्टर र अनलाइन रेमिट्यान्स सर्भिस) मार्फत सजिलै नेपालमा पैसा पठाउन सकिनेछ र उक्त रेमिट्यान्स कुमारी बैंकका सम्पूर्ण ८९ शाखाहरु तथा कुमारी बैंकका करिव ८५०० भन्दा बढी एजेन्ट मार्फत सजिलै भुक्तानी लिन सकिनेछ ।  

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंक र सानिमा इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट कायम मुकायम प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र सानिमा ईन्स्योरेन्स कम्पनीको तर्फबाट नायब महाप्रबन्धक सुबोधलाल श्रेष्ठले  हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरुले ६३ वटै शाखाहरुबाट सहजरुपमा सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीबन बीमापोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरुलाई लाभाविन्त …

पुरा पढ्नुहॊस »

प्राइम कमर्सियल बैंकको नयाँ शाखा बझाङको खप्तडछान्ना गाँउपालिकामा

काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले बझाङको खप्तडछान्ना गाँउपालिकामा नयाँ शाखाको सुरुवात गरेको छ । आइतबारबाट सञ्चालनमा आएको उक्त शाखाको खप्तडछान्ना गाँउपालिका अध्यक्ष वर्क बहादुर रोकायाले उद्घाटन गरे । यस शाखाको संचालन पछि बैंकको शाखा कार्यालय संख्या ७३ पुगेको छ । बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल विस्तार गर्ने जनाएको छ ।

पुरा पढ्नुहॊस »

सिन्धु विकास बैंकको अध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ चयन

काठमाडौँ । सिन्धु विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ चयन भएका छन् । पुस २८ गते सम्पन्न नवौँ वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनी श्रेष्ठ सहित निभा डंगोल श्रेष्ठ र कर्मचारी सञ्चय कोष सञ्चालक समिति सदस्य निर्वाचित भएको थियो । साथै, पुस २९ गते ज्येष्ठ सञ्चालक राजेन्द्रप्रसाद पोखरेलको संयोजकत्वमा बसेको बैठकले राजेन्द्रकुमार श्रेष्ठलाई अध्यक्षमा चयन गरेको कम्पनी सचिव पुष्कर जिसीले जनाएका छन् ।

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंक मर्चेन्ट बैंकिङ्ग सेवाको विकासमा लाग्ने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सहायक कम्पनी आरवीवी मर्चेन्ट बैंकिङ्ग लिमिटेडले तेस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सञ्चालक समितिका अध्यक्ष किरण कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभाले आ.व. २०७४/०७५ को वार्षिक प्रतिवेदन सहित विविध प्रस्ताबहरु पारित गरेको छ । यस मर्चेन्ट बैंकिङ्गका प्रमुख कार्यकारी अधिकृत डा. रमेशकुमार भण्डारीले सरकारी निकायबाट सञ्चालित संस्थाले मर्चेन्ट बैंकिङ्ग व्यवसायमा सर्वसाधारणको सहज पहुँचका लागि राष्ट्रिय वाणिज्य बैंकका देश भरी छरिएर रहेका शाखाहरूबाट …

पुरा पढ्नुहॊस »

मेगा बैंकको ७.८५ प्रतिशत लाभांश पारित

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको प्रस्तावित ७.८५ प्रतिशत लाभांश पारित भएको छ । बैंकको आठौँ वार्षिक साधारणसभाले समितिको प्रस्तावलाई पारित गरेसँगै सेयरधनीले सो मात्राको नगद लाभांश पाउने भएका हुन् । सभाले पारित गरेबमोजिम  लगानीकर्ताले चुक्ता पुँजीको एक प्रतिशत बोनस सेयर र ६.८५ प्रतिशत नगद लाभांश पाउने भएका छन् । लगानीकर्ताले उक्त लाभांश आगामी माघको पहिलो साताभित्रै पाउने बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) अनुपमा खुन्जेलीले जानकारी दिएकी छिन् । हाल कम्पनीको चुक्ता पुँजी …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकको नयाँ शाखा जाजरकोटको डल्लीमा

काठमाडौं ।  एन आई सी एशिया बैंकको नयाँ शाखा कार्यालय जाजरकोटको नलगाड नगरपालिका डल्लीमा संचालनमा आएको छ । शाखाको नलगाड नगरपालिकाका नगर प्रमुख टेक बहादुर रावलले उद्घाटन गरे । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।

पुरा पढ्नुहॊस »

प्रभु बैंकद्वारा मास्टरकार्ड संचालनमा

काठमाडौं । प्रभु बैंकले अंग्रेजी नयाँ वर्ष २०१९ को अवसर पारेर आफ्ना ग्राहकहरुको लागि पिवीएल मास्टरकार्ड सञ्चालनमा ल्याएको छ । डिजिटल पेमेन्ट क्षेत्रमा ख्यातिप्राप्त अन्तर्राष्ट्रियस्तरको कार्ड कम्पनी मास्टरकार्ड र नेपालस्थित प्रभु बैंकको साझेदारीमा ईएमभी चिप वेस्ड पिवीएल मास्टरकार्ड सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । प्रभु बैंकका सञ्चालक समितिका अध्यक्ष देवि प्रकाश भट्टचनको अध्यक्षतामा मास्टरकार्डको सुभारम्भ भएको थियो । उक्त समारोहमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बैंकले मास्टरकार्डसँगको साझेदारीमा …

पुरा पढ्नुहॊस »

सहुलियत कर्जा लिन राष्ट्रिय वाणिज्य बैंकले गर्‍यो आह्वान

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंकले प्रमाणपत्र धितोमा शैक्षिक कर्जा लगायतका अन्य ६ प्रकारका सहुलियतपूर्ण कर्जा लिन सर्वसाधारणलाई आह्वान गरेको छ । सहुलियतपूर्ण कर्जा प्रक्रियाका लागि बैंकहरूले विभिन्न कागजपत्र र कार्य अनुभव खोजिरहेका बेला सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक(आरबीबी)ले कर्जा लिन बोलाएको हो । सरकारले बजेट वक्तव्यमार्फत् घोषणा गरेको सुहुलियतपूर्ण कर्जा कार्यक्रमको सेवा लिन बैंकले आफूलाई पायक पर्ने शाखाहरुमा सम्पर्क गर्न अनुरोध गरेको छ ।आर्थिक ऐनको उक्त व्यवस्थाअनुरुप अर्थ मन्त्रालयले गत भदौ महिनामै …

पुरा पढ्नुहॊस »

जीवन र निर्जीवन बिमा गर्दा हुने फाइदा

पछिल्लो समय बिमा गर्नुपर्छ भन्ने भावनाको विकास भएको छ । खासगरी २०७२ सालको बैशाखमा आएको भूकम्पले मानविय तथा भौतिक क्षति पुर्याएपछि बिमा गर्ने बढेका हुन् । एक डेढ वर्ष अघि कुल जनसंख्याको ७ प्रतिशतले मात्र बिमा गर्ने गरेकोमा अहिले त्यो संख्या बढेर ११ प्रतिशत पुगेको बिमा समितिको भनाइ छ । केही बर्ष पहिलासम्म र अहिले पनि केही मानिसमा बिमा गर्ने पैसा अन्य ठाउँ (जग्गा, सेयर, सुन) किन्दा बढी फाइदा हुने …

पुरा पढ्नुहॊस »