कामना सेवा विकास बैंकको नाफामा सामान्य बृद्धि

काठमाडाैँ । कामना सेवा विकास बैंकले दोस्रो त्रैमासमा खुद मुनाफा १३ करोड ८२ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत वर्षको सोहि अवधिको तुलनामा मुनाफा १.६२ प्रतिशतले वृद्धि गरेको हो । गत वर्षको सोही अवधिमा नाफा १३ करोड ६० लाख रुपैयाँ कमाएको थियो ।

२ अर्ब ५० करोड २६ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा १ अर्ब ५ करोड ३२ लाख रुपैयाँ छुटाएको छ । बैंकले निक्षेपमा १७ अर्ब २७ करोड ८५ लाख रुपैयाँ संकलन गरी कर्जामा १५ अर्ब ७४ करोड ३९ लाख रुपैयाँ लगानी गरको छ ।

खुद व्याज आम्दानीमा २२.७२ प्रतिशतले बढेर ३७ करोड ८४ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफामा १७ .५ प्रतिशतले बढेर १८ करोड ८३ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा ७ करोड ८७ लाख रुपैयाँ छुटाएको छ भने खराब कर्जा २ करोड ८८ लाख रुपैयाँ उठाएको छ ।

बैंकको निष्कृय कर्जा १.६७ प्रतिशत, जोखिम युक्त सम्पत्ति १९.२० प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक ११ रुपैंया ०५ पैसा, प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ ०९ पैसा, मूल्य आम्दानी अनुपात ११.२८ गुणा र तरलता अनुपात २५.६५ प्रतिशत रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंकका ग्राहकलाई भवानी हस्पिटल एन्ड रिसर्च सेन्टरमा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पर्साको वीरगंजस्थित भवानी हस्पिटल एन्ड रिसर्च सेन्टरबीच बैंकका …

प्रतिकृया दिनुहॊस