लक्ष्मी बैंकको लाभांश सुरक्षित गर्ने आइतवार अन्तिम दिन

काठमाडौं। लक्ष्मी बैंक लिमिटेडले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आइतवार (माघ १३) अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजनका लागि बैंकले माघ १४ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । माघ १३ गतेसम्म बैंकको शेयर किन्ने वा शेयर स्वामित्व कायम शेयरधनीहरू सभामा सहभागी भई लाभांशको हकदार हुन सक्छन् ।

बैंकले लाभांश सहित विविध प्रस्तावहरू पारितका लागि १८औं वार्षिक साधारण सभा माघ २८ गते आयोजना गर्दैछ । सो सभा दिउँसो २ बजे अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा आयोजना हुनेछ । बैंकले सो सभामा ८ दशमलव ५० प्रतिशत बोनस शेयर र शून्य दशमलव ४५ प्रतिशत नगद लाभांश वितरण गर्ने लगायतका प्रस्तावहरू लैजाँदैछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ बैंकका ग्राहकहरूलाई गोल्ड जिममा ५० प्रतिशतसम्मको छुट

काठमाडौँ । सिद्धार्थ बैंक र गोल्ड जिम फिट्नेस इन्स्टिच्युट प्रा. लि. बिच बैंकका ग्राहकलाई विभिन्न …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds