बैंकिङ्ग

सनराइजको नाफा बढेर ७२ करोड पुग्यो

काठमाडौं । सनराइज बैंकको नाफा २४ प्रतिशतले वृद्धि भएको छ । बैंकले गत आर्थिक बर्षको पुस मसान्तको तुलनामा चालु आवको पुस मसान्तमा आफ्नो नाफा २४.१३ प्रतिशतले वृद्धि गरेर ७२ करोड पुर्याएको हो । गत आवको पुस मसान्तमा सनराइजको नाफा ५८ करोड रुपैंयाँ मात्रै थियो । बैंकले पछिल्लो ३ महिनामा आफ्नो नाफा २७ करोडबाट ४५ करोडले बढाएर ७२ करोड पुर्याएको हो । बैंकले पुस समान्त अवधीमा १ अर्ब ७६ करोड ब्याज …

पुरा पढ्नुहॊस »

चितवनको खैरहनीमा मेगा बैंकको शाखारहित बैंकिङ सेवा

चितवन । मेगा बैँक नेपाल लिमिटेडले चितवनको खैरहनीमा शाखारहित बैँकिङ्ग सेवा संचालनमा ल्याएको छ । खैरहनी नगरपालिका वडा नम्बर १२ को कुम्रोजमा शाखारहित बैँकिङ्ग सेवा सञ्चालनमा ल्याएको मेगा बैंकले जनाएको छ । खैरहनी नगरपालिका वडा नम्बर १२ का अध्यक्ष टिकाराम तिमिल्सिना र मेगा बैंक टाँडीका शाखा प्रबन्धक भीम पोखरेलले संयुक्त रुपमा सेवाको शुभारम्भ गरे । वडाध्यक्ष तिमिल्सिनाले खैरहनीका बासिन्दाहरुले मेगा बैकसँग वित्तीय कारोबार गरी आफ्नो आर्थिक अवस्था सुधार गर्ने अपेक्षा …

पुरा पढ्नुहॊस »

नयाँबानेश्वरमा गरिमा विकास बैंकको शाखा

काठमाडौं । गरिमा विकास बैंकले काठमाडौंको नयाँबानेश्वरमा नयाँ शाखा संचालनमा  ल्याएको छ ।  नयाँबानेश्वर स्थित इन्द्रेणी कम्प्लेक्समा रहेको उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले गरेका हुन् । काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको सो बैंकको हाल उपत्यकाभित्र८ वटा शाखा सहित देशभर ६६शाखा र १५ वटा एटीएम संचालनमा रहेका छन ।

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त   सम्झौतापत्रमा बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र लुम्बिनी जनरल ईन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नुरप्रकाश प्रधानले हस्ताक्षर गरे । यस सम्झौता अन्र्तगत बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६४ वटै शाखाहरुबाट सहज रुपमा लुम्बिनी जनरल इन्स्योरेन्सको निर्जीवनबीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् ।

पुरा पढ्नुहॊस »

सानिमा बैंकको नाफा अर्ब छेउ

काठमाडौं । सानिमा बैंकको नाफा अर्ब छेउ पुगेको छ । बैंकले चालु आर्थिक बर्षको पुस मसान्त अवधीमा ९४ करोड नाफा आर्जन गरेको हो । गत आवको पुस मसान्तमा बैंकको नाफा ८० करोड थियो । सानिमाले गत पुस मसान्तको तुलनामा यसपाली १७.५० प्रतिशतले नाफा वृद्धि गरेको हो । बैंकले पछिल्लो ३ महिनामा ४८ करोड नाफा वृद्धि गरेको छ । असोज मसान्तमा ४६ करोड नाफा कमाएको बैंकले पुस मसान्तमा ९४ करोड पुर्याएको …

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंकद्धारा कुष्ठरोगका विरामीलाई सहयोग

काठमाडौं । कामना सेवा विकास बैंकले कुष्ठरोगका विरामीलाई सहयोग गरेको छ । बैंकले पोखरा हरियोखर्क स्थित कुष्ठरोग अस्पतालमा आयोजित एक कार्यक्रमका बीच उक्त अस्पतालमा रहेका कुष्ठरोगका विरामीहरुलाई ह्विलचेयर प्रदान गरेको हो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ६६ औँ विश्व कुष्ठरोग दिवसको अवसर पारेर लायन्स क्लब अफ पोखरा सेन्ट्रल टाउनसँंगको सहकार्यमा सो सहयोग गरिएको हो । पोखरा महानगरपालिका १५ का वडा अध्यक्ष प्रकाश पौडेलको प्रमुख आतिथ्यतामा र अस्पतालका डाइरेक्टर दिपक महर्जन,सुपरिटेडेन्ट …

पुरा पढ्नुहॊस »

ग्लोबल आईएमई बैंक र रिलायबल लाइफबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक र रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंन्कासोरेन्स सम्झौता भएको छ । सम्झौतासँगै बैंकका शाखाहरुमार्फत रिलायबल लाइफ जीवन बीमा योजनाहरु खरिद गर्न सकिने छ । सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र रिलायबल लाइफका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले हस्ताक्षर गरे ।

पुरा पढ्नुहॊस »

एभरेष्ट बैंकले गर्‍यो जोन्टा क्लबलाई सहयोग

काठमाडौं । एभरेष्ट बैंकले स्वच्छता कायम गर्ने उद्देश्यका साथ नवलपरासी जिल्लामा शौचालय निर्माण गर्न जोन्टा क्लबलाई चेक हस्तान्तरण गरेको छ । बैंकले अल्पसंख्यक (अण्डरप्रिभिलेज) मानिसलाई स्वच्छता प्रदान गर्न व्यवसायीक सामाजीक उत्तरदायीत्वको रुपमा विभिन्न कल्याणकारी क्रियाकलापहरु गर्दै आइरहेको छ । एक समारोहकाबीच बैंकका प्रमुख कार्यकारी निर्देशकसोमेश्वर सेठले क्लबका प्रतिनिधि सुश्री सिमा गोल्छा र समीना श्रेष्ठलाई सरकारी स्कुलमा महिला विद्यार्थीका लागि शौचालय निर्माण गर्न चेक हस्तान्तरण गरेका छन् । बैंकले यस सहयोगले …

पुरा पढ्नुहॊस »

अब सिटिजन्स बैंकका शाखाबाट जनरल इन्स्योरेन्स कम्पनीको सेवा लिन सकिने

काठमाडौं । जनरल ईन्स्योरेन्स कम्पनी नेपाल (जिआईसि नेपाल) र सिटिजन्स बैंक इन्टरनेसनल बीच बैङ्कासुरेन्स सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ । इन्स्योरेन्स कम्पनी तथा बैंकबीच एक कार्यक्रमबीच सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । बैङ्कका नि।प्रमुख कार्यकारी अधिकृत गणेश राज पोख्ररेल र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । सहमतिसंगै बैङ्कका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपालले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट …

पुरा पढ्नुहॊस »

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ११ करोडले घट्याे

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा घटेको छ । चालु आबकाे पहिलो ६ महिनामा बैंकको नाफा ११ करोडले घटेको हो । पुस मसान्तसम्ममा बैंकले १ अर्ब ७२ करोड नाफा कमाएकाे छ । बैंकले पछिल्लो ३ महिनामा निक्षेप पनि १ अर्ब  वृद्धि गरेकाे छ । असोज मसान्तमा १ खर्ब ४१ अर्ब निक्षेप संकलन गरेको थियो । पुस मसान्तमा आईपुग्दा बैंकको निक्षेप जम्मा १ अर्बले बढेर १ खर्ब ४२ अर्ब मात्रै पुगेको छ …

पुरा पढ्नुहॊस »