सहुलियत कर्जा लिन राष्ट्रिय वाणिज्य बैंकले गर्‍यो आह्वान

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंकले प्रमाणपत्र धितोमा शैक्षिक कर्जा लगायतका अन्य ६ प्रकारका सहुलियतपूर्ण कर्जा लिन सर्वसाधारणलाई आह्वान गरेको छ । सहुलियतपूर्ण कर्जा प्रक्रियाका लागि बैंकहरूले विभिन्न कागजपत्र र कार्य अनुभव खोजिरहेका बेला सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक(आरबीबी)ले कर्जा लिन बोलाएको हो । सरकारले बजेट वक्तव्यमार्फत् घोषणा गरेको सुहुलियतपूर्ण कर्जा कार्यक्रमको सेवा लिन बैंकले आफूलाई पायक पर्ने शाखाहरुमा सम्पर्क गर्न अनुरोध गरेको छ ।आर्थिक ऐनको उक्त व्यवस्थाअनुरुप अर्थ मन्त्रालयले गत भदौ महिनामै ब्याज अनुदानसहितको कर्जासम्बन्धी कार्यविधि तयार गरेको थियो । कार्यविधिमार्फत् मन्त्रालयले भुकम्पपीडितहरुको निजी आवास निर्माण कर्जाका लागि अधिकतम ३ लाख, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जाका लागि ५ लाख, शिक्षित युवा स्वरोजगार कर्जाका लागि अधिकतम ७ लाख, विदेशबाट फर्केका युवा परिचालनका कर्जाका लागि अधिकतम १० लाख, दलित समुदाय विकास कर्जाका लागि अधिकतम १० लाख, महिला उद्यमशील कर्जाका लागि १५ लाख र व्यवसायिक कृषि तथा पशुपन्छी कर्जाका लागि अधिकतम ५ करोड रुपैंयासम्मको कर्जा दिने व्यवस्था गरेके थियो । मन्त्रालयको कार्यविधिअन्तर्गत कर्जा दिन बैंकहरु उदासिन देखिएपछि एक महिनाअघि नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरुको नाममा परिपत्र जारी गरी त्यस्तो कर्जा उपलब्ध गराउन निर्देशन दिएको थियो ।

कम्तिमा स्नातक तहसम्म उत्तीर्ण गरेकाले शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ५ प्रतिशत ब्याज अनुदानमा सात लाखसम्म ऋण पाउँनेछन्। शैक्षिक प्रमाणपत्र धितो राखी ऋण लिन ४० वर्ष उमेर ननाघेको हुनुपर्नेछ । शैक्षिक योग्यता प्रमाणपत्रको सक्कली प्रति र घरेलु तथा साना उद्योग कार्यालय र समिति, सीप विकास तालिम केन्द्र, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट कम्तीमा ७ दिनको सीप विकास तालिम लिएको वा उक्त कर्जा स्वीकृत भएपछि त्यस्तो संस्थामा तालिम लिएको प्रमाण पेश गर्नुपर्छ ।

व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा १८ वर्ष उमेर पुगेका युवाले पाउँनेछन् । १० लाख रुपैयाँसम्म कर्जा लिन सामूहिक जमानी, १० लाखभन्दामाथि कर्जा लिन संस्था र एक करोडभन्दामाथि कर्जा लिन कम्पनी हुनुपर्ने व्यवस्था कार्यविधिमा छ । १० लाख रुपैयाँभन्दा बढी कर्जा लिन चाहने संस्था वा कम्पनीले कर्जाको विस्तृत परियोजना विवरण पेश गर्नुपर्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

होटल हिमालयमा प्रभु बैंकका ग्राहकले छुट पाउने

काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुलाई ललितपुरकाे कुपण्डोलमा अवस्थित होटल हिमालयमा विभिन्न सेवामा विशेष …

प्रतिकृया दिनुहॊस