प्रभु बैंकद्वारा मास्टरकार्ड संचालनमा

काठमाडौं । प्रभु बैंकले अंग्रेजी नयाँ वर्ष २०१९ को अवसर पारेर आफ्ना ग्राहकहरुको लागि पिवीएल मास्टरकार्ड सञ्चालनमा ल्याएको छ । डिजिटल पेमेन्ट क्षेत्रमा ख्यातिप्राप्त अन्तर्राष्ट्रियस्तरको कार्ड कम्पनी मास्टरकार्ड र नेपालस्थित प्रभु बैंकको साझेदारीमा ईएमभी चिप वेस्ड पिवीएल मास्टरकार्ड सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

प्रभु बैंकका सञ्चालक समितिका अध्यक्ष देवि प्रकाश भट्टचनको अध्यक्षतामा मास्टरकार्डको सुभारम्भ भएको थियो । उक्त समारोहमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बैंकले मास्टरकार्डसँगको साझेदारीमा यो कार्ड सेवा सञ्चालनमा ल्याएको तथा यस कार्डबाट प्रभु बैंकका ग्राहकहरुले सुरक्षित र सरल तरिकाबाट बैंकिङ्ग कारोबार गर्न सक्ने बताए ।

उक्त अवसरमा मास्टर कार्ड दक्षिण एशिया डिभिजन प्रमुख पोरुस सिंहले प्रभु बैंकसँगको साझेदारीमा नेपालमा  ईएमभी चिप वेस्ड पिवीएल मास्टरकार्ड सेवा विस्तार गर्न पाएकोमा खुशी व्यक्त गरे । प्रभु बैंकका सञ्चालक समितिका अध्यक्ष देवि प्रकाश भट्टचनले अन्तर्राष्ट्रिय सञ्जाल रहेको मास्टरकार्ड मुख्य एजेण्टको रुपमा रहेको प्रभु बैंकले भविष्यमा थप सहायक एजेण्टहरु नियुक्त गर्दै जाने योजना रहेको बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

होटल हिमालयमा प्रभु बैंकका ग्राहकले छुट पाउने

काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुलाई ललितपुरकाे कुपण्डोलमा अवस्थित होटल हिमालयमा विभिन्न सेवामा विशेष …

प्रतिकृया दिनुहॊस