एनआईसी एशियाले ६ महिनामै कमायो एक अर्ब ५१ करोड रुपैयाँ

काठमाडौं। एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको ६ महिनामा १६४ प्रतिशतले नाफा बढाएको छ। बैंकले ६ महिनाको अवधिमा एक अर्ब ५१ करोड रुपैयाँ नाफा गरेको छ।

बैंकले ६ महिनाको अवधिमा निक्षेप संकलन ४६ प्रतिशतले बढाएको छ भने कर्जा लगानी ४८ प्रतिशतले बढेको छ। बैंकले पुस सम्ममा एक खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब ४९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको हो।

बैंकको खुद व्याज आम्दानी १३३ प्रतिशतले बढेको छ। जसमा ब्याज आम्दानी ७४ प्रतिशतले बढेको छ भने ब्याज खर्च ५१ प्रतिशतले बढेको छ। बैंकले खुद व्याज आम्दानी तीन अर्ब ६० करोड रुपैयाँ आर्जन गरेको छ। प्रतिशेयर आम्दानी एक वर्षको अवधिमा १४ रुपैयाँबाट ३४ रुपैयाँ पुगेको छ।

बैंकको कष्ट अफ फण्ड, पूँजी कोष अनुपात र आधार व्याज दर घटेको छ।  बैंकको स्प्रेडदर भने गत वर्ष भन्दा केही बढेर ४.९८ प्रतिशत पुगेको छ। आधार व्याजदर भने १०.७४ प्रतिशतबाट ९.३३ प्रतिशतमा झरेको छ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी विकास बैङ्कद्वारा महोत्तरी आगलागी पीडितलाई राहत सामाग्री वितरण (तस्वीरहरु)

काठमाडौँ । महालक्ष्मी विकास बैङ्कले आगलागिका कारण घरबार विहीन भएका १५० घर परिवारका लागि राहत …

प्रतिकृया दिनुहॊस