बैंकिङ्ग

गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सले शुरु गर्यो कनेक्ट आइपीएस सेवा

काठमाडौँ । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.ले कनेक्ट आइपीएस सेवा शुरु गरेको छ । नेपाल क्लियरिङ हाउस लिमिटेडसँग सम्झौता गरी सेवा शुभारम्भ गरेको फाइनान्सले जनाएको छ । डेविट कार्ड, एसएमएस बैंकिङ, इन्टरनेट बैंकिङ, रेमिट्यान्स, सेफ डिपोजिट लकर, डीपी, सीएएसबीए र आईपीएस सेवा प्रदान गर्दै आएकोमा थप सेवाका रुपमा कनेक्ट आईपीएस सेवा सञ्चालन गरेको हो । फाइनान्सले मोबाइल बैंकिङ सेवा पनि शुरु गर्ने प्रक्रिया शुरु गरेको जनाएको छ ।

पुरा पढ्नुहॊस »

गरिमा विकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच सम्झौता

काठमाडौँ । गरिमा विकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सेवाप्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । सम्झौतामा  बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र  इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले सम्झौतापत्रमा हस्ताक्षर गरे । सो सम्झौता पश्चात  बैंकका ग्राहकहरुले विकास बैंकका सम्पूर्ण शाखा कार्यालयबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको बीमा पोलिसी खरिद गर्न सक्ने छन् ।  

पुरा पढ्नुहॊस »

समायोजन पछि कति भयो प्राइम कमर्सियल बैंकको मूल्य ?

काठमाडौं । प्राइम कमर्सियल बैंकको १६ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. ३ सय १८ दशमलव ९७ तोकेको छ । नेप्सेले बैंकको आधार मूल्य रू. ३ सय ६७ दशमलव ४१ लिएको हो ।

पुरा पढ्नुहॊस »

सिटी एक्सप्रेस मनी ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकबीच रेमिटेन्स सेवा शुरू भएको छ । सम्झौतापश्चात् सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट आउने सम्पूर्ण विदेशी तथा स्वदेशी रेमिट्यान्स, राष्ट्रिय वाणिज्य बैंकको सम्पूर्ण शाखाबाट सहज रूपले ग्राहकहरूले प्राप्त गर्न सक्नेछन् । यस सम्झौतामार्फत सम्पूर्ण देश तथा विदेशमा रहेका ग्राहकहरूले सहज र सुलभ तरिकाले रेमिट्यान्स कारोबार गर्न सकिने विश्वास लिइएको छ । गत जेठ ०६ गते एक कार्यक्रमका बीच राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट कोष …

पुरा पढ्नुहॊस »

कृषि विकास बैंकको बोनस शेयरधनीको हितग्राही खातामा जम्मा

काठमाडौं । कृषि विकास बैंकका शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा भएको छ । बैंकको चैत १५ गते सम्पन्न वार्षिक साधारण साभाबाट पारित ६ प्रतिशत बोनस शेयर जम्मा भएको हो । २०७५ चैत १५ गतेसम्म शेयर आभौतिकीकरण गराएका शेयरधनीको हकमा बोनस शेयर जम्मा भएको छ भने सो मिति पश्चात शेयर अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि क्रमश: बोनस शेयर जम्मा हुनेछ । साथै, हालसम्ममा पनि आफ्नो शेयर अभौतिकीकरण नगरेको शेयरधनीले शेयर …

पुरा पढ्नुहॊस »

कम्युनिटी डेभलपमेन्ट बैंक तिनाउमा मिसिने

काठमाडाैँ । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक तिनाउ मिसन डेभलपमेन्टमा मिसिने भएको छ। जसकारण कम्युनिटीको सेयर कारोबार रोक्का भएको छ।तिनाउ मिसन डेभलपमेन्टले कम्युनिटीलाई प्राप्ति गर्ने भएको हो। यसअघि तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंक मर्ज प्रक्रियामा छन्। यी तीनैको मर्ज तथा एक्वीजिसनपछि तिनाउ मिसन डेभलपमेन्ट बैंक नाम रहने भएको छ। कम्युनिटी र तिनाउको एक्वीजिसन समझदारी पत्रमा तिनाउ विकास बैंकका अध्यक्ष राजेन्द्र प्रसाद ओझा, मिसन डेभलपमेन्टका अध्यक्ष टिकाराम घिमिरे र नेपाल …

पुरा पढ्नुहॊस »

गठ्ठाघरको चारदोबाटोमा सनराइज बैंकको शाखा विस्तार

काठमाडौँ । सनराइज बैंक लिमिटेडले भक्तपुर स्थित गठ्ठाघरको चारदोबाटोमा शाखा संचालनमा ल्याएको छ । बुधबार आयोजित एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला, बैकका सञ्चालक दीपक नेपाल र बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले संयुक्त रुपमा शाखाको उद्घाटन गरे । सो कार्यक्रममा बैंकका नायव महाप्रबन्धक अपछकुमार यादव लगायत बैंकका उच्च पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

पुरा पढ्नुहॊस »

सिभिल बैंक लिमिटेड र लिडरशिप एकेडेमी नेपाल बीच सम्झौता

काठमाडौं । सिभिल बैंकले दक्ष कर्मचारी नै सबल बैंकिङ्गको आधार मानेर कर्मचारीहरुको दक्षता अभिवृद्धि गर्ने हेतुले लिडरशिप एकेडेमी नेपालसँग सहकार्य गर्ने भएको छ । “राइस युनिभर्सिटी बिजिनेस स्कूल एक्जुकेटिभ एडुकेशन” अमेरिकासँग अनुबन्धित “लिडरशिप एकेडेमी नेपाल” मानव संशाधानको वृत्ति बिकासमा केन्द्रित । तसर्थ सिभिल बैंकले आफ्ना कर्मचारीको वृत्ति बिकासको लागि यस संस्थासँग सहकार्य गर्ने सम्झौता गरेको जनाएको छ । सम्झौतापत्रमा सिभिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र लिडरशिप एकेडेमी …

पुरा पढ्नुहॊस »

सिटिजन्स म्युचुअल फण्ड–२ को सार्वजनिक निष्काशन जेठ ९ देखि, १० करोड इकाई बिक्री गर्न अनुमति

काठमाडौं । सिटिजन्स क्यापिटलले सामूहिक लगानी कोष सिटिजन्स म्युचुअल फण्ड–२ को १० लाख इकाई बिक्रीमा ल्याउने भएको छ । नेपाल धितोपत्र बोर्डबाट म्युचुअल फण्ड–२ को १० रुपैयाँ दरका १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई सर्वसाधारणलाई बिक्री गर्न अनुमति पाएको हो । फण्डले १० करोड इकाईमध्ये १ करोड ५० लाख योजना व्यवस्थापकको लागि र बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणको लागि निष्काशन गर्ने भएको छ ।फण्डले जेष्ठ ९ गते …

पुरा पढ्नुहॊस »