कृषि विकास बैंकको बोनस शेयरधनीको हितग्राही खातामा जम्मा

काठमाडौं । कृषि विकास बैंकका शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा भएको छ । बैंकको चैत १५ गते सम्पन्न वार्षिक साधारण साभाबाट पारित ६ प्रतिशत बोनस शेयर जम्मा भएको हो ।

२०७५ चैत १५ गतेसम्म शेयर आभौतिकीकरण गराएका शेयरधनीको हकमा बोनस शेयर जम्मा भएको छ भने सो मिति पश्चात शेयर अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि क्रमश: बोनस शेयर जम्मा हुनेछ । साथै, हालसम्ममा पनि आफ्नो शेयर अभौतिकीकरण नगरेको शेयरधनीले शेयर आभौतिकीरण गराए पछि मात्र बोनस शेयर हितग्राही खातामा जम्मा हुनेछ ।

बैंकले विभिन्न आर्थिक वर्षहरुमा वितरण गरेको नगद लाभांश प्राप्त नगरेका शेयरधनीले बैंकको शेयर रजिष्ट्रार एनआइविएल एस क्यापिटलमा सम्पर्क राखी हितग्राही खातामा बैंक खाता अद्यावधिक गराई नगद लाभांश लिन अनुरोध गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बैंक वित्तीय संस्थाका तर्फबाट सबैभन्दा बढी कर तिर्नेमा नबिल बैंक सम्मानित

काठमाडौं । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९/८० मा बैंक, वित्तीय र बिमा संस्थाअन्तर्गत सबैभन्दा …

प्रतिकृया दिनुहॊस