सिटी एक्सप्रेस मनी ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकबीच रेमिटेन्स सेवा शुरू भएको छ । सम्झौतापश्चात् सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट आउने सम्पूर्ण विदेशी तथा स्वदेशी रेमिट्यान्स, राष्ट्रिय वाणिज्य बैंकको सम्पूर्ण शाखाबाट सहज रूपले ग्राहकहरूले प्राप्त गर्न सक्नेछन् ।

यस सम्झौतामार्फत सम्पूर्ण देश तथा विदेशमा रहेका ग्राहकहरूले सहज र सुलभ तरिकाले रेमिट्यान्स कारोबार गर्न सकिने विश्वास लिइएको छ ।

गत जेठ ०६ गते एक कार्यक्रमका बीच राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट कोष (ट्रेजरी) प्रमुख सरस्वती अधिकारी र सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशकचन्द्र टन्डनले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् । सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमाआफ्नो छुट्टै पहिचान बनाउँदै विगत १२ वर्षदेखि विश्वभर आफ्नो रेमिट एजेन्ट्हरूबाट ७ हजारभन्दा बढी नेपालको एजेन्ट्हरू मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री