बैंकिङ्ग

नेपाल इन्भेष्टमेण्ट बैंकको शाखा सुनसरीको देवानगञ्जमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले सुनसरीको देवानगञ्ज गाँउपालिकामा आफनो  शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन  देवानगञ्ज गाँउपालिकाकी उपाध्यक्ष पुनितादेवी यादवले गरिन् ।  समारोहमा इन्भेष्टमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे लगायत बैंकका कर्मचारी तथा स्थानीय महानुभावहरुको उल्लेख्य सहभागिता रहेको थियो । देवानगञ्ज गाँउपालिका वडा नं. २ देवानगञ्ज बजारमा खोलिएको यो शाखाले स्थानीय ५० हजार जनतालाई वित्तिय सुविधा प्रदान गर्ने लक्ष्य राखिएको छ ।  

पुरा पढ्नुहॊस »

सेञ्चुरी बैंकको नाफा घट्यो

काठमाडौं । सेञ्चुरी बैंकको नाफा घटेको छ । अघिल्लो आ. व.को ९ महिनामा कमाएको ६७ करोड १५ लाख रुपैंया नाफाको तुलनामा बैंकको नाफा करिब ९ प्रतिशतले घटेर ६१ करोड ६ लाख रुपैंयामा सीमित भएको हो । कर्जाको आकारमा १०/१० अर्बको सुधार र खुद ब्याज आम्दानीमा उल्लेख्य सुधारका बाबजुद सञ्चालन तथा कर्मचारी खर्चमा वृद्धि हुँदा बैंकको नाफा घट्न पुगेको हो ।  

पुरा पढ्नुहॊस »

सिभिल बैंकको नाफा बढ्यो

काठमाडौं । सिभिल बैंकले चालु आ. व.को पहिलो ९ महिनामा ४९ करोड ३८ लाख रुपैंया खुद नाफा कमाएको छ । बैंकले उक्त अवधिमा नाफाको आकारमा ४७.२० प्रतिशत वृद्धि गर्न सफल भएको हो । अघिल्लो वर्ष ९ महिनामा बैंकको नाफा ३३ करोड ५५ लाख रुपैंयामा सीमित थियो । बैंकको खुद ब्याज आम्दानीमा अपेक्षित सुधार हुँदा बैंकको नाफामा त्यस्तो सुधार देखिएको हो । बैंकको एनपीएल ३.९६ प्रतिशत, कस्ट अफ फण्ड ८.४० प्रतिशत, …

पुरा पढ्नुहॊस »

एन आइसी एशिया बैंकको नाफा १४५ प्रतिशतले बढ्यो

काठमाडाैँ । एनआइसी एशिया बैंकले चालु् आर्थिक वर्षको तेस्रो त्रैमासिकमा १४५.४१ प्रतिशत खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको यही अवधीमा बैंकको खुद नाफा ९२ करोड ७६ लाख रुपैयाँ रहेको थियो। ९ महिनाको अवधीमा बैंकले खुद नाफा २ अर्व २७ करोड रुपैैयाँ पुर्याएको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा बैंकको निक्षेप रकम १०.४२ प्रतिशत, कर्जा २२.२४ प्रतिशत, कुल ब्याज आम्दानी १००.५ प्रतिशतले बृद्धि भएको छ। बैंकको चुक्ता पुँजी ८ …

पुरा पढ्नुहॊस »

सनराइज बैंकबाट रिलायबल नेपाल लाईफको बीमा सेवा पाइने

काठमाडौं । सनराइज बैंक लिमिटेड र रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । बैंकास्योरेन्स सम्झौता अनुसार सनराइज बैंकले देशभर रहेका १०५ वटै शाखाहरुबाट रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा योजनाहरु बिक्री गर्न सक्नेछ । सनराइज बैंक लिमिटेडको प्रधान कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले बैंकास्योरेन्ससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकको शाखा बाँकेको खजुरामा

काठमाडौँ । सिद्धार्थ बैंकले आइतबार बाँकेको खजुरामा शाखा बिस्तार गरेको छ । बैंकको खजुरा शाखाको उद्घाटन खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले गरेका हुन् । बैंकले देशभर १५३ वटा शाखा (४ एक्सटेन्सन काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६५ एटीएम र १,३०० भन्दा बढी पीओएस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

पुरा पढ्नुहॊस »

ग्रीन डेभलपमेन्ट बैंङ्कको शाखा बाग्लुङ्ग बसपार्कमा

काठमाडौँ । ग्रीन डेभलपमेन्ट बैंङ्कले पोखरा महानगरपालिका २, बाग्लुङ्ग बसपार्कमा शाखा खोलेको छ । पोखरा महानगरपालिका वडा नं २ का अध्यक्ष रामेश्वर मल्ल, बैंङ्कका अध्यक्ष गणेशकुमार श्रेष्ठ र बैंङ्कका शेयरधनी दिपशंकर श्रेष्ठले संयुक्त रुपमा शाखा उद्घाटन गरेका हुन् । सो अवसरमा वडा अध्यक्ष मल्लले वडाका विभिन्न आर्थिक गतिविधिहरुमा बैंङ्कसँग सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । बैंङ्कका अध्यक्ष गणेशकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बैंङ्कका प्रमुख कार्यकारी अधिकृत उमेशकुमार …

पुरा पढ्नुहॊस »

सुनसरीको देवानगञ्जमा नेपाल इन्भेष्टमेण्टको शाखा बिस्तार

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले सुनसरीको देवानगञ्ज गाउँ पालिकामा ८०औं शाखाविस्तार गरेको छ । देवानगञ्ज गाँउपालिका वडा नं. २ मा शाखाले स्थानीय ५० हजार जनतालाई वित्तीय सुविधा प्रदान गर्ने जनाइएको छ । केही समयपछि एटिएम सेवापनि संचालन गर्ने बैंकले जनाएको छ । शाखाको गाउँ पालिकाकी उपाध्यक्ष पुनितादेवी यादवले उद्घाटन गरिन् । उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे लगायत बैंकका कर्मचारी तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।

पुरा पढ्नुहॊस »

एभरेष्ट बैंकको होम लोनः मासिक किस्ता ९हजार मात्र

काठमाडौं । एभरेष्ट बैंकले मध्यम वर्गीय तथा निम्न वर्गीय परिवारलाई लक्षित गर्दै होम लोन स्कीम सार्वजनिक गरेको छ । एभरेष्ट बैंकले ‘घरभाडा भन्दा बैंकको किस्ता सस्तो भएपछि अब भाडा होइन आफ्नौ घरको किस्ता बुझाउ’ भन्ने नारा सहित न्यूनतम सरल मासिक किस्ता ९ हजार ५ सय ९९ को होम लोन ल्याएको  छ । यस अभियानमा ग्राहकहरुले सर्भिस चार्जमा २५ प्रतिशत विशेष छुट तथा २५ वर्षसम्मका लागि लोन पाउनेछन् । बैंकले सम्पूर्ण …

पुरा पढ्नुहॊस »

सानिमा बैंकद्वारा सरसफाई कार्यक्रम सम्पन्न

काठमाडाैँ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सानिमा बैंक, सशस्त्रप्रहरी गण नं १, नक्साल, महानगरीय प्रहरी वृत्त कमलपोखरी, सामुदायिक सेवा केन्द्र तथा सामुदायिकप्रहरी सेवा, नक्सालद्वारा संयुक्त रुपमा नक्साल, नारायणचौर स्थित नन्दिकेश्वर बगैंचा सरसफाई गरिएको छ। करिब १९ रोपनी क्षेत्रफल रहेको यस पार्क नक्साल लगायत वरिपरिका स्थानीय बासिन्दाहरुको बिहानी तथा साझपख ब्यायाम गर्ने, विश्राम गर्ने, बालबालिकाको लागि बिभिन्न मनोरञ्जक खेल खेल्ने, साथीभाई भेटघाट गर्ने स्थानको रुपमा प्रसिद्घ रहेको छ । सामुदायिक सेवा केन्द्रका …

पुरा पढ्नुहॊस »