मुक्तिनाथ विकास बैंकको एकै साथ तीन नयाँ शाखा

काठमाडौं । मुक्तिनाथ विकास बैंकले एकै साथ कास्कीमा  तीन नयाँ शाखा विस्तार गरेको छ ।बैंकले  कास्की जिल्लाको अमरसिङ्ग, जिरो कि.मी, लामाचौर गरी आफ्ना  तीन नयाँ शाखा विस्तार गरेको हो ।

 

अमरसिङ्ग शाखाको उद्घाटन प्रदेश नं ४ का प्रदेश सभा सांसद मनबहादुर गुरुङ्गले गरेका हुन् । त्यसैगरी, जिरो कि.मी शाखाको उद्घाटन आर्थिक योजना तथा मामिला मन्त्री किरण गुरुङ्गले गरेका थिए ।

शाखा कार्यालय उद्घाटन गर्दै प्रमुख अतिथि गुरुङ्गले बैंकले स–साना उद्यम गर्ने व्यवसायीका साथै ठूला ठूला उद्योगपतिहरुलाई पनि सहज र सरल सेवा प्रदान गर्दै अगाडि बढ्नु पर्ने बताउँदै यस क्षेत्रका जनतालाई सरल, सुलभ र ग्राहकमुखी सेवा प्रदान गर्नुपर्नेमा जोड दिए ।

 

 

 

लामाचौर शाखाको उद्घाटन पोखरा महानगरपालिका वडा नं १६का अध्यक्ष जीवन आचार्य तथा पोखरा महानगरपालिका वडा नं १९ शोभा मोहन पौडेलले संयुक्त रुपमा गरेका थिए ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ …

प्रतिकृया दिनुहॊस