रश्मी

महालक्ष्मी विकास बैँकको शाखा सञ्जाल विस्तार

काठमाडौँ ।  महालक्ष्मी विकास बैंकले बैकिङ्ग सेवाको पहुँच देशभर पु¥याउने उद्देश्य बमोजिम शाखा सञ्जाल विस्तार गर्दै आइरहेको छ । यसै क्रममा बैंकले काठमाडौँ महानगरपालिका वार्ड नं ३० स्थित मैतीदेवीमा नयाँ शाखा स्थापना गरी कारोबार सञ्चालनमा ल्याएको छ । मैतीदेवी शाखाको स्थापना भए पश्चात् बैंकको कुल शाखा संख्या ९० पुगेको छ । यस बैंकले शाखा कार्यालय सञ्चालनमा ल्याएका क्षेत्रहरुका व्यावसायिक कारोबार अन्र्तगतका कृषि, उर्जा, पर्यटन, लघु उद्यम क्षेत्रमा कर्जा प्रवाह गरी …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंक र सिटिजन लाइफइन्स्योरेन्सबीच ‘बैंकास्योरेन्स’ सेवा सम्बन्धी सम्झौता

काठमाडौँ । माछापुच्छ्रे बैंक र सिटिजन लाइफइन्स्योरेन्सबीच ‘बैंकास्योरेन्स’ सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा  बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र  इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले हस्ताक्षर गरे । यस सम्झौता अन्र्तगत  ग्राहकहरुले माछापुच्छ्रे बैंकका सम्पूर्ण शाखाहरुबाट सिटिजन लाइफइन्स्योरेन्सको जीवन बीमालेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी गर्न लगायत सम्पूर्ण जीवनबीमा सेवाहरु प्राप्त गर्न सक्ने छन् ।

पुरा पढ्नुहॊस »

मकवानपुरमा जन्तीबस दुर्घटना, २ जनाको मृत्यु,५ को अवस्था गम्भीर

काठमाडौँ ।  मकवानपुर गढीस्थित शिखरकटेरीमा मंगलबार दिउँसो जन्तीबस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।  भक्तपुरबाट हेटौँडा आउँदै गरेको बा४ख२२१७ नम्बरको जन्तीबस सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो । मृत्यु हुनेमा नुवाकोट जिल्लाका २१ वर्षीय विकास धमला र भक्तपुरका ३५ वर्षीय नवराज परियार छन् । दुर्घटनामा १७ जना घाइते भएका छन् । जसमध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंकको ७० औँ शाखा झापाको बिर्तामोडमा

काठमाडौँ । कामना सेवाविकास बैंकले सेवा विस्तारको क्रममा झापा जिल्ला, बिर्तामोड नगरपालिकामा ७० औं  शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ । उक्त नयाँ शाखा कार्यलयको उद्घाटन  बैंकका संचालक समिति सदस्य भिमप्रसाद तुलाचन र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका थिए । उक्त कार्यक्रममा बैंकका प्रदेश नं १ का प्रमुख सुजन राई तथा अन्य विशिष्ट व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो । सो अवसरमा प्रमुख कार्यकारी …

पुरा पढ्नुहॊस »

माछापुछ्रे बैंकको २ नयाँ शाखाको शुभारम्भ

काठमाडौं ।  माछापुछ्रेबैंकले कावासोती र टाँडी शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले नवलपुरको कावासोती नगरपालिका स्थित कावासोती शाखा कार्यालय र चितवनको रत्ननगर नगरपालिका स्थित टाँडी शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ । कावासोती शाखा कार्यालयको उद्घाटन कावासोती नगरपालिकाका उपमेयर प्रेम शंकर मर्दनियाले गरे भने टाँडी शाखा कार्यालयको उद्घाटन रत्ननगर नगरपालिकाका मेयर नारायण बनले गरे । नयाँ   शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको …

पुरा पढ्नुहॊस »

एन आई सी एशियाको नयाँ शाखा सप्तरीको फत्तेपुरमा

काठमाडौँ । एन आई सी एशिया बैंकलेआफनो नयाँ शाखा सप्तरीको सप्तकोशी नगरपालिकामा  सञ्चालन गरेको छ । सो फत्तेपुर शाखाको उद्घाटन सप्तकोशी नगरपालिकाका नगर प्रमुख उत्तमकुमार शर्माले   गरे । बैंकले मुलुकभर २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवम् २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा गर्दै आएको छ ।

पुरा पढ्नुहॊस »

क्योदाइ रेमिट्यान्सबाट आइएमईले गर्दा ५ लाखकाे दुर्घटना जीवनवीमा

काठमाडौं । सस्तो, सुलभ र बिश्वसनिय रेमिट्यान्स सेवाको लागी परिचित रेमिट्यान्स कम्पनी क्योदाइ रेमिट्यान्स आइएमईले ‘ तपाईंको कमाइ अनी परिवारको सुरक्षा सँगसँगै ’ भन्ने प्रतिबद्धताका साथ आफ्ना सेवाग्राहीका लागि दुर्घटना जीवनबीमा योजना ल्याएको छ । योजना अन्तर्गत सेवाग्राहीले जापानबाट क्योदाइ रेमिट्यान्समार्फत परिवारका सदस्य वा अन्य ब्यक्तिलाई पैसा पठाउँदा नेपालमा भुक्तानी पाउनुहुने ब्यक्तिले भुक्तानी पाएको दिन देखी रु पाँच लाखको १ बर्षे दुर्घटना जीवनबीमा हुनेछ । क्योदाइ रेमिट्यान्स् आइएमईले आफ्ना सेवाग्राहीले …

पुरा पढ्नुहॊस »

जनता बैंकको एटिएम धनगढीको निसर्ग अस्पताल परिसरमा

काठमाडौँ । जनता बैंक नेपालले  धनगढी उपमहानगरपालिका वडा नं. ५,असनपुर डिमोटीचोक स्थित निसर्ग अस्पताल परिसरबाट एटिएम सेवा गरेको छ । धनगढीउप–महानगरपालिकाका उपमेयर सुशिला मिश्र भट्ट र बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँबर क्षेत्रीले संयुक्त रुपमा एटिएम सेवा उद्घाटन गरे । त्यसक्षेत्रका ग्राहकहरुलाई नगद कारोबारमा एटिएम सेवाले सहजता प्रदान गन बैंकले विश्वास लिएको छ । यो सगै बैंकको पूर्व मेची देखी पश्चिम महाकाली सम्म ७ ओटै प्रदेशको तराई, पहाडी र हिमाली …

पुरा पढ्नुहॊस »

एनसीसी बैंक र शिखर इन्स्योरेन्सबीच बीमा सेवा सम्झौता

काठमाडौँ ।  एनसीसी बैंक र शिखर इन्स्योरेन्सबीच बीमा सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा  बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले संयुक्त रुपमा हस्ताक्षर गरे । यस सम्झौता अन्र्तगत बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरुले शिखर इन्स्योरेन्स कम्पनीले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।

पुरा पढ्नुहॊस »

मेगा बैंकका ग्राहकलाई ह्याम्स अस्पतालमा विशेष छुट

काठमाडौँ ।  मेगा बैंक नेपाल लिमिटेड र ह्याम्स अस्पतालबीच  सेवा सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा  बैंकको तर्फबाट सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र अस्पतालको तर्फबाट अध्यक्ष आर एस भण्डारीबीच मेगा बैंकको मुख्य कार्यालयमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले ह्याम्स अस्पतालमा कुल बिलको १० प्रतिशतसम्म छुट पाउनेछन् । यसैगरी, औषधी खरिद गर्दा ५ प्रतिशतसम्म छुट …

पुरा पढ्नुहॊस »