रश्मी

आइएमई जनरल इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच बैंकास्योरेन्स सेवा सम्झौता

काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स  र मुक्तिनाथ विकास बैंकबीच बैंकास्योरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र  बैंकको तर्फबाट  प्रमुख कार्यकारी अधिकृत प्रधुम्न पोखरेलले हस्ताक्षर गरे ।   सम्झौता बमोजिम बैंकका ग्राहकहरुले नेपालभर रहेका मुक्तिनाथ विकास बैंकका शाखाहरु मार्फत आइएमई जनरल इन्स्योरेन्सले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्ने छ ।  

पुरा पढ्नुहॊस »

सन नेपाल लाईफ इन्स्योरेन्स र कामना सेवाबीच बीमा सेवा सम्झौता

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स र कामना सेवा विकास बैंकबीच बीमा सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौता बमोजिम  बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौतामा  इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल र  बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतले हस्ताक्षर  गरे ।  

पुरा पढ्नुहॊस »

काठमाडौंको भद्रकालीमा बसले ठक्कर दिंदा दुईजना घाइते

काठमाडौं । काठमाडौंको भद्रकाली आकाशे पुलमुनि बसले  मोटरसाइकललाई ठक्कर दिंदा दुईजना घाइते भएका छन् । बा३ख २४१६ नम्बरको बसले मोटसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार मनमैजुकी अस्मिता पौडेल गम्भीर घाइते भएकी छिन भने मोटर साइकल चालक भने सामान्य घाइते भएका छन् । घाइते पौडेलको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिइसकेको छ ।  

पुरा पढ्नुहॊस »

हुन्डाइको नयाँ स्यान्ट्रो कार नेपाली बजारमा

काठमाडौं । नेपालको लागि हुन्डाइ मोटरको आधिकारीक वितरक लक्ष्मी इन्टर कन्टिनेन्टलले नेपालमा उत्कृष्ट फेमिली ह्याचव्याक कार ‘दि अल न्यू स्यान्ट्रो’ नेपाली बजारमा ल्याएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल र हुन्डाई मोटर्सको साझेदारी १० वर्ष पुगेको उपलक्ष्यमा हुन्डाई स्यान्ट्रो कार नेपाली बजारमा सार्वजनिक गरिएको छ । विभिन्न कलरमा उपलब्ध हुन्डाइको नयाँ स्यान्ट्रो  म्याग्नाको मूल्य २४ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।त्यसैगरी म्याग्ना एएमटीको मूल्य २८ लाख ५६ हजार, स्पोट्र्जको मूल्य २६ लाख ९६ …

पुरा पढ्नुहॊस »

सन नेपाल लाइफ इन्स्योरेन्स र कञ्चन डेभलपमेन्ट बैंकबीच बैंकासुरेन्स सम्झौता

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स र कञ्चन डेभलपमेन्ट बैंकबीच बैंकासुरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा  इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल र  बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिरुराम जैशीले हस्ताक्षर  गरेका छन् । सो सम्झौता पश्चात बैंकका  सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन्  । साथै,उत्कृष्ट सेवा सहित सरल, सुलभ तरिकाले सन नेपाल …

पुरा पढ्नुहॊस »

गुणस्तरिय शिक्षाका लागि डिशहोमको “डिशहोम उज्वल भविष्य” योजना सार्बजनिक

काठमाडाैँ । नेपालका कुनाकाप्चा सम्म टेलिभिजन सिग्नल पु¥याएर संचारको क्षेत्रमा एक किसिमको क्रान्ति नै ल्याएको डिश मिडिया नेटवर्क लिमिटडले विद्यार्थीहरूको गुणस्तरिय शिक्षाका लागि सहयोग पुर्याउने उदेश्यले “डिशहोम उज्वल भविष्य” कार्यक्रम ल्याएको छ । मुलुकका विपन्न परिवारका तथा जेहेन्दार विद्यार्थी उचित प्रोत्साहन र शैक्षिक सामाग्रीको अभावमा शिक्षा बाट वञ्चित हुन नपरोस् भन्दै डिशहोमले आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तरगत “डिशहोम उज्वल भविष्य” कार्यक्रम ल्याएको हो । डिशहोमले यस योजना अन्तरगत बर्दिया जिल्लाको …

पुरा पढ्नुहॊस »

सामसुङ्ग ग्यालेक्सी एम १० नेपाली बजारमा

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी सामसुङ्गले आफ्नो नयाँ मोडल सामसुङ्ग ग्यालेक्सी एम् टेन नेपाली बजारमा लन्च गरेको छ ।सामसुङ्ग ग्यालेक्सी एम १० मोडेलको यो फोन स्मार्टडोकोबाट रु. १३ हजार ७ सय ९० मा ग्राहकले किन्न सक्ने सामसुङ्गले जनाएको छ । साथै स्मार्टडोकोले रिङ्गरोड भित्र फ्रि–डेलिभरीको व्यवस्था गरेको छ । नयाँ मोडलको सामसुङ्ग ग्यालेक्सी एम् १०  मा सस्तो मूल्यमै एड्भान्स फिचरहरु रहेको छ भने यसमा भी डिस्प्ले, ७२० गुणा १५२० …

पुरा पढ्नुहॊस »

कामना सेवाको सिइओमा प्रविण बस्नेत नियुक्त

काठमाडौँ । कामना सेवा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा प्रविण बस्नेत नियुक्त गरेको छ । मंगलबार बसेको बैंकको सञ्चालक समितिको  बैठकले बस्नेतलाई सिइओ नियुक्त गर्ने निर्णय गरेको हो । फागुन १ गतेदेखि नै लागु हुने गरी कामु सिइओ बस्नेतलाई सिइओमा नियुक्त गरेको हो ।  

पुरा पढ्नुहॊस »

लुम्विनी विकास बैंकद्धारा सहारा एकेडेमीलाई आर्थिक सहयोग

काठमाडौं । लुम्विनी विकास बैंकले कास्कीको सहारा एकेडेमीलाई आर्थिक सहयोग गरेको छ । लुम्बिनी विकास बैंकका सञ्चालक सुशिलराज पराजुलीले सहारा एकेडेमीका अध्यक्ष केशवबहादुर थापालाई २,९४,०००को चेक हस्तान्तरण गरेका थिए । कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १७ दोभिल्लामा सहारा क्लबपोखराद्धारा सञ्चालित सहारा एकेडेमीमा आश्रित विभिन्न १६ जिल्लाका २८ जना टुहुरा तथा असहाय विद्यार्थीहरुको लागि वर्षसम्मको दैनिक खाजा व्यवस्थाको लागि सहयोग पुर्याएको छ । उक्त रकम हस्तान्तरण गर्दै बैंकका सञ्चालक सुशिलराज …

पुरा पढ्नुहॊस »

गण्डकी विकास बैंकको शाखा रुपन्देहीका सैनामैनामा

काठमाडौं । गण्डकी विकास बैंकको शाखा  रुपन्देहीका सैनामैनामा उद्घाटन भएको छ । गण्डकी विकास बैंकले रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ५, बुद्धनगरमा रहेको सैनामैना शाखाको औपचारिक उद्घाटन गरेको छ । सो शाखाको औपचारीक उद्घाटन  सैनामैना नगरपालिकाका मेयर चित्रबहादुर कार्कीले  गरे । उद्घाटन कार्यक्रममा बोल्दै चित्रबहादुर कार्कीले गण्डकी विकास बैंकले यस क्षेत्रका जनताको माग र चाहना अनुसार शाखा विस्तार गरी जनताको वित्तीय स्तरलाई उकास्ने अवसर प्रदान गरेको छन् ।

पुरा पढ्नुहॊस »