रश्मी

नहरमा डुबेर ७१ बर्षीया बृद्धाको मृत्यु

मोरङ ।नहरमा डुबेर ७१ बर्षीया बृद्धाको मृत्यु भएको छ । मोरङको पथरी शनिश्चरे नगरपालिका-७ मा रहेको नहरको पानीमा डुबेर स्थानीय ७१ बर्षीया लालमाया तामाङको मृत्यु भएको  हो । बुधबार दिउँसो  नहरमा डुबेर बृद्धा मृत्यु भएकाे हाे ।

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकले प्रदेश नं. २ लाई दियो १० लाख

काठमाडौं ।  ग्लोबल आइएमई बैंकले कोरोना रोेकथाम तथा नियन्त्रणका लागि प्रदेश नं. २ लाई २० लाख सहयोग गरेको छ। उक्त रकमको  चेक बैंकको प्रदेश नं. २ प्रादेशिक कार्यालय प्रमुख निरज श्रेष्ठले प्रदेश नं. २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतलाई  हस्तान्तरण गरेका छन् । कोभिड-१९ ले विश्व समुदायलाई त्रसित बनाइरहेको अवस्थामा नेपाल र नेपाली उच्च जोखिममा रहेको यस घडीमा यस योगदानबाट यो भाईरस विरुद्व लड्न थप प्रेरणा र सहयोग हुने बैंकको …

पुरा पढ्नुहॊस »

पौडी खेल्ने क्रममा खोलामा डुबेर १ जनाको मृत्यु

भोजपुर  । भोजपुरमा पौडी खेल्ने क्रममा डुबेर एक किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा भोजपुरको पौवादुम्बा गाउँपालिका-३ का १८ बर्षीय दिवस राई रहेका छन् । प्रहरीका अनुसार बुधवार अपरान्ह ५ बजे खेसाङ खोलामा  पौडी खेल्ने क्रममा डुबेका हुन्।

पुरा पढ्नुहॊस »

भारतमा एकै दिन थपिए २५ हजार ५ सय ७१ जना नयाँ कोरोना संक्रमित

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण छिमेकी मुलुक भारतमा तिब्र रुपमा बढ्दै गएको छ । भारत सर्वाधिक कोरोना संक्रमित भएको विश्वको तेस्रो   मुलुक बनेको छ। पछिल्लो २४ घन्टामा कोरोना भाइरसका २५ हजार ५ सय ७१ जना नयाँ संक्रमित थपिएका छन् भने ४ सय ९१ जनाको मृत्यु भएको छ । यो सगै भारतमा कोरोना संक्रमितको सख्या ७ लाख  ६९ हजार ५२  जना पुगेको छ भने मृत्यु …

पुरा पढ्नुहॊस »

ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा श्रीचन्द्र भट्ट नियुक्त

काठमाडौं । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा श्रीचन्द्र भट्ट नियुक्त भएका छन् । बैंक सञ्चालक समितिले भट्टलाई ४ वर्षे कार्यकालका लागि नियुक्त गरेको छ । नव नियुक्त प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले  सन् १९९८ देखि नेपाल इन्भेष्टमेन्ट बैंकबाट बैंकिङ करिअर सुरु गरेका सो बैंकको सहायक महाप्रबन्धकको कार्य अनुभव छ भने उनी नायब प्रमुख कार्यकारी अधिकृत भएर मेगा बैंक गएका थिए । त्यसपछि उनी विभिन्न बैंक तथा बीमा कम्पनीहरुमा आवद्ध …

पुरा पढ्नुहॊस »

आजदेखि चार दिनसम्म यो वर्षकै बढी पानी पर्ने, यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं । आजदेखि चार दिनसम्म यो वर्षकै बढी पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग हल्का देखि मध्यम वर्षा भईरहेको  महाशाखाले जनाएको छ । असार २५ गते (बिहीबार) दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन/चट्याङ्ग  सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ …

पुरा पढ्नुहॊस »

पाँच करोडको ज्‍यान लिएको प्‍लेग फेरि चीनमा भेटियो

काठमाडौं । चीनको स्वायत्त क्षेत्र भित्री मङ्गोलियामा एक व्यक्तिमा प्लेग सङ्क्रमण पुष्टि भएपछि सरकारी निकायहरूले सावधानीका उपायहरू अवलम्बन गरेका छन्। सरकारी विवरणहरूका अनुसार बायान्नुरमा प्लेग देखिएका ती व्यक्तिलाई क्वारन्टीनमा राखिएको छ र उनको स्थिति स्थिर छ। उनी गोठाला भएको बताइएको छ। अधिकारीहरूले चारमध्ये तेस्रो तहको चेतावनी जारी गरेका छन्। ब्याक्टेरियाको सङ्क्रमणबाट हुने ब्यूबनिक प्लेग घातक बन्न सक्छ। तर उपलब्ध एन्टीबायोटिकको प्रयोगबाट उपचार सम्भव छ। बायान्नुरस्थित एउटा अस्पतालमा गएका ती व्यक्तिमा शनिवार …

पुरा पढ्नुहॊस »

ब्राजिलका राष्ट्रपतिले कोरोनाको भन्दै औषधि खाएको भिडियो भाइरल

काठमाडौं । बिभिन्न विवादमा पर्दै आएका ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले कोरोनालाई निको पार्ने भन्दै एक औषधि खाएको भिडियो भाइरल भएको छ । कोरोनालाई सामान्य फ्लु भन्दै बेवास्ता गर्दै आएका बोल्सोनारो आफैं कोरोना संक्रमित भएका छन् । आफू कोरोना पोजेटिभ भएको जानकारी दिन आयोजित प्रेस ब्रिफिङको क्रममा मास्क निकालेर बोलेको भिडियो पनि भाइरल भएको थियो । अहिले उनले आफ्नो फेसबुक पेजमा एक भिडियो पोष्ट गरेका छन्, जसमा उनले कोरोना निको पार्ने औषधि …

पुरा पढ्नुहॊस »

बाह्रबिसे नगरपालिकामा बाढीःदुईको मृत्यु,१८ जना बेपत्ता

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसेमा आएको बाढी परी दुईको मृत्यु  भएको छ   भने १८ जना बेपत्ता भएका छन् । बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाका अनुसार खागदल र आधीखोलामा आएको बाढीले खागदल खोलाको पुल बगाउनुका साथै ठाउँठाउँमा सडक बगाएको  बताएका छन् । बाढीमा  परि हराइरहेकाहरुको सुरक्षाकर्मी र स्थानीय बासिन्दाले खोजीकार्य गरिरहेका छन् । बाढीले  १५ घर बगाएको छ भने त्यहाँको जलविद्युत आयोजनाहरुमा पनि बाढीले क्षति पुर्याएको छ । विस्तृत विवरण आउन बाँकी  …

पुरा पढ्नुहॊस »

कोरोना भाइरस : विश्वभर मृत्यु हुनेको संख्या ५ लाख ५२ हजार २३ जना

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या ५ लाख ५२  हजार २३जना पुगेको छ भने १ करोड २१ लाख ६४ हजार १ सय १९ जना सङ्क्रमित रहेका छन् । त्यसैगरि ७०  लाख ३०  हजार ६ जना निको भएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश अमेरिका , ब्राजिल,बेलायत र इटली छ । अमेरिकामा हालसम्म १ लाख ३४ हजार ८ सय ६२  …

पुरा पढ्नुहॊस »