कुमारी बैंककाे प्रमुख कार्यकारी अधिकृतमा रामचन्द्र खनाल नियुक्त

कुमारी बैंकले प्रमुख कार्यकारी अधिकृतमा रामचन्द्र खनाललाई नियुक्त गरेको छ। मंगलबार बसेको सञ्चालक समितिको बैठकले बुधबारदेखि लागू हुने गरि ४ वर्षको लागि सीइओ बनाएको हो । खनाल चार्टर्ड एकाउन्टेन्ट हुन् ।

कुमारी बैंकमा गतवर्ष साउनदेखि सीइओ पद रिक्त थियो । कामूको भरमा चलाएको कुमारीले ९ महिनापछि खनाललाई सीइओ बनाएको हो ।

कुमारी बैंकले माघ २४ मा खनाललाई कामू प्रमुख कार्यकारी अधिकृतको जिम्मा दिएको थियो ।

तत्कालिन कामू सीइओ रहेका अनुजमणि तिमिल्सिना र डेपुटी सीइओ मनिष तिमिल्सिना स्वेच्छिक अवकास लिएर बाहिरिएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री