डिश मिडिया नेटवर्क लि. ( डिश होम ) ले पोखरा मा डिशहोम फाइबर नेटको औपचारिक सुरुवात गरेको छ। आज नयाँबजार स्थित भट्टराई एण्ड ब्रदर्स सप्लायर्स प्रालिमा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष नारायण कोइरालाबाट समुद्घाटन सम्पन्न भएको छ।
डिशहोमका तर्फबाट एरिया सेल्स मेनेजर , सेल्स अफिसर, टेक्निकल व्यक्तित्वहरु, विभिन्न संचार माध्यमका पत्रकार, डिलरहरु, स्थानीय समाज सेवी, बुद्दिजिविहरु सहभागी उक्त कार्यक्रममा भट्टराई एण्ड ब्रदर्स सप्लायर्स प्रालिका अध्यक्ष अम्बिका मोहन भट्टराईले डिशहोम फाइबर नेटको औचित्य बारे प्रस्ट पारे।
उनले भने, डिसहोमले इन्टरनेटमा गरेको लगानीले अब नेपालमा इन्टरनेट क्रान्ती शुरु भयो। सस्तो सर्वसुलभ र गुणस्तरीय इन्टरनेट सेवा हरेक ग्राहकहरुलाई थप सेवा सुबिधा सहित आजबाट जडान हुनेछ। १० Mbps देखि ग्राहकको रोजाइ अनुसार १०० Mbps सम्मको प्याकेज उपलब्ध रहेको छ। सहरी एरियामा सुरु गरेको डिशहोम फाइबर नेट आफ्नो सेवालाई ग्रामिण एरियाका ग्राहकलाई पनि छिट्टै उपलब्ध गराउने डिशहोमका यरिया सेल्स मेनेजर प्रदीप सुबेदी ले जानकारी गराए।
डिशहोम फ़ाईबर नेटसँगै अन्य सेवा पनि छिट्टै सुरु हुने जानकारी गराए। यससँगै अब ईन्टरनेटको समस्याले कुनै पनि नागरिक बन्चित हुनु नपर्ने भएको छ। भट्टराई एण्ड ब्रदर्स प्रा लिले डिस होम, डिस होम फाइबर नेट इन्टरनेट तथा विभिन्न उच्चस्तरिय ब्राण्डका इलेक्ट्रोनिक तथा अटोमोबाइल्सका सामानहरुको बिक्री वितरणमा गण्डकी तथा धवलागिरी क्षेत्रमा बजार बिस्तार जमाएको छ।




