प्रधानमन्त्री भन्छन्, ‘एमसीसीबारे जनमानसमा गलत हल्ला फैलाइयो’

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का बारेमा जनमानसमा गलत हल्ला फैलाइएको बताएका छन्।

नेपाली कांग्रेसको संसदीय दलको बैठकमा उनले एमसीसीबारे गलत हल्ला फैलाइएकोले त्यस भ्रमलाई चिर्न नेपाली कांग्रेसका सांसदलाई निर्देशन दिए। ‘हामीले अमेरिकाबाट देश विकासमा अनुदानका लागि एमसीसी सम्झौता गरेका हौं,’ उनले भने, ‘यो विकासका लागि दिइएको अनुदान हो। यसमा धेरै राजनीति गर्न खोजियो। त्यो आवश्यक छैन।’

कांग्रेसका सभापतिसमेत रहेका देउवाले एमसीसीमार्फत नेपालमा विद्युत् प्रसारण लाइन र सडक स्तरोन्नति गरिने बताएका छन्। उनले नेपालको विकासका लागि एमसीसी अहिले एकाएक नभई निश्चित कानुनी प्रक्रिया पूरा गरेर सम्झौता गरिएको जानकारी दिए।

उनले एमसीसी पारित गर्नका लागि सत्तारुढ र विपक्षीदलसँग छलफलसमेत गर्ने बताए। बैठकमा प्रधानमन्त्री र कांग्रेस सांसदबीच एमसीसीबारेमा सवालजवाफसमेत भएको थियो।न्युज कारखाना

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

फोहोर गरेको भन्दै महानगरले एमालेलाई गर्‍यो १ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सत्तारूढ नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ । दरबारमार्गमा आयोजित जागरण सभाका क्रममा सार्वजनिक सडक र फुटपाथमा फोहोर गरेको आरोपमा कारबाही गरिएको हो । महानगरपालिकाले शुक्रबार पठाएको पत्रमा, २०६८ सालको फोहोर मैला व्यवस्थापन ऐन र काठमाडौं महानगरपालिकाको २०८१ सालको आर्थिक ऐनलाई आधार मान्दै, एक लाख रुपैयाँ जरिवाना लगाइएको उल्लेख छ ।

प्रतिकृया दिनुहॊस