नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता र शक्तिको दूरुपयोग गरेर पार्टी कब्जा गर्ने दुस्साहस गरिरहेको आरोप लगाएका छन्। वरिष्ठ नेता पौडेलले सभापति देउवाले सत्ता र शक्तिको दूरुपयोग गरेर सम्पन्न गरिएका कतिपय वडा अधिवेशनहरु आफूहरुलाई मान्य नहुने चेतावनीसमेत दिए। नेपाली कांग्रेस जिल्ला कार्य समिति सिन्धुपाल्चोकले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफू पक्षका नेता, कार्यकर्ताहरुलाई पाखा लगाउने काम पार्टी नेतृत्वले गरेको भन्दै …
पुरा पढ्नुहॊस »एमालेकाे अनुपस्थितीपछि सभामुखले बाेलाएकाे सर्वदलीय बैठक निष्कर्षविहीन
सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा बसेको सर्वदलीय बैठक निष्कर्षविहीन टुंगिएको छ। सदनमा देखिएको अवरोध हटाउन सोमबार अपरान्ह बसेको सर्वदलीय बैठक निष्कर्षविहीन टुंगिएको हो। ‘आजको सर्वदलीय बैठक निष्कर्षविहीन भयो’, बैठकमा सहभागी लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुरले भने। प्रमुख प्रतिपक्षी दल एमालेलाई सहभागी गराएर सर्वदलीय बैठक राख्न सभामुख सापकोटालाई बैठकमा सहभागी नेताहरूले सुझाव दिएका छन्। सोमबारको बैठक एमालेले बहिस्कार गरेको थियो। ‘प्रतिपक्षी दललाई सहभागी गराएर बैठक राख्न सुझाव दियौँ’, राष्ट्रिय जनमोर्चाकी दुर्गा …
पुरा पढ्नुहॊस »बढ्यो सुनचाँदीको मूल्य
साताको दोस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। सुन आज ३ सयले बढेको हो। आइतबार ४ सयले घटेको थियो। आज छापावाला सुनको प्रतितोला ९० हजार ६०० मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९० हजार १०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यता चाँदीको मूल्य पनि आज ५ रुपैंयाँले बढेको छ। चाँदी आज एक हजार २०० मा कारोबार भइरहेको छ।
पुरा पढ्नुहॊस »एकीकृत समाजवादी वाग्मती प्रदेश संसदीय दलको नेतामा राजेन्द्र पाण्डे
नेकपा (एकीकृत समाजवादी) वाग्मती प्रदेशको संसदीय दलको नेतामा प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद पाण्डे चयन भएका छन्। नेकपा (एकीकृत समाजवादी) का जेष्ठ प्रदेशसभा सदस्य माधवप्रसाद पौडेलको अध्यक्षतामा आइतबार बसेको संसदीय दलको बैठकले संसदीय दलको नेतामा पार्टीका केन्द्रीय सदस्य पाण्डेलाई सर्वसम्मतरूपमा चयन गरेको प्रदेशसभा सदस्य बसुन्धरा हुमागाइँले जानकारी दिए। सदस्य हुमागाईँले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई आफ्नो दलको तर्फबाट समर्थन नरहेको जानकारी प्रदेशसभा सचिवालयलाई गराइएको बताए। “हामीले मुख्यमन्त्री कार्यालय लगायतलाई पनि आफ्नो दल अलग्गिएको र …
पुरा पढ्नुहॊस »शेयर बजारको विकृति राेक्न अध्ययन भइरहेको छ: अर्थमन्त्री शर्मा
अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारका समग्र लगानीकर्ताको हितका विषयमा अध्ययन भइरहेको बताएका छन्। अर्थ मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्रीले शेयर बजारमा रहेका विकृति तथा विसङ्गतिको अन्त्यका लागि सरकारले एक समिति नै बनाएर अध्ययन गरिरहेको जानकारी दिए। सरकारले नेपाल धितोपत्र बोर्ड अध्यक्ष भीष्मराज ढुङ्गानालाई निलम्बन गरि छानबिनका लागि उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ। छोरीको नाममा सर्वोत्तम सिमेन्टको शेयर खरिद गरेको विषयमा विवाद भएपछि सरकारले …
पुरा पढ्नुहॊस »दोलखा केन्द्रविन्दु बनाएर भूकम्प
दोलखाको नाम्डु केन्द्रविन्दू भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार राति ८ बजेर ४१ मिनेट जाँदा दोलखाको नाम्डु केन्द्रविन्दू भएर ४.३ म्याग्नीच्यूटको भूकम्प गएको हो। साे भूकम्प गोरखा भूकम्पको पराकम्प भएको केन्द्रले जनाएको छ।
पुरा पढ्नुहॊस »संसदको गतिरोध अन्त्य गर्न सभामुखद्वारा आज सर्वदलीय बैठक आव्हान
संसदमा जारी गतिरोध अन्त्य गर्न सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक आज दिउँसो बस्दैछ। प्रमुख प्रतिपक्षी एमालेले लगातार संसदमा अवरोध गर्न थालेपछि आइतबारको बैठक कार्यसूचीमा प्रवेश नै नगरी मंगलबारसम्मका लागि स्थगित भएको थियो। सभामुख सापकोटाले त्यसअघि नै विवाद समाधान गर्न चाहेका हुन् । सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार बैठक आज दिउँसो साढे २ बजे ल्होत्से हलमा बस्नेछ। संसदको नवौँ अधिवेशन २३ भदौबाट सुरु भएको हो। त्यस यता एमालेले बैठक …
पुरा पढ्नुहॊस »राप्रपा अब कहिल्यै फुट्दैन: अध्यक्षद्वय राणा र थापा
राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई अध्यक्षले अब राप्रपा कहिल्यै नफुट्ने घोषणा गरेका छन्। भक्तपुरको कमलविनायकमा आइतबार राप्रपा भक्तपुर जिल्ला समितिले आयोजना गरेको राप्रपा जिल्ला समायोजन घोषणासभामा केन्द्रीय अध्यक्षद्वय पशुपति शमशेर राणा र कमल थापाले कार्यकर्तामाझ अब पार्टी कहिल्यै नफुट्ने घोषणा गरेका हुन्। कार्यक्रममा अध्यक्ष राणाले कांग्रेस र कम्युनिष्टको सरकारले देशका लागि केही गर्न नसकेको आरोप लगाउँदै भने, “कम्युनिष्टको दुई तिहाइ सरकार आन्तरिक विवादमै तीन टुक्रा भयो, अहिलेको गठबन्धन सरकारले दुई महिना …
पुरा पढ्नुहॊस »कसरी पक्राउ परे अस्पतालमा बम राखेर तीन करोड फिरौती माग्ने व्यक्ति?
धार्दिङका आशिष कुँवर काठमाडौँको नयाँ बानेश्वरस्थित मातृका आँखा अस्पतालमा एक महिनाअघि आँखाको उपचार गरेर फर्किएका थिए। अस्पताल राम्रो सञ्चालन भएको देखेपछि उनी र उनका भाइ अभिषेकले अस्पतालबाट पैसा निकाल्न सक्ने अनुमान लगाए। पैसाको अभाव भइरहेका बेला खर्चको जोहो हुने ठानेर उनीहरूले अस्पतालका चिकित्सकलाई तर्साउँदै फिरौती लिने योजना बनाए। महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार सोही योजना अनुसार उनीहरूले भदौ २४ गते अस्पतालमा बम राखेको भनी रु तीन करोड फिरौती मागे। चिकित्सकलाई …
पुरा पढ्नुहॊस »एमसीसी उपाध्यक्ष फातिमा नेतृत्वको प्रतिनिधिमण्डल स्वदेश फर्कियो
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का उपाध्यक्ष फातिमा सुमारसहितको टोली नेपाल भ्रमण पूरा गरी फर्किएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार उपाध्यक्ष सुमारसहितको टोली आइतबार साँझ आफ्नो स्वदेश प्रस्थान गरेको हो। उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बेग्लाबेग्लै भेटवार्ता गरेको थियो। यस्तै, सत्तारुढ गठबन्धनमा आबद्ध नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा(एकीकृत समाजवादी) का …
पुरा पढ्नुहॊस »