प्रदिप नेपाल

गएराति गुल्मीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

गुल्मी। गएराति गुल्मीको रेसुंगा नगरपलिका १० स्थित पाँचरातेमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। बुटवलबाट तम्घास आउँदै गरेको लु १ ज ४४९० नम्बरको जिप दुर्घटना भएको हो। दुर्घटनामा मुसिकोट नगरपालिका २ जलजले का ७२ बर्षीय क्षेत्रबहादुर थापा, मुसिकोट नगरपालिका २ जलजलेका ४५ बर्षीया राधिका थापा र मुसिकोट नपा ३ चुदरीगाउँका १९ बर्षीया संगिता सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए। उनकाअनुसार दुर्घटनामा …

पुरा पढ्नुहॊस »

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिए दसैँको शुभकामना

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रचण्डले दसैँ, तिहार, नेपाल सम्वत् र छठलगायतका चाडपर्वको अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन्। अध्यक्ष प्रचण्डले शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गरेका छन्। सन्देशमा भनिएको छ, “बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विविधताले भरिपूर्ण सुन्दर मुलुक नेपालमा विभिन्न पर्वका आ–आफ्नै पृष्ठभूमि, मौलिकता र मूल्य छन्, यिनै आफ्नै पहिचानयुक्त …

पुरा पढ्नुहॊस »

आज विजयादशमीः टीका थाप्ने प्रभावशाली समय बिहान १०ः०२ बजे

नेपालीहरूको महान् चाड बडादसैंको दसौँ अर्थात् मुख्य दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ। विजयादशमीका दिन आज बिहान ८ः१९ बजे देवी विसर्जन र बिहान १०ः०२ बजे टीका लगाउनका लागि शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए। विजयादशमीका दिन आज दिनभर देवीको प्रसाद लगाउने साइत भए पनि दिनभरमध्येमा राम्रो समयको साइत १०ः०२ बजेको दिइएको उनले बताए। “अत्यावश्यक परेकाले देवी विसर्जन …

पुरा पढ्नुहॊस »

थाहा छ तपाइँलाई ?, नेपालबाहेक यी देशहरूमा पनि दसैं मनाइन्छ

हिन्दुहरूको महान् पर्व दसैं नेपालमा मात्र नभएर विश्वका अन्य केही देशमा पनि मनाइन्छ। हिन्दुहरुको बाहुल्यता भएका समुदायले नवरात्रीसम्म विभिन्न शक्ति पीठमा पूजा गर्छन्। छिमेकी मुलुक भारतका विभिन्न राज्यमा फरक फरक ढंगले दसैं मनाइन्छ। भारतमा विशेषगरि नवदुर्गाको पुजा गरिन्छ। सिक्किम, दार्जलिङलगायतका नेपालभाषीको बाहुल्यता रहेको क्षेत्रमा टीका लगाइन्छ। भारतबाहेक वंगलादेश, बर्मा, थाइल्यान्ड, भुटान, श्रीलंका र मलेसियामा पनि दसैं मनाइन्छ। मनाउने शैली फरक भए पनि अधिकांशले नवदुर्गाको पूजा आराधना गर्छन्। पश्चिम बंगालमा नवदुर्गा …

पुरा पढ्नुहॊस »

सरकार कसरी चलिरहेको छ भन्ने प्रष्टै छः ओली

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको आलोचना गर्दै तीन महिनामा बल्ल मन्त्रिमण्डलले पूर्णता पाएको बताएका छन्। दसैँ, दीपावली, छठ र नेपाल सम्बतकाे अवसरमा आज झापाको बिर्तामोडमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, “तीन महिनामा बल्लबल्ल मन्त्रिमण्डलले पूर्णता पाएको छ, सरकार कसरी चलिरहेको छ भन्ने प्रष्टै छ। अरु के के भएको छ, त्यो चाहिँ देखिन बाँकी छ।” प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेको एमाले अध्यक्ष ओलीले ‘अर्ली इलेक्सन’को सम्भावनासमेत …

पुरा पढ्नुहॊस »

कोरोना अपडेटः ४५५ जना संक्रमित थपिए, ८०४ निको भए

नेपालमा आज ४५५ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ५७ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या १३ हजार ८५३ सय रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८०४ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ७९ हजार १५४ पुगेको छ। यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ८ लाख ४ हजार २७६ जना र एन्टीजेन परीक्षणबाट ९३ हजार ३१३ जना …

पुरा पढ्नुहॊस »

जापानमा प्रतिनिधिसभा विघटन

जापानका प्रधानमन्त्रीले आगामी आमनिर्वाचनका लागि संसदको तल्लो सदन, प्रतिनिधिसभा विघटन गरेका छन्। जापानी अधिकारीहरुले सो कुराको जानकारी दिएका हुन्। यहाँका अधिकारीहरुले बिहीबार बसेको संसदको बैठक लगत्तै संसद विघटन भएको बताएका हुन्। यहाँ आगामी अक्टोबर ३१ तारिखमा संसदीय निर्वाचन हुने भएको छ। यहाँको प्रतिनिधिसभाको कार्यकाल यही अक्टोबर २१ सम्म बाँकी छ। त्यसलगत्तै अक्टोबर ३१ मा निर्वाचनको तयारी थालिएको छ। सत्तारुढ एलडिपी (लिबरल डेमोक्रेटिक पार्टी) को पार्टी अध्यक्षको निर्वाचन जितेपछि फुकिओ किशिदा …

पुरा पढ्नुहॊस »

दसैंमा सुनसान काठमाडौंका सडक

नेपालीहरुको महान् पर्व विजया दशमी (बडा दसैँ) मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौं सुनसान भएको छ। बडा दसैँ तथा तिहार मनाउन सर्वसाधारणहरु गाउँ फर्किएका र काठमाडौंका स्थानीयवासीहरु घरबाहिर ननिस्किँदा काठमाडौं सुनसान भएको हो। सधैँजसो ट्राफिक जामले भरिने काठमाडौं उपत्यकाका सडक अहिले जनसंख्या पातलिँदै जाँदा सुनसान भएका हुन्। सडकमा हिँड्डूल गर्ने मानिस र सवारीसाधन फाट्टफुट्ट मात्रै देखिएका छन् भने किनमेलका पसलहरु प्रायः बन्द छन्। काठमाडौंमा मानिसहरुको खचाखच हुने न्यूरोड, आरएनएसी, …

पुरा पढ्नुहॊस »

नेपाली फुटबल टोलीलाई राष्ट्रपति भण्डारीको बधाई

राष्ट्रपति विद्यादेवी भण्डारीले साफ फुटबल प्रतियोगिताको फाइनलमा पुगेर राष्ट्रिय गौरव हासिल गर्न सफल भएकामा नेपाली फुटबल टोलीलाई बधाई दिएकी छिन्। उनले साफ फुटबल प्रतियोगिताको इतिहासमा प्रथमपटक फाइनलमा पुगेर राष्ट्रिय गौरव हासिल गर्न सफल भएकामा नेपाली फुटबल टोलीका सम्पूर्ण खेलाडी‚ प्रशिक्षक तथा पदाधिकारीलाई सामाजिक सञ्जाल ‘ट्विट’ मार्फत आज बधाई दिएकी हुन्। राष्ट्रपति भण्डारीले खेलको फाइनल प्रतिस्पर्धामा समेत सफलताका लागि अग्रिम शुभकामना दिएकी छिन्। बुधबार भएको खेलमा बङ्गलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलोपटक …

पुरा पढ्नुहॊस »

यसवर्ष मेरो दसैँ छैन, तैपनि रमाइलाे लाग्छ: नायिका पूजा शर्मा

जुठो परेकाले यसपालि दसैँ छैन मेरो। मलाई खासमा दसैँ भन्दा तिहार निकै मनपर्छ । झण्डै दुई बर्ष यता कोरोनाका कारण सबैलाई घरको घरमा थन्क्याइ रहेको थियो। अब भने स्थिति सामान्य बन्दै गइरहेको छ। फिल्म पनि रिलिज हुन लागेको छ। त्यसैले यसपालि धेरै खुशी लागेको छ। टीका लगाउन नहुने भए पनि दसैँले आफन्त, आफ्ना मान्छे भेटघाट, कुराकानी गर्ने अवसर जुटाइदिन्छ। त्यो नै खुशीको कुरा हो। म सम्पूर्ण नेपालीमा दसैंको हार्दिक शुभकामना …

पुरा पढ्नुहॊस »