प्रदिप नेपाल

डा.बाबुराम भट्टराईले लगाए ९२ वर्षीय बुवाको हातबाट दसैंकाे टीका

पूर्व प्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले शुभसाइतमा आफ्नो बुवाको हातबाट टीका ग्रहण गरेका छन्। उनले आफ्ना ९२ वर्षीय बुवा भोजप्रसाद भट्टराईको हातबाट टीका ग्रहण गरेका हुन्। उनीसहित उनको सबै परिवारले बुवाको हातबाट टीका ग्रहण गरेको हो।

पुरा पढ्नुहॊस »

काेराेना अपडेटः २७२ जनामा संक्रमण पुष्टि, ७७७ संक्रमणमुक्त

नेपालमा थप २७२ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। ४ हजार ७१२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २४० तथा २ हजार ६२० जनाकाे एन्टिजेन विधिबाट परीक्षण गर्दा ३२ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हाल १३ हजार ३०८ जना सक्रिय संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा थप ७७७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। नेपालमा कूल संक्रमितमध्ये ७ लाख ७९ हजार ९३१ जना संक्रमणमुक्त …

पुरा पढ्नुहॊस »

मान्यजनबाट टीका र जमरा लगाएर हर्षोल्लासका साथ बडा दशैँ मनाइँदै

दशैँको मुख्य दिन (विजया दशमी) आज मान्यजनबाट टीका र जमरा लगाएर हर्षोल्लासका साथ बडा दशैँ मनाइँदैछ। नेपालीहरुको महान चार्ड विजया दशमी (बडादशैँ) मा आज देश तथा विदेशमा रहेका नेपालीहरुले आफ्ना आफन्त तथा मान्यजनबाट टीका तथा जमरा लगाइ दशैँ मनाउने गर्छन्। आज बिहान ८ः१९ बजे देवी विसर्जन गरी १०ः०२ बजेको शुभ साइतमा टीका लगाइएको हो। आज दिनभर दुर्गा देवीको प्रसाद ग्रहण गर्ने साइत भएपनि बिहान १०ः०२ मा शुभ साइत रहेको थियो। …

पुरा पढ्नुहॊस »

राष्ट्रपतिद्वारा आमाकाे हातबाट विजयादशमीको टीका ग्रहण

राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा शुक्रबार आमा मिथिला पाण्डेका हातबाट बिहान १० बजेर २ मिनेटको शुभसाइतमा टीका ग्रहण गरेकी छिन्। राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालय, शीतल निवासमा आमाबाट विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गरेकी हुन्। त्यसैगरी राष्ट्रपति भण्डारीले शुक्रबार हनुमान ढोकाका मूल पूजारी देवराज अर्यालबाट पनि टीका ग्रहण गरिन्। सो अवसरमा राष्ट्रपति भण्डारीलाई विभिन्न शक्तिपीठका गुरुले प्रसाद प्रदान गरेका थिए। सो अवसरमा राष्ट्रपति भण्डारीले परिवारका सदस्यलाई पनि टीका लगाइदिइन्। …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री देउवाबाट विजयादशमीको टीका ग्रहण

प्रधानमन्त्री शेरबहादुर देउवाले विजयादशमीका अवसरमा गुरु टिकाराम घिमिरेबाट आज टीका ग्रहण गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान १० बजेर २ मिनेटको शुभसाइतमा प्रधानमन्त्री देउवाले टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन्। त्यस अवसरमा प्रधानमन्त्री देउवाले प्रथम महिला डा आरजु देउवा र छोरा जयवीर देउवालाई दशैँको टीका लगाइदिए। प्रधानमन्त्रीको निजी सचिवालयले जनाएअनुसार कोभिड–१९ महामारीको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड अपनाएर प्रधानमन्त्री देउवाले सीमित रुपमा परिवार, आफन्तजन तथा प्रधानमन्त्रीको सचिवालय र …

पुरा पढ्नुहॊस »

कञ्चनपुर प्रशासनद्वारा दसैँमा मदिरा बिक्री बन्द

कञ्चनपुर प्रशासनले दसैँमा जिल्लामा मदिरा बिक्री वितरण गर्न रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा बसेको सर्वपक्षीय बैठकले बिहीबार साँझ ७ बजेदेखि शुक्रबार राति १२ बजेसम्मका लागि मदिरा बिक्री वितरणमा रोक लगाएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले दसैँको समयमा कुनै पनि आपराधिक गतिविधि नहोस् भनेर मदिरा बिक्रीमा रोक लगाइएको बताए। त्यसका साथै प्रहरी जिल्लाभर चाडपर्व लक्षित सुरक्षा योजनासहित शान्ति सुरक्षामा खटिएको उनले बताए। यहाँ …

पुरा पढ्नुहॊस »

तालिवानकाे दबाबपछि पाकिस्तानले रोक्यो काबुल उडान

इस्लामावाद । पाकिस्तानको सरकारी ध्वजाबहाक विमान पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पीआईए) ले काबुल उडान रोकेको छ। तालिवान अधिकारीले हस्तक्षेप गरेको कारण देखाउँदै पीआईएले आफ्नो उडान स्थगित गरेको शुक्रबार जनाएको छ। तालिवान सरकारले पीआइएलाई यसअघि पश्चिमा सरकार ढल्नुअघिको भाडा दर घटाउन दबाब दिएपछि एयरलाइन्सले हवाई सेवा स्थगित गरेको जनाएको छ। पीआईए अफगानिस्तानको राजधानी काबुलबाट अन्तर्राष्ट्रिय उडान गर्ने एक मात्र एयरलाइन्स हो। ‘काबुलका उड्यन प्राधिकरणका अव्यवसायिक अधिकारीहरुको व्यवहारले हाम्रो उडानमा बारम्बार ढिलाई हुने …

पुरा पढ्नुहॊस »

चाडवार्डमा महंगियो फलफूलको मूल्य

नेपालीहरुको महान चाड बडा दशैँको बेला फलफूलको मूल्य महंगो भएको उपभोक्ताहरुले गुनासो गरेका छन्। काठमाडौं उपत्यकामा दशैंको नवौँ दिन (महानवमी) मा विभिन्न स्थानहरुमा फलफूल किन्न पुगेका उपभोक्ताहरुले फलफूलको मूल्य महंगो भएको गुनासो गरेका हुन्। काठमाडौंको बानेश्वर, पुरानो बानेश्वर लगायत प्रमुख चोकहरुमा फलफूल किन्न पुगेका उपभोक्ताहरुले दशैँको कोसेलीका लागि फलफूल सजिलो रहेको तर मूल्य अत्याधिक बढेको बताएका छन् । उनीहरुले फलफूलको मूल्यमा एकरुपता नभएको भन्दै सरकारले चाडबाडको मुखमा समेत बजार अनुगमन …

पुरा पढ्नुहॊस »

कस्ताे हाेला आजकाे माैसम ?

देशभरका अधिकांश ठाउँमा आज मौसम सफा रहने अनुमान गरिएको छ। देशको पूर्वी भूभागमा उत्तरपश्चिमी बंगालको खाडीमा अवस्थित न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले केही स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहेको छ। दिउँसो र रातिको समयमा प्रदेश १, प्रदेश २, प्रदेश र बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि अन्य भू-भागमा मौसम सफा रहनेछ। प्रदेश १ र बाग्मती पहाडी …

पुरा पढ्नुहॊस »

अरुको ज्यान बचाउनुहोस्-आफ्नो हात धुनुहोस् भन्ने नाराका साथ आज विश्व हातधुने दिवस मनाइँदै

आज अक्टोबर १५ अर्थात् विश्व हातधुने दिवस। स्वस्थ रहन तथा विभिन्न रोगलाग्न नदिनको लागि जनचेतना फैलाउने उद्देश्यकासाथ १५ अक्टोबर २००८ देखि संसारभर विश्व हातधुने दिवस मनाउन सुरु गरिएको हो। अरुको ज्यान बचानुहोस्–आफ्नो हात धुनुहोस् भन्ने मूल नाराका साथ यस वर्षको विश्व हातधुने दिवस मनाइँदैछ। अझ कोरोना भाइरसको रोकथाम तथा सङ्क्रमणबाट बच्न विश्व स्वास्थ्य संगठनले पनि हातधुने बानीको विकास गर्न सबैलाई आग्रहसमेत गरेको छ। साबुन पानीले हात धुने गरेमा हामीलाई रोग …

पुरा पढ्नुहॊस »