अरुको ज्यान बचाउनुहोस्-आफ्नो हात धुनुहोस् भन्ने नाराका साथ आज विश्व हातधुने दिवस मनाइँदै

आज अक्टोबर १५ अर्थात् विश्व हातधुने दिवस। स्वस्थ रहन तथा विभिन्न रोगलाग्न नदिनको लागि जनचेतना फैलाउने उद्देश्यकासाथ १५ अक्टोबर २००८ देखि संसारभर विश्व हातधुने दिवस मनाउन सुरु गरिएको हो। अरुको ज्यान बचानुहोस्–आफ्नो हात धुनुहोस् भन्ने मूल नाराका साथ यस वर्षको विश्व हातधुने दिवस मनाइँदैछ।

अझ कोरोना भाइरसको रोकथाम तथा सङ्क्रमणबाट बच्न विश्व स्वास्थ्य संगठनले पनि हातधुने बानीको विकास गर्न सबैलाई आग्रहसमेत गरेको छ। साबुन पानीले हात धुने गरेमा हामीलाई रोग या संक्रमणबाट मात्र जोगाउँदैन अनावश्यक अस्पतालको खर्चसमेत बचाउँछ।

विश्वभरि नै हात सफा नभएका कारणले नै विभिन्न रोग र संक्रमण फैलने गरेको र त्यसैको कारण लाखौंको मृत्युसमेत हुने गरेको छ।

झाडापखला फैलनुको मुख्य कारणको रुपमा हात सफा नहुनुलाई नै मानिन्छ। विश्वभर वर्षेनी लाखौं बालबालिकाको मृत्यु यही झाडापखालाकै कारण हुने गरेको विश्व स्वास्थ्य संगठनको प्रतिवेदनले देखाउँछ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

प्रतिनिधिसभामा धकेला धकेल, बैठक स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो …

प्रतिकृया दिनुहॊस

This will auto close after