नेप्सेमा पहिराे : ९९.८६ अंकको गिरावट

साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार राताम्मै भएर बन्द भएको छ। आज नेपाल स्टक एक्सेञ्ज (नेप्से) परिसूचक ९९.८६ अंकले घटेर २ हजार ८२० बिन्दुमा झरेको छ भने सेन्सेटिभ इन्डेक्स पनि १८.०८ अंकले घटेर ५२६ बिन्दुमा झरेको छ।

आज २२८ वटा धितोपत्रको १ करोड ७० लाख ६३ हजार कित्ता शेयर ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । २ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । शेयरमूल्य सकारात्मक सर्किट लाग्ने कम्पनीमा विन नेपाल लघुवित्त वित्तिय संस्था र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी रहेका छन्।

कारोबार रकमको आधारमा अपि पावर कम्पनी लिमिटेडले सर्वाधिक हिस्सा ओगटेको छ । यो कम्पनीको ३८ करोड ३४ लाख २४ हजार रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको हो।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

‘इन्टर कलेज फुट्सल च्याम्पियनसिप’को प्रत्यक्ष प्रसारण एक्सन स्पोटर्सबाट हुने

काठमाडौं । अखिल नेपाल फुटवल संघको आयोजनामा हुन लागेको ‘इन्टर कलेज फुट्सल च्याम्पियनसिप’को प्रत्यक्ष प्रसारण …

प्रतिकृया दिनुहॊस