रेडक्रस कानुन निर्माणमा सहयोग गर्छु : सांसद थापा

भक्तपुर । प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले नेपाल रेडक्रसको कानुन निर्माणमा सहयोग गर्ने बताएका छन् । नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको २८ औँ जिल्ला सभालाई सम्बोधन गर्दै थापाले नेपाल रेडक्रसको कानुन निर्माणमा सहयोग गर्ने बताएका हुन् ।

सभालाई सम्बोधन गर्दै उनले रेडक्रस भनेपछि ब्लड र फल्डको लागि सहयोगी भनी चिनिएको र यसकाे कानुन निर्माण गराउँदै, एक स्वायत्त संस्था बनाउँदै समाज सेवामा अग्रणी बनाउनु पर्नेमा जाेड दिए । कार्यक्रममा बागमती प्रदेशका जनतालाई रगत निःशुल्क उपलब्ध गराउन पहल गर्ने बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले बताए ।

उनले भक्तपुरको चाँगुनारायणले थालनी गरेको निःशुल्क रगत हाल भक्तपुर जिल्लाभर भएको स्मरण गर्दै अब बागमतीका १३ जिल्लामा नै यो सेवा विस्तारको लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति मनोज कुमार थापाले रगतबाट भक्तपुरको चिनारी भएको बताए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेशका महासचिव रामजी पौडेल, काठमाडौँ शाखाका सभापति श्याम काजी डोटेल, सिन्धुपाल्चोक जिल्ला शाखाका सभापति राजेन्द्रमान ताल्चाभँडेल, भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी माधव शर्मा, पूर्व सभापति केपी अवाल, जिल्ला उपसभापति कृष्णेश्वरी हाडालगायतका वक्ताले भक्तपुर रेडक्रसको कार्यका विषयमा प्रशंसा गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रधानमन्त्री ओली आउँदा विमानस्थलका अन्य उडान बन्द

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट फर्किन लागेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टाका लागि …

प्रतिकृया दिनुहॊस