टिपरले बिजुलीको तार छुँदा चालकको गयो ज्यान, सहचालकको उपचार हुँदै

काठमाडाैं । दार्चुलाको मार्मा गाउँपालिका–३ नलबगरमा आइतबार बिहान करेन्ट लागेर टिपर चालकको ज्यान गएको छ । टिपरको ढाला बिजुलीको तारमा लागेर सख्त घाइते भएका कैलालीको लम्कीचुहा नगरपालिका चिसापानी बस्ने २३ वर्षीय लिला थापाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।

उपचारका लागि अस्पताल लैजाने बेला थापाको बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । बिहान ९ बजे सडकमा माटो फिलिङ गर्ने क्रममा से १ क ११३० नम्बरको टिपरको पछाडि पट्टिको भागले बिजुलीको नांगो तारलाई छुँदा टिपर चालक थापा घाइते भएका थिए ।

प्रहरीका अनुसार सहचालक मार्मा गाउँपालिका– ६ का अन्दाजी १९ वर्षीय प्रकाश सिंह ठगुन्ना घाइते भएका छन् । घाइते भएका सहचालकको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फोहोर गरेको भन्दै महानगरले एमालेलाई गर्‍यो १ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सत्तारूढ नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ । दरबारमार्गमा आयोजित जागरण सभाका क्रममा सार्वजनिक सडक र फुटपाथमा फोहोर गरेको आरोपमा कारबाही गरिएको हो । महानगरपालिकाले शुक्रबार पठाएको पत्रमा, २०६८ सालको फोहोर मैला व्यवस्थापन ऐन र काठमाडौं महानगरपालिकाको २०८१ सालको आर्थिक ऐनलाई आधार मान्दै, एक लाख रुपैयाँ जरिवाना लगाइएको उल्लेख छ ।

प्रतिकृया दिनुहॊस