News desk

महालक्ष्मीले गर्‍यो प्रभु लाइफ इन्स्योरेन्ससँग मर्जरको तयारी

काठमाडाैं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले कारोबार सञ्चालनको चार वर्ष पुरा गरेको छ । नेपालको जीवन बीमा बजारमा देखा परेको अनेकौँ समस्या र कठिनाइका बीच बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्न तथा गुणस्तरीय व्यवसाय सँगै विस्वासनियता वृद्धिलाई प्राथमिकतामा राख्न पहल गरिएको कम्पनीको भनाइ छ । कम्पनीले जारी गरेको विज्ञप्तिमा यो वर्ष प्रत्येक घरमा एउटा जीवन बीमा, युवासँग महालक्ष्मी लाइफ र महिला सशक्तीकरणमा महालक्ष्मी लाइफ जस्ता जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको उल्लेख गरिएको छ …

पुरा पढ्नुहॊस »

अर्थतन्त्र जटिल मोडमा पुग्यो, सुधार्न गम्भीर पाइला चाल्न आवश्यक : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थतन्त्र जटिल मोडमा पुगेको भन्दै सुधार्न आवश्यक पाइला चाल्न आवश्यक रहेको बताएकी छन् । संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई आज संसद भवन नयाँ बानेश्वरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पछिल्लो समय अर्थतन्त्रका सूचकहरुमा केही सुधारको संकेत भएको भए पनि यसको दिगोपना आवश्यक रहेको बताइन् । उनले नेपालको अर्थतन्त्रमा समस्या देखिनुमा नेपालको आन्तरिकका साथै बाह्य कारणहरुसमेत जिम्मेवार रहेको बताइन् । विश्व अर्थतन्त्रमा आएको …

पुरा पढ्नुहॊस »

दूरसञ्चार प्राधिकरणले गर्‍यो प्रभु डिजिटल र एलएनटीको लाइसेन्स खारेज

काठमाडाैं । नेपाल दूरसञ्चार प्राधिकरणले प्रभु डिजिटल लिमिटेड, कमलादी काठमाडौँ र एलएनटी इन्फोटेक प्रालीको लाइसेन्स खारेज गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै उक्त दुई कम्पनीलाई दिइएको अनुमति पत्र खारेज गरिएको जनाएको हो । इन्टरनेट (इमेलसहित) प्रभु डिजिटल (अनुमतिपत्र नं फि.ज १–१२१) र एलएनटीले (अनुमतिपत्र नं फि ज १–१२२) नवीकरणका लागि नियमानुसार निवेदन पेस नगरेको भन्दै प्राधिकरणले अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५ (५) बमोजिम स्वतः खारेज …

पुरा पढ्नुहॊस »

पश्चिम रुकुम केन्द्रबिन्दु भएर भूकम्प

earthquake_1-1024x576-1/पाँच सय वर्षदेखि जोगिएको पश्चिम नेपाल महाभूकम्पको जोखिममा

काठमाडाैं । पश्चिम रुकुमको स्यालाखदी केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ बजेर ५२ मिनेट जाँदा पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको हो । पछिल्लो समय नेपालको उत्तर पश्चिमी क्षेत्र भएर भूकम्प जाने क्रम बढेको छ ।

पुरा पढ्नुहॊस »

नेपाली कांग्रेसकै उम्मेदवार राष्ट्रपति बन्ने परिस्थिति निर्माण हुँदैछ : प्रवक्ता डा. महत

काठमाडाैं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपति कांग्रेसको हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधानको रक्षाका लागि कांग्रेसको उम्मेदवार राष्ट्रपति बन्नु आवश्यक रहेको बताए । उनले भने, ‘हामीले सबै दललाई कांग्रेसको उम्मेदवारलाई सहयोग गर्न आह्वान गरेका छौँ । सकारात्मक प्रतिक्रियाहरू आएका छन् ।’ कांग्रेसको राष्ट्रपति बन्ने परिस्थिति निर्माण हुँदा नयाँ परिदृश्य पनि बन्न सक्ने उनको भनाइ थियो । नेपालको …

पुरा पढ्नुहॊस »

निहारिका र शिवराजले गरे विवाह

काठमाडौं – निहारिका राजपूत र शिवराज श्रेष्ठबीच विवाह भएको छ । कुमारी आमाको रूपमा चर्चामा आएकी निहारिकाले शिवराजविरुद्ध बलात्कार मुद्दा समेत हालेकी थिइन् । तर, यी दुईले जनकपुरको रामजानकी मन्दिरमा विवाह गरेका हुन् । त्यसअघि उनीहरूले १७ माघमा कानुनबमोजिम मिलापत्र गरी पति पत्नीका रूपमा बस्न स्वीकार गरेका थिए । शिवराजले आफूमाथि बलात्कार गरेको र बच्चा जन्मिएको भन्दै निहारिकाले डिएनए जाँचको माग गरेकी थिइन् । डिएनए जाँचपछि उक्त बच्चा शिवराजकै भएको …

पुरा पढ्नुहॊस »

ऋणको भाका नाघेको एक महिनासम्म जरिवाना लिन नपाइने (पूर्णपाठ)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष (२०७९/८०)को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । कसिलो मौद्रिक नीतिकै कारण मौद्रिक सूचकहरु सन्तुलनमा आउन थालेकोले मौद्रिक नीतिले लिएका मुख्य लक्ष्यहरू यथावत राखेर समीक्षा सार्वजनिक गरेको राष्ट्र बैंकले जनाएको छ । मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले लिएको कसिलो नीतिले भुक्तानी सन्तुलनमा आएको, मूल्यवृद्धि कम भएको तथा अझै पनि आयात भने बढ्ने जोखिम रहेको उल्लेख गरेको छ । मौद्रिक नीतिको समीक्षाले ऋणीले …

पुरा पढ्नुहॊस »

त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन् । महाप्रबन्धक ठाकुरले थाइ स्माइलको ग्राउन्ड ह्यान्डलिङलाई निरन्तरता दिन घुस मागेको अडिओ रेकर्ड (श्रव्य सामग्री) पाइएको भन्दै पर्यटन मन्त्रालयले ठाकुरलाई निलम्बन गरेको हो । उनलाई थप कारबाहीका लागि अख्तियार पठाउने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

पुरा पढ्नुहॊस »

अब बैंक तथा वित्तीय संस्थाले कर्जा असुली सूचना निकाल्दा ऋणीको फोटो राख्न नपाउने

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

काठमाडौँ । अब बैंक तथा वित्तीय संस्थाले आफ्ना ऋणीबाट कर्जा असुलीका लागि सूचना जारी गर्दा उनीहरुको तस्वीर सार्वजनिक गर्न नपाउने भएका छन् । ‘नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन–२०७८’ मा संशोधन गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हो । ‘कर्जा असुलीका लागि सार्वजनिक सूचना प्रकाशित गर्दा सार्वजनिक व्यक्तिको तस्बिर प्रकाशन गर्न पाइने छैन’, राष्ट्र बैंकले हिजो (बिहीबार) संशोधन गरेको एकीकृत निर्देशनमा भनिएको छ …

पुरा पढ्नुहॊस »

भारतीय विदेश सचिव सोमबार नेपाल आउँदै

काठमाडौं । भारतीय विदेश सचिव विनया मोहन क्वात्रा तीन दिने भ्रमणका लागि सोमबार नेपाल आउने भएका छन । आगामी १ फागुन, सोमवार उनी नेपाल आउन लागेका हुन् । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आउन लागेका विदेश सचिव क्वात्राले आफनो तीन दिने भेटघाटमा प्रधानमन्त्री, राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारीलगायतसँग भेटघाट गर्नेछन् । सो अवसरमा विदेश सचिव क्वात्राले नेपालको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भारत भ्रमणको निम्तो दिने छन् …

पुरा पढ्नुहॊस »